Logo

न’क्कली नागरिकता निकालेर हिँडेका युवा प’क्राउ


डेढ वर्षअघि गोठाटारमा एक महिलालाई ब’न्धक ब’नाइ ह’त्या गर्ने व्यक्ति प’क्राउ परेका छन्। महानगरीय अ’पराध महाशाखाको टोलीले सिन्धुपाल्चोकका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई सोमबार हेटौंडाबाट प’क्राउ गरेको हो। उनी हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीमा बस्दै आएका थिए। उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले प’क्राउ गरी काठमाडौं ल्याएको छ। विनयमाथि सिन्धुपाल्चोक घर भइ जोरपाटी नयाँबस्ती बस्ने ३६ वर्षीया पम्फा श्रेष्ठलाई ब’न्धक ब’नाइ ह’त्या गरेको आ’रोप छ।

प्रहरीसमक्ष उनले पम्फाको ह’त्या गरेको स्वीका’रिसकेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए। पम्फाको श’व गत वर्ष जेठ ५ गते गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा फेला परेको थियो। स्थानीयले शं’का लागेर प्रहरीलाई खबर गरेका थिए। ताला फो’डेर हेर्दा पम्फा खाटमा मृ’त अव’स्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार पम्फा पहिले एयरपोर्ट पछाडि चना बेच्ने गर्थिन्। विनय भने ज्याला मजदुरीको काम गर्थे। चना खाने भन्दै उनी लामो समयदेखि पम्फालाई भेट्ने गर्थे। त्यसरी नै चिनजान गराएर पम्फालाई विनयले फ’काएर वैशाख ३० गते आफ्नो कोठामा लगेका थिए।

त्यस दिनदेखि उनले पम्फालाई आफ्नो कोठामा ब’न्धक बनाएर राखेका थिए। विनय बाहिर जान परे पनि उनलाई भित्र राखेर कोठामा ता’ला लगाएर जाने गरेका थिए। ‘चिनजान गरेपछि फकाएर लगे। अनि ब’न्धक बनाएर राखे,’ एसपी कार्कीले भने,’त्यही क्रममा उनको ह’त्या गरी ता’ला लगाएर फ’रार भए।’ विनयले पम्फालाई शारिरिक स’म्ब’न्धको लागि त्यसरी ब’न्धक बनाएको प्रहरी समक्ष बयान दिएका छन्। त्यस दिनदेखि उनी फ’रार थिए।

अहिले विनयले नयाँ नागरिकतासमेत लिइसकेका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट उनले सोमबहादुर राईको नामबाट नागरिकता लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘त्यस दिनदेखि फ’रार भएका उनले आफ्नो परिचय नै परिवर्तन गरेका थिए,’ एसपी कार्कीले भने,’उनले नाम परिवर्तन गरेर बसेको थाहा पाएपछि हामीले प’क्राउ गर्‍यौं।’ उनीमाथि अहिले न’क्कली नामबाट नागरिकता नि’कालेको स’म्बन्धमा पनि अनुसन्धान अघि बढाएको छ।  थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत, नयाँ बानेश्वर पठाइएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्