Logo

खोटाङको खोटेहाङ पालीकामा पनि युवाले गति लियो


सुजन राई- खोटाङ। नेकपाको युवा संस्था राष्ट्रिय युवा संघ नेपालले हलेसी तुवाचुङ नगर युवा भेला सम्पन्न गरे पश्चात खोटाङको सबै पालीकाहरु युवा भेल्ला सम्पन्न कार्यक्रमले तिब्र रुप गति लिएको संघको केन्द्रिय सदस्य विनोद राई संसारले बताए ।

हलेसी पश्चात दिप्रुङ पालीका स्तरिय भेलासँगै सबै वडा भेला सम्पन्न हुँदै गर्दा उता खोटेहाङ पालीकामा समेत वडा स्तररिय युवा भेला भइरहेको पालीका नेकपा पार्टी अध्यक्ष राजन ढकालले बताउनु भयो । पालीकाको ४ वडाहरुमा युवा भेला सम्पन्न भएसँगै बाँकी रहेको वडाहरुमा समेत युवा भेलाको तालिका तयार भइसकेको अध्यक्ष ढकालले बताउनु भयो ।

खोटाङको खोटेहाङ पालीकामा पनि युवाले गति लियो

भेलामा युवाहरुलाई समसामयिक विषयमा तथा अबको युवाहरुको कार्यभार, राजनीतिमा युवा र स्थानिय सरकार युवाहरुले गर्नुपर्ने दायित्व र जिम्मेवारीको बारेमा प्रशिक्षित गर्दै आएको ढकालले बताए । युवा अभियानले गतिलिएसँगै नेकपा पार्टीको संगठन दुईकदम अगाडी बढेको र पार्टीले गति लिएको ढकालले बताउनु भयो ।

खोटाङको खोटेहाङ पालीकामा पनि युवाले गति लियो

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्