Logo

धरमरमा रहेको नेपाली पर्यटन र विश्व पर्यटन दिवस


निनाम कुलुङ ‘मंगले’ -गएको ११ असोज (सेप्टेम्कर २७) का दिन ४१ औं ‘विश्व पर्यटन दिवस’ परेको थियो । तर, यस वर्षको ‘विश्व पर्यटन दिवस’ रौनकविहीन भयो । अर्थात् विशव्का अधिकांश देशहरुले विगत वर्षहरुमा जस्तो विभिन्न कार्यक्रमहरुसिहित ‘विश्व पर्यटन दिवस’ मनाएनन् । हुन पनि ठमेल जस्तो पर्यटकीय क्षेत्रमा समेत यो वर्षको ‘विश्व पर्यटन दिवस’ मा विदेशी पर्यटक देख्न दर्लभ भयो !

जे होस्, हाम्रो देश नेपालको पर्यटन इतिहासको कुरो गर्दा त्यति लामो इतिहास छैन । विसं २००७ साल फागुन ७ गते (सन् १९५१, फेब्रअरी) का दिन आएको प्रजातन्त्रसँगै नेपालमा राजनीतिक परिवर्तन पनि भयो । सो राजनैतक परिवर्तन पनि विसं २०१४/०१५ सम्म स्थिर रहेन । विसं २०१५ सालमा भएको नेपालकै पहिलो आमनिर्वाचनमा तत्कालीन नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । नेपाली कांग्रेसले आफ्नो एकमना सरकार पनि गठन गर्यो । तर, सो सरकार लगभग डेढ वर्ष पुग्दानपुग्दै तत्कालीन राजा महेन्द्रले कू गरेर हटाए । ठूला नेताहरुलाई जेल हाले । केहीलाई आफ्नो पक्षमा पारे । केहीलाई विदेश भगाए (जस्तै तत्कालीन अर्थमन्त्री तथा नेपाली कांग्रेसमा तेस्रो वरियताका नेता सुवर्णशमशेर राणालाई भारतको कलकत्ता पठाए !) ।

यसरी नेपालमा लामो समयदेखि चल्दै आएको जहाँनियाँ (१०४ वर्षे राणा शासनकालसम्म) राणा विदेशीहरुलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिवन्ध जस्तै थियो । त्यो वेला जो पायो त्यो विदेशीले नेपालको भ्रमण गर्न पाउँदैन थियो, केही देशका कूटनीतिज्ञहरुले बाहेक । तर, राणा शासकहरुले आफुले रिझाउनुपर्ने देशका राजा, महाराजाहरु र कूटनीतिज्ञहरुलाई भने सिकार खेल्न, मनोरञ्अन गर्न आफै निम्ता गरेर पनि बोलाउँथे । त्यस्तै ठूलै मिसनसहित नेपाल आउने विदेशीहरुले पनि आफ्नो देशको सरकारको विशेष सिफारिसमा मात्रै राणा शासकहरुबाट अनुमति पाउँथे भन्ने भनाइ छ ।

यसरी हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपालभ्रमण गर्न खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए तापनि विदेशीहरुका लागि नेपालमा अस्थाई रुपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाण्डौ उपत्यका सुरु भयो । तर उपत्यका बाहिरका लागि केही व्यवस्था थिएन । त्यस्तै काठमाण्डौ उपत्यका सहरबाहिर जानका लागि हवाई तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि विसं २०१५/०१६ साल (सन् १०५९/६०) बीचको संक्रमणकालीन अवस्थासम्म पनि नेपालमा अपेक्षित रुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गर्नतिर लागे । त्यसरी नेपालमा पर्यटन व्यवसायमा लाग्नेहरुमा बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरु थिए । यसरी हेर्दा नेपालको पर्यटन प्रवद्र्घन गर्नमा सुरुमा विदेशीहरुले योगदान गरेको देखिन्छ । नेपाल आएर बसेका विदेशीहरु जो थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए । नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । निश्चय नै ३० वर्षे पञ्चायतकालमा पर्यटन व्यवसाय चकाचक थियो भन्ने होइन । ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन ।

यसरी तथ्य–तथ्यांक नै हेर्ने हो भने, तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरुलाई खुल्ला गरे यता सन् १९६२ सम्ममा ६ हजार १ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । भने सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार ५ सय ६७ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए । त्यस्तै १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार ९ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखन्छ ।

विसं २०४६ (सन् १९८९÷९०) मा नेपालमा भएको दोस्रो राजनैतिक परिवर्तनपछि भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या वार्षिक लाखको दरले उकालो चढेको देखिन्छ । तर, यो क्रम धेरै लामो समयसम्म कायम रहन सकेन । हुन त सन् १९९८ पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएको थियो, नेपालले । सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रति व्यक्ति प्रति दिन ४५ अमेरिकी डलर पुर्याउने, नेपाल आउने विदेशी पर्यटकको बसाई अवधि १२ दिन पुर्याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए तापनि पनि सो वर्ष घोषित कुनै पनि लक्ष्या पूरा भएन ।

सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । बरु सन् १९९९ मा भने ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो संख्या सन् २००० मा घटेर ४ लाख ६३ हजार ६ सय ४६ जनामा झर्यो । सन् २००१ मा नेपाल आउने विदेशी पर्यटक घट्ने क्रम बढेर ३ लाख ६१ ह्जार २ सय ३७ जनामा झर्यो । त्यस्तै सन् २००२ मा लगभग आधा घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झर्यो । तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’  सन् १९८९/९० मा परिवर्तसँगै आएको प्रजातान्त्रिक सरकारले पनि नेपालको पर्यटनका लागि खासै गर्व गर्न लायक काम गरेन भन्न सकिन्छ । त्यो वेलाको सरकारले पर्यटन क्षेत्रमा देखिने गरी गरेको काम भनेको ‘पर्यटन बोर्ड’को गठन एक थियो ।

समग्रमा हेर्दा २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढीरहेको छ । यो हाम्रो लागि सुखद समाचार नै हो । त्यसो भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि बढ्न नसक्नु भने दुःखद नै मान्नुपर्ने हुन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको टाउका (संख्या) मात्रै गन्ने कि, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि सुधार ल्याउनेतर्पm सोच्ने ? विषेश ध्यान दिनुपर्ने देखिन्छ ।

हुन त पछिल्लोपटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७ र २०१८ मा लगातार बढी रहेको भए तापनि उनीहरुको समग्र नेपाल बसाई अवधि र उनीहरुले नेपाल बसेको समयमा गर्ने गरेको दैनिक खर्च भने माथि नै उल्लेख भए झैँ बढ्दो क्रममा होइन कि घट्दो क्रममा रहेको देखिन्छ । यो हामी नेपालीहरुका लागि साच्चै चिन्ताको विषय हो । तापनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तर, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आफ्नो नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । सुन्दा तितो लागे तापनि नेपाल ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरुका लागि स्वर्ग बन्दै जाने देखिन्छ ।

हुन त भन्नै पर्दा सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी भाइरस (कोभिड–१९) को कारणले गर्दा यो वर्षको ‘विश्व पर्यटन दिवस’ नेपालमा मात्रै नभएर विश्वभरि नै रौनकविहीन भएको हुने भएको छ भने, यस्तो अवस्थामा कता ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) पर्यटक र खर्चिलो पर्यटकहरुका बारेमा लेख्नु÷बोल्नु, होइन त …. ?

थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्