Logo

वामदेव गौतमवि’रु’द्धको मु’द्दा ग’म्भी’र संवैधानिक प्रश्न हो


राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमवि’रु’द्धको मु’द्दा दसैंअघि सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीशहरु होम आइसोलेसनमा रहेकाले दसैंअघि संवैधानिक इजलाश बस्‍ने सम्भावना टरेको छ । दसैंको फुलपातीदेखि पूर्णिमासम्म अ’दालत ब’न्द रहन्छ । फुलातीअघि न्यायाधीशहरु आइसोलेसनबाट निस्कने सम्भावना नरहेकाले पूर्णिमापछि मात्र संवैधानिक इजलाश बस्‍ने अ’दालत स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलाशमा गौतमको मु’द्दामा सुनुवाइ हुनेछ । संवैधानिक इजलास नै नबस्‍ने भएपछि सो इजलाशमा जारी गौतमवि’रु’द्धको मु’द्दाको सुनुवाइ दसैंपछि मात्र हुने भएको हो । गौतमको नियुक्ति अ’संवैधा’निक भएकाले ब’दर हुनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अ’दालतमा रि’ट दा’यर गरेका हुन् ।

सर्वोच्च अ’दालतको सं’वैधानिक इजलाशमा निवेदक त्रिपाठीको पक्षका कानुन व्यवसायी र प्र’तिवादी गौतमको पक्षबाट महान्यायाधिवक्तासहितका सरकारी वकिल र गौतमका केही कानुन व्यवासयीले ब’हस गरिसकेका छन् । तर, ब’हस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमवि’रु’द्धको मु’द्दामा ग’म्भीर संवैधानिक प्रश्न रहेको भन्दै संवैधानिक इजलाशमा पठाउने तय गरेको थियो ।

संविधान जारी भएपछि यस्तो प्रकृतिको संवैधानिक वि’वाद पहिलोपटक सर्वोच्च अ’दालतमा परेको भन्दै यसको नि’रुपण संविधानवा’द, सार्वभौम जनताप्रति उत्तरदायित्व, लोकतान्त्रिक विधि, सुशासन, संवैधानिक नीति एवं संवैधानिक नैतिकताका सिद्धान्तसमेतलाई दृष्टिगत गरी दीर्घकालसम्म संवैधानिक मान्यता कायम हुने गरी गरिनुपर्ने भन्दै संवैधानिक को’रोनाका कारण इजलाशमा सो रिट पठाइएको थियो ।

राष्ट्रपतिबाट मनोनित हुने कोटामा गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएको थियो । हाल न्यायाधीशहरू नै आइसोलेसनमा बसेपछि दैनिक ८-९ वटा इजलास बस्ने गरेकोमा अहिले संख्या कटौती गरिएको छ । शुक्रबार ३ वटा मात्र इजलाश बसेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्