Logo

लाख नगरको आय, बजेट करोडको वल्ल बुझ्न थाले हलेसीका जनताले


विकास श्रेष्ठ- खोटाङ। हरेक वर्ष आर्थिक वर्षमा हलेसी तुवाचुङ नगरले ५० करोड तलमाथि बजेट ल्याउने गरेका छन् । त्यही बजेटको परियोजनालाई नगर प्रमुख र उपप्रमुखले आफ्नो नगरको बजेट आफै आय भएको जसरी परियोजना बाँड्ने गरेको र आफैले दिएको जनतामा छरेको भ्र’म नगरका जनताहरुले प्रष्ट हुन थालेको जनताहरुले बुझ्न थालेको स्थानिय नृपध्वज राईले बताए ।

प्रतिपक्षको हिसाबले जनअभियानको कार्यक्रममा नेकपा नगर पार्टीले चालेको अभियानमा मा. पिके राईले स्पष्ट पार्नु भएको छ की हाल हलेसी नगरको आय भनेको लाख सम्म मात्र हो । जसमा ५० लाख पनि वार्षिक आय छैन । तर नगरमा आएको ५० करोड बजेट संघिय सरकार र प्रदेश सरकारले पठाएको जनअभियानमा बताए पछि जनतामा भ्र’म चि’रिएको बाहुनीडाँडाका नेकपा वडा अध्यक्ष एलबी किरातीले बताए ।

लाख नगरको आय, बजेट करोडको वल्ल बुझ्न थाले हलेसीका जनताले

जनताले तिरेको कर, हलेसी नगरको जनताको जनसंख्याको आधारमा संघिय सरकारले बनाएको योजना अनुसार बजेट आएकोले स्थानिय सरकार हलेसी नगरपालीका कार्यान्वयन एकाई मात्र भएको तर आफ्नो आयमा हालसम्म सक्षम भइनसकेको माननियले स्पष्ट पार्नु भयो ।

नगरले आफ्नो गोजीको पैसा जस्तो अनुभुती गराउँदै बाखा्रको पाठा, सुँगुर पाठा लगायत स्थानिय गाउँघरको मुल्य भन्दा धेरै गुणा बढी खरिद गरेर जनताहरुलाई बाँडेको तर त्यसको वास्तविक मुल्य जनताहरुलाई थाहा भएकोले डोकोमा पानी भरेर भराउन खोजेको भ्र’म चि’रिएको कुल बहादुर राईले बताए ।

लाख नगरको आय, बजेट करोडको वल्ल बुझ्न थाले हलेसीका जनताले

जनताले आफुले लगाएको कपडा, खाएको तेल, नुन लगायत जीवनमा प्रयोग गर्ने सबै सामग्रीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा तिरेको कर नेपाल सरकारमा जम्मा भएर त्यही कर जनतामा विकास आएको र हालसम्म हलेसी नगरमा २५ लाख पनि आफ्नो आए नभएकोले सबै संघ र प्रदेश सरकारबाट आएको रकम खर्च भएकोले अब जनताहरु भ्र’ममा नपर्ने किश्वर श्रेष्ठले बताए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्