Logo

सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध कांग्रेसले संसद् अधिवेशनको मागसँगै विरोधका कार्यक्रम गर्ने


काठमाडौँ — सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।पार्टी केन्द्रीय कार्यसमिमितिको १९ गते बस्ने बैठकले संस्थागत निर्णय गरेपछि विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने कांग्रेस सहमहामन्त्री प्रकाशरण महतले बताए ।

संसद्मा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउने पहल गर्ने महतको भनाई छ । ‘कोभिड–१९ संक्रमण नियन्त्रणका दिशामा सरकार अनुत्तरदायी भयो । यस्तो संकटको बेलामा समेत एकपछि अर्को भ्रष्ट्राचार र अनियमिताका काण्डमा संलग्न हुँदै जान थाल्यो,’ महतले भने,‘मुख्य रुपमा यी दुई विषयमा छलफलका लागि विशेष संसद् अधिवेशन बोलाउनु पर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।’

पार्टीको संस्थापन इतरपक्षीय नेताले समेत यसअघि विशेष अधिवेशनका लागि पहल गर्नुपर्ने माग गर्दै आएको थियो । कांग्रेसले संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । सामजिक दूरी पालना गरेर सरकारका अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध सडकबाट समेत आवाज उठाउने कांग्रेसको तयारी रहेको महतले बताए । कहिलेदेखि कार्यक्रम गर्ने भन्नेबारेमा केन्द्रीय कार्यसमितिको बैठकले निर्णय लिने भएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्