Logo

वि’पश्य’ना माक्र्सवादको चौथो संगठक अंगको प्रस्ताव मा’ओवा’दी केन्द्रद्धारा अ’स्विका’र सार्वजनिक गर्यो यस्तो धारणा (विज्ञप्तीसहित)


भिम बहादुर बिक- काठमाडौं । माक्र्सवादको चोथो संगठक अंगको रुपमा पछिल्लो समय पार्टीभित्र प्रस्ताव र वहस गरिएको विषय जनाउँदै नेकपा (माओवादी केन्द्र) ले त्यसलाई पार्टी कमिटिले अ’स्विका’र गरेको जनाएको छ । उक्त प्रस्तावलाई माक्र्सवादको मुल मर्म वि’परित रहेको भन्दै आज नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकीले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन । महासचिव बुढाथोकीले जारी गरेको विज्ञप्तीमा वि’पश्य’नाको प्रस्तावबारे २०७६ जेष्ठ देखि आफ्नो पार्टीभित्र व’हस हुँदै आएको भन्दै त्यसबारेमा पछिल्लो समयसम्म आउँदा पार्टीको आधिकारीक र औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । वि’पश्य’नाबारे २०७६ जेष्ठको नेकपा (माओवादी केन्द्र) को राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकले प्रस्तावलाई अस्विकार समेत गरेको छ । साथैं २०७७ अश्विन १० गते बसेको पदाधिकारी बैठकले समेत यसअघि पोलिटव्यूरो बैठकले गरेको निर्णयलाई नै कायम राखेको छ विज्ञप्तीमा जनाइएको छ । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘वि’पश्य’ना बुद्ध दर्शनको एउटा पक्ष भएपनि माक्र्सवादको चौथो संगठक अंगको रुपमा लागु पर्न र स्थापित गर्न खोज्नु भनेको माक्र्सवाद वि’परि’त जानु हो भन्नेमा हाम्रो पार्टीको ठहर छ ।

यसबारे हाम्रो पार्टीको आधिकारीक धारणा यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।’ उक्त प्रस्ताव माक्र्सवाद वि’परि’त भएको तर्क गर्दै विज्ञप्तीमा अगाडी भनिएको छ–‘माक्र्सवादको संगठक अंगहरुले साझा र समान ढंङ्गको सार्वभौमिक मान्यता दिएको छ भने विशिष्टतामा फरक देखाउँछ । माक्र्सवादको संगठक अंगहरुले सर्वहारावर्गिय अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, व’र्गसंघ’र्ष र ऐतिहासिक भौतिकवादी मान्यता स्विकार्छ । विशिष्ट रुपमा दर्शन अर्थशास्त्र र वैज्ञानिक समाजवादले फरक फरक ढंगले अलग अलग विषयको वकालत गर्दछ । त्यस्तै समग्र र अंशमा संयोजन गर्न पुग्दछ । यसमा वि’पश्य’नाको प्रस्ताव मेल खाँदैन, यो माक्र्सवादको मुल मान्यता वि’परि’त हुन्छ ।’ क्रा’न्तिको बाँकी कार्यभार पुरा गर्नका लागि बदलिएको परिवेश अनुसार माक्र्सवादको मूल मर्म र मान्यता प्रति प्रतिवद्ध रहँदै सिर्जनशिल ढंगको माक्र्सवादको विकास र प्रयोग गनुृपर्ने अनिवार्य शर्त बन्न पुग्नु स्वभाविक रहेको र त्यो दायित्व माओवादीको काँधमा आएको समेत विज्ञप्तीमा जनाइएको छ । महान जनयु’द्ध र जनआ’नदो’लनको क्रममा सहादत हुने सहितहरु, यो’द्धा, अपा’ङ्ग, वे’पत्ता र लाखौं लाख जनसमूदायको उच्च समर्थनबाट प्राप्त राजनीतिक उपलब्धीलाई सस्थागत गदैं क्रान्तिको बाँकी कार्यभार पुरा गर्न नेकपा (माओवादी केन्द्र) हर चु’नौतीको सामना गर्न प्रतिबद्ध र सं’घर्षशि’ल रहेको विषय समेत उक्त विज्ञप्तीमा जनाइएको छ ।

पार्टीभित्र उक्त प्रस्तावबारे वहस चल्दै गर्दा उक्त विषयमा अध्यक्ष गोपाल किरातीद्धारा लिखित पुस्तक आएपछि त्यसलाई पार्टीको आधिकारीक धारणा नभएको भन्दै यो विज्ञप्ती सार्वजनिक गरिएको देखिन्छ । विज्ञप्तीको पूर्णपाठ यस्तो रहेको छ…… नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति प्रेस विज्ञप्ती नेकपा (माओवादी केन्द्र) महान ज’नविद्रो’हको कार्यदिशा मार्फत समाजवाद हुँदै साम्यवादसम्म पुग्ने यु’गान्तका’री ऐतिहासिक अभियानमा सं’घर्ष’शिल हुदैं आएको छ । महान १० बर्षे जनयुद्ध र १९ दिने जनआ’न्दोल’नमा माओवादी पार्टीको नेतृत्वदायी भूमिकाले नेपाली राजनीतिमा गणतन्त्र, संघियता, ध’र्मनि’रपेक्ष’ता, समानुपातिक समावेशी जस्ता राजनीतिक सामाजिक उपलब्धीहरु प्राप्त र स्थापित गर्न सफल हुन पुगेको घाम झै छर्लङ्ग नै छ । यहाँसम्म आईपुग्दा ठूला ठूला व’र्गसंघ’र्ष र अ’न्तरसंघ’र्षको सामना गर्दै क्रा’न्तिका’री विचार राजनीति स्थापित गर्नमा महान शहीदहरु, घा’ईते, अ’पाङ्ग यो’द्धा र लाखौं लाख न्यायप्रेमी जनसमुदायको भूमिका महत्वपूर्ण रहेको कुरा कदापी बिर्सन सकिदैन । क्रान्तिको बाँकी कार्यभार पुरा गर्नका लागि बदलिएको परिवेश अनुसार माक्र्सवादको मूल मर्म र मान्यता प्रति प्रतिवद्ध रहँदै सिर्जनशिल ढंगको माक्र्सवादको विकास र प्रयोग गनुृपर्ने अनिवार्य शर्त बन्न पुग्नु स्वभाविक हो, जुन दायित्व माओवादीको काँधमा आएको छ ।

२०७६ जेष्ठ देखि हाम्रो पार्टीभित्र माक्र्सवादको चौथो संगठक अंगको प्रस्ताव सम्बन्धमा व’हस हुँदै आएको छ । यस सम्बन्धमा हालसम्म आउँदा पार्टीको आधिकारीक र औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना बन्न गयो । सर्वप्रथम माक्र्सवादको संगठक अंगहरुले साझा र समान ढंङ्गको सार्वभौमिक मान्यता दिएको छ भने विशिष्टतामा फरक देखाउँछ । माक्र्सवादको संगठक अंगहरुले सर्वहारावर्गिय अधिनायकत्व, बल प्रयोगको सिद्धान्त, वर्गसंघ’र्ष र ऐतिहासिक भौतिकवादी मान्यता स्विकार्छ । विशिष्ट रुपमा दर्शन अर्थशास्त्र र वैज्ञानिक समाजवादले फरक फरक ढंगले अलग अलग विषयको वकालत गर्दछ । त्यस्तै समग्र र अंशमा संयोजन गर्न पुग्दछ । यसमा विपश्यनाको प्रस्ताव मेल खाँदैन, यो माक्र्सवादको मुल मान्यता वि’परि’त हुन्छ । वि’पश्य’ना बुद्ध दर्शनको एउटा पक्ष भएपनि माक्र्सवादको चौथो संगठक अंगको रुपमा लागु पर्न र स्थापित गर्न खोज्नु भनेको माक्र्सवाद वि’परि’त जानु हो भन्नेमा हाम्रो पार्टीको ठहर छ । तसर्थ यसबारे २०७६ जेष्ठको राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकले उक्त प्रस्तावलाई अस्विकार समेत गरेको छ । साथैं २०७७ अश्विन १० गते बसेको पदाधिकारी बैठकले उक्त विषयबारे यसअघि पोलिटव्यूरो बैठकले गरेको निर्णयलाई नै कायम राखेको छ । वि’पश्य’नालाई माक्र्सवादको चौथो संगठक अंगका रुपमा गरिएको प्रस्तावबारे हाम्रो पार्टीको आधिकारीक धारणा यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं । साथै क्रा’न्तिको बाँकी कार्यभार पुरा गर्न नेकपा (माओवादी केन्द्र) हर चुनौतीको सामना गर्न प्रतिबद्ध र सं’घर्षशि’ल रहेको विषय समेत जानकारी गराउँदछौं । अभिवादन सहित !! मितिः २०७७ आश्विन १३ गते । …….. कर्णजित बुढाथोकी ‘शुशिल’ (महासचिव) नेकपा (माओवादी केन्द्र), केन्द्रीय समिति

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्