Logo

नेपाल–चीन सीमाको मितेरी पुलमा सम्पन्न दुई देश बिचको बैठक पछी असोज १९ गतेबाट तातोपानी नाका खुल्ने


२०७७- असोज -१३

काठमाण्डौ- सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ। मंगलबार नेपाल–चीन सीमाको मितेरी पुलमा बसेको बैठकमा असोज १९ गतेदेखि नाका खुल्ने सहमति भएको हो।

‘१८ गते जाङ्बु पोर्टबाट जाँच पास सुरु गर्ने र १९ गतेबाट नेपालमा सामान आउँछ’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सन्चार कर्मी हरु सँग कुरा गर्दै भने। धेरै सामान अड्किएकाले सुरुमा दुई टोलीले काम गर्ने उनले बताए।

‘हामीले पनि खुलेरै कुरा राख्यौं। व्यवसायीहरुको बीच बाटोमा धेरै सामान अड्किएको छ भनेर कुरा राख्यौं त्यसपछि चिनिया पक्ष सकरात्मक हुनुभयो’ तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले भने। खत्रीका अनुसार बाढीका कारण भत्किएको बाटो बनिसकेको छ। खत्रीका अनुसार पहिरोको कारण असार २५ गतेदेखि तातोपानी नाका बन्द रहेको थियो।

बैठकमा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्