Logo

जनताको चाहनाले नेकपा अभियान


विसा राई- हलेसी खोटाङ । जनताको गुनासो पार्टीले जित्दा मात्र होइन हार्दा पनि जनतासँगै रहने पार्टीपो पार्टी हुन्छ, भन्ने आम भावनालाई सुन्दै नेकपा हलेसी नगरपार्टी जनअभियान संचालन गरिरहेको अध्यक्ष सुरेन्द्र राईले बताए । अभियानको क्रममा हरेक गाउँ गाउँ जनअभियान संचालन गरिएको सचिवालय सदस्य आमोद राईले बताए ।

जनताको चाहनाले नेकपा अभियान

पहिलो चरणको अभियान अन्र्तगत अन्तिम चरणमा पुगेको तथा थप अभियानको लागी भावि कार्ययोजना समेत तयार भइरहेको सचिवालय सदस्य अकिल राईले बताए । अभियानमा जनताहरुको जनलहरले पार्टीमा उत्साह छाएको सचिवालय सदस्य खडेन्द्र राईले बताए ।
सिंहदरवारको अधिकार गाउँघरमा भन्ने नेकपाको नारा साकार भएता पनि स्थानिय सरकार देखी रुष्ट भएका जनताहरु राज्यको स्रोत भएर मात्र पनि शासन पद्धति विधिसंगत नचल्दा विकासमा हलेसी नगर पछाडी परेको तथा विकासे योजनाहरु खोटाङ जिल्ला कै सबै भन्दा बढी भएको गुनासोहरु आएको कार्यलय सदस्य संगिन किरातले बताए ।

जनताको चाहनाले नेकपा अभियान

अभियानको पहिलो चरण समापनसँगै दोस्रो चरणको कार्ययोजना अनुसार पार्टी सदस्यता वितरण, दशैं तिहार, शुभकामना आदान प्रदान लगायतको योजनाहरु अगाडी बढीरहेको किरातीले बताए ।

जनताको चाहनाले नेकपा अभियान

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्