Logo

माननिय भट्टराई वाहुनीडाँडाको जनताहरुको साथमा


एलबी किराती– खोटाङ। नेकपा हलेसी तुवाचुङ नगर कमिटीले ५५ दिन देखी निरन्तर चलाईरहेको अभियानमा माननियहरुले समेत साथ दिइरहेका छन् । सोही क्रममा माननिय विशाल भट्टराई एक हप्तामा दुईपटक वाहुनीडाँडा, डिकुवा लगायतको नगरको वडाहरुमा जनताहरुको समस्या र समसामयिक विषयहरुमा छलफल गर्न आइपुगेको जिल्ला कमिटी सदस्य उदय किरातीले बताए ।

माननिय भट्टराई वाहुनीडाँडाको जनताहरुको साथमा

गएको हप्ता ३ दिन यस भेगका गाउँटोलहरुमा जनताहरुसँगै जनताको घरमा वास वसेर काठमाडौं फर्केका माननिय पुन फेरी बाहुनीडाँडामा जनताहरुको छलफलमा सहभागी हुन आइपुगेको युवा नेता रमेश तिवारीले बताए ।

माननिय भट्टराई वाहुनीडाँडाको जनताहरुको साथमा

छलफलमा विगतमा संसदिय कोष मार्फत संचालन भएको विकासे बजेट कार्यक्रम तथा आगामी दिनमा थप यस गाउँका जनताहरुलाई अत्याआवश्यक विकासहरुको बारेमा छलफल भएको किरातीले बताए । हलेसी नगरमा विगत ३ हप्तामा खोटाङ जिल्लाको सभासदहरु, पूर्व सांसदहरु तथा वहालवाला सबै माननियहरुको उपस्थिति भएकोले यस नगरलाई विकासको लागी अगाडी बढाउन आवश्यक पहल हुनेमा आसावादी रहेको वडा पार्टी सविच मनोज राईले बताए ।

माननिय भट्टराई वाहुनीडाँडाको जनताहरुको साथमा

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्