Logo

उपत्यकामा सं’क्रमि’तको संख्या बढ्दै गए पनि नि’षेधाज्ञा खुकुलो भएपछि भिड बढिरहेको


ट्राफिक प्रहरीले जोर-बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा क’डाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर-बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा क’डाइ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी क’डाइका साथ चेकजाँच गरिरहेको छ ।

सवारी जाम बढ्न थालेपछि जोर-बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा क’डाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमानुसार जोर-बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्‍कअनुसार ट्राफिक का’रबाहीमा आठ सयभन्दा बढी सवारीसाधन परेका छन् ।

करिब सात सय मोटरसाइकल र स्कुटर छन् । होल्ड गरिएका सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।
सं’क्रम’णको जो’खिम बढ्दै गएकाले जोर-बिजोर प्रणाली पूर्ण रुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा सं’क्रमि’तको संख्या बढ्दै गए पनि नि’षेधाज्ञा खुकुलो भएपछि भिड बढिरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्