Logo

क्‍वा’ड बैठकको लागी अमेरिकी विदेशमन्त्री जापान पुगे


अमेरिकी विदेशमन्त्री माइक पोम्मपेओ चीनवि’रु’द्धको र’णनीति बनाउनका लागि जापान पुगेका छन् । उनले जापानमा अस्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । चीनको आ’क्रा’मक व्य’वहारवि’रु’द्ध चार मुलुकहरुको ‘क्‍वा’ड बैठक’ लक्षित हुने बीबीसीले जनाएको छ । संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्धमा पछिल्ला महिनाहरुमा दशकौंपछिको पहिलो पटक गि’राव’ट आएको देखिन्छ ।

वाशिङ्टनले चिनियाँ प्रभुत्वको सा’मना गर्न क्षेत्रीय मित्रहरूसँगको सहयोग बढाउनको लागि अग्रसर भएको छ । क्‍वा’ड समूहमा पोम्पेओसहित जापानका तोशिमित्सु मोतेगी, अष्ट्रेलियाका मराइज् पेने र भारतका सुब्रह्मण्यम जयशंकरले प्रतिनिधित्व गरेका छन् । उक्त बैठकमा को’रोना भा’इरस म’हामा’री र साइबर सुरक्षालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

अमेरिका छोड्‍नुअघि पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री पोम्पेओले भने, “हामी लामो समयदेखि एकै ठाउँमा आउनका लागि काम गरिरहेका थियौं । स्वतन्त्र, सशक्त र समृद्ध राष्ट्रहरु मिलेर स्वतन्त्र र खुला  इण्डोप्यासिफिकको लागि हाम्रो साझा दृष्टिलाई प्रबर्द्धन गर्न बढ्दो सहयोगको बारेमा छलफल गर्न अगाडि बढिरहेका छौं ।”चीनले तेस्रो पक्षलाई लक्षित गर्ने ‘विशेष समूह’ वि’रु’द्धको बैठक अगाडि चे’ताव’नी दिएको छ ।

एएफपीले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई उद्धृत गर्दै भनेको छ, “हामी आशावादी छौं कि सम्बन्धित देशहरूले यस क्षेत्रका देशहरूको साझा हितबाट अघि बढ्न सक्दछन् र क्षेत्रीय शान्ति, स्थायित्व र विकासका लागि अनुकूल हुने अझ बढी कामहरू गर्न सक्दछन्, अन्यत्र होइन ।”पहिलो क्वा’ड बैठक गत वर्ष न्यू योर्कमा भएको थियो – यद्यपि यो समूह औ’पचारि’क गठबन्धन होइन ।

 बीबीसी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्