Logo

डा. युवराजलाई अमेरीकी राजदूत नियुक्ति गरेको समाचार आएपछि सेयर बजारमा एकाएक उछाल


केही दिनदेखि स्थिरजस्तै देखिएको सेयर बजारमा एकाएक उछाल आएको छ । गत साताबाट केही करेक्सन देखिएको बजारमा यो साताको अन्तिम कारोबार दिन एकाएक सेयर बजारमा उछाल देखिएको छ । बिहिबार प्रि-ओपनीङ सेसनमा ३ अंकको सामान्य वृद्धि देखिएको नेप्से ११ बजे बजार खुलेपछि पनि सुरुवाति समयमा स्थिरजस्तै  देखिएको थियो । तर आज बसेको मन्त्रिपरिषद् बैठकले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरीकी राजदूत नियुक्ति गरेको समाचारबाहिर आएपछि सेयर बजारमा एकाएक उछाल आएको छ ।

अर्थमन्त्री नियुक्त हुनासाथ दुई वर्षअगाडि सेयर बजारलाई अनुत्पादक क्षेत्रका रुपमा व्याख्या गरेपछि सेयर बजारका लगानीकर्ताले खतिवडालाई रुचाएका थिएनन् । बजार सुधारका लागि धेरै नीतिगत प्रयास गरे पनि उनले सेयर बजारका लगानीकर्तालाई हेर्ने दृष्टिकोणले गर्दा लगानीकर्ताले उनलाई रुचाएका थिएनन् । भदौमा अर्थमन्त्रीका रुपबाट खतिवडा बाहिरिने निश्चित भए पनि सेयर बजारमा उत्‍साह देखियो भने बजार पुँजीकरणसमेत हालसम्कै उच्च पुग्यो ।

तर असोज लाग्‍नासाथ अर्थमन्त्रीबाट बाहिरिएका खतिवडा मन्त्रीसरह सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त हुँदा अर्थ मन्त्रालय उनकै छायामा रहने आशंका उब्जिएको थियो । तर आज बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकी राजदूतमा सिफारिस गरेसँगै सेयर बजारमा एकाएक उछाल देखिएको छ ।करिब साढे १२ बजेसम्म यो समाचार तयार पर्दासम्म नेप्से २२.०८ अंकले बढेको छ । यस्तै बजारमा करिब १ अर्बको कारोबार भइसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्