Logo

“सुनैको स्वर्ग धिक्कार छ” गितको म्युजिक भिडियो सार्बजानिक


मुन्धुमस्टार डटकम – कवि तथा गितकार भुपाल राईको शब्द, कन्काईष्ट राईको संगित र शिला राईको स्वर रहेको “सुनैको स्वार्ग धिक्कार छ” बोलको गित बुधबार सार्बजानिक भएको छ।

भर्जिन भ्वोईस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गितमा साहस साक्यको सङ्गीत सम्योजन रहेको छ।  रेकर्डिष्ट रोबर्ट लिम्बुले रेकडिङ गरेको यो गित लाई मीन बिष्टले मिक्सिङ तथा मास्टरिङ गरेका हुन। गायिका शिला राईको अफ्नै च्यानल शिला राई अफिसियल युट्युब च्यानल बाट सार्बजानिक भएको उक्त गितको लिरिकल म्युजिक भिडियोको निर्माण तथा सम्पादन जस्केलो क्रीयसनले  गरेको हो।

बिशेष गरेर बिदेशिएर आफ्नो संस्कार, संस्कृति, आफ्नो माटो र आफ्नो देश लाई बिर्सिएर बिदेशी संस्कार, संस्कृति र माटो लाई अंङ्गालेर ग्रहण गरि दोश्रो दर्जाको नागरिक भई बिदेशमा बसेका नेपाली र बिदेशी भुमिमा दोश्रो दर्जाको नागरिक भई बस्न लालायित हुने आम नेपाली हरुलाई आफ्नो माटो, संस्कार, संस्कृति र आफ्नो देशको महत्वको गहिरो बोध यो गितले गराएको छ।

लकडाउनको बिचमा सामाजिक दुरि कायम गर्दै प्रेसमिट गरि फलैचा रेष्टुरेन्टमा सार्बजनिक गरिएको लिरिकल भिडियोमा शब्दले भन्न खोजेको कुराहरु बिम्बात्मक ढंङ्गले भिडियो सम्पादक धन खालिङले बिम्बहरुको निक्कै उत्कृष्ट प्रयोग गरेको देख्न सकिन्छ।यो गित अहिले हाम्रो देश, समाज र समुदायले भोगिरहेको यथार्थताको एउटा स्पष्ट चित्र हो। यस्तो गितहरु अरु थुप्रै बन्नु पर्दछ। र बिशेष यो गितको भाब पक्ष र बैचारिक पक्ष लाई हामी सबै नेपाली हरुले एक पटक मनन गर्नु पर्ने दिन आएको भन्दै यस गितको गितकार भुपाल राई, खोटाङ क्षेत्र नं एक का एक नं प्रदेशका प्रदेश सभा सदस्य तथा गितकार राजन राई र भोजपुर जिल्लाबाट निर्बाचित संघिय संसद सुदन किरातिले यो गित माथी बोल्नु भएको थियो।

भिडियोको पूरा लिङ्क तल ….

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्