Logo

सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै


सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यमा ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कुल निष्कासनमध्ये एक लाख २० हजार कित्ता कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २७ लाख ३० हजारको कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

२०७७ असार १४ गते आईपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीलाई बोर्डले २०७७ असोज ६ गते निष्कासन अनुमति दिएको थियो । कम्पनीको आईपीओमा छिटोमा असोज २५ गतेसम्म र उक्त समयमा  पर्याप्त आवेदन नपरे कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ। हाल ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बिक्रीपछि एक अर्ब रुपैयाँ पुग्‍नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्