Logo

बैंकहरूलाई अस्थिर अर्थतन्त्रले स’मस्या गरायो


नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकको उक्त निर्देशनले गर्दा वित्तीय क्षेत्र अहिले त’रंगित बनेको छ । नेपालको अस्थिर अर्थन्त्रमा छोटो समयमै हुने ब्याजदर उतारचढावले गर्दा बैंकहरूलाई स्थिर ब्याजदर तोक्न स’कस परेको छ । नेपालको जस्तो अस्थिर अर्थतन्त्रमा स्थिर ब्याजदर तोक्ने कार्य स’कसपूर्ण भएको बैंकर्सहरू बताउँछन् । तर पनि राष्ट्र बैंकले दिएको निर्देशन पालन गर्नुपर्ने बा’ध्यात्मक परिस्थितिमा बैंकहरू छन् । तर स्थिर ब्याजदर कसरी तय गर्ने भन्‍ने अन्योल बैंकहरूमा छ ।

यी अन्योलबीच केही बैंकहरूले स्थिर ब्याजदर सार्वजनिक गरिसकेका छन् । अधिकांश बैंक आन्तरिक गृहकार्यमा जुटेको बैंकरहरू बताउँछन् । एकपटक सम्झौता गरेपछि कर्जा अवधिभर परिवर्तन नहुने अभ्यास नेपालमा पहिलोपटक लागु हुन लागेको हो । बैंकहरूले हरेक ६ महिनामा कर्जा प्रदान हुने स्थिर ब्याजदरमा पुनरावलोकन गनुपर्ने व्यवस्था छ । बैंकहरूलाई केन्द्रीय बैंकले असोज मसान्तभित्रमा स्थिर ब्याजदर तोकेर कात्तिक १ गतेबाट लागु गर्न निर्देशन दिएको छ । बैंकहरूको वेस रेट (आधार ब्याजदर) न्यूनविन्दुमा आएको अवस्थामा केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशक दिँदा केही अ’सन्तुष्ट देखिए पनि कार्यन्वयन गर्नुको विकल्प नरहको बताउँछन् । स्थिर ब्याजदर तोक्ने आन्तरिक तयारी स्वरुप विगतको ब्याजदरको ट्रेन्ड र भविष्यमा ब्याजदरमा आउनसक्ने उतारचढावलाई अध्ययन गरिरहेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंक स्थिर ब्याजदर तोक्ने निर्देशनबाट पछि हट्ने संकेत नदेखिएको नेपाल बैंकर्स संघका एक कार्यकारी सदस्यले बताए ।

स्थिर ब्याजदर तोक्नै नसकिने भन्‍ने नभएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् । तर नेपालमा एसेस्ट्स र ल्याबिलिटिज म्याच गराउने भन्‍ने नरहेकाले लङट्रमको ब्याजदर स्थिर गर्दा कति ठीक हुन्छ भन्‍ने विषय अध्ययन गर्नुपर्ने उनको भनाइ छ । “नेपालमा बैंकिङ प्रणालीमा ब्याजदर र तरलता अस्थिर देखिने गरेको छ, गत वर्षको यही बेलामा बैंकिङ प्रणालीमा तरलता कम थियो भने अहिले पर्याप्त तरलता छ,” उनले भने, “कतिपय बैंकहरूको आधार ब्याजदर ७/८ प्रतिशतमा आएको छ भने कतिपय बैंकहरूको ६ प्रतिशतमै झरेको छ, बजार स्टेबल नभएकाले बैंकहरूले कतिमा स्थिर ब्याजदर तोक्ने भने अध्ययन गरिरहको अवस्था छ ।”केन्द्रीय बैंकले ग्राहकलाई परिवर्तनीय ब्याजदरमा पनि कर्जा लिने विकल्प दिएकाले १०/१५ वर्षको ट्रेन्ड कस्तो हुनसक्छ भने विश्लेषण गरेर स्थिर ब्याजदर तोकेर अगाडि बढ्नुपर्ने भएकाले स्थिर ब्याजदर तोक्नु ठूलो स’मस्या नरहेको बैंकर कोइराला बताउँछन् ।

अर्का एक बैंकर पनि स्थिर ब्याजदर तोक्ने कार्य मु’स्किल भएको बताउँछन् । “स्थिर अर्थतन्त्र भएको मुलुकमा भए स्थिर ब्याजदर तोक्न सहज हुन्छ तर हाम्रोजस्तो एकदम उतारचढाव हुने अर्थतन्त्रमा स्थिर ब्याजदर तोक्न अथवा त्यसलाई कार्यान्वयन गर्न धेरै गा’ह्रो छ,” उनले भने, “२००७/२००८ मा हेर्ने हो भने नेपालमा टीआर लोन ६ प्रतिशत, होम लोन ७ प्रतिशत र कतिपय बैंकले ५ प्रतिशतमा पनि लगानी गरेका थिए, २०११/०१२ मा पुग्दा निक्षेपको ब्याजदर १३ प्रतिशत र कर्जाको ब्याजदर १६ प्रतिशत सम्म पनि पुग्यो । २०१४/०१५ मा संस्थागत निक्षेप ४.५ प्रतिशतमा पनि नउठेर समस्या भयो, त्यसपछि फेरि क्रेडिट क्रन्‍चले गर्दा निक्षेपको ब्याजदर बढेर १३ प्रतिशतसम्म पुग्यो भने अहिले बैंकहरूमा तरलता पर्याप्त छ, ब्याजदर घटेको छ ।”केन्द्रीय बैंकको कन्सेप्‍ट ठीक भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहको ती बैंकर्स बताउँछन् । “ऋणीलाई १५ वर्षसम्म एउटै ब्याजदर हुँदा हिसाब गर्न सहज भए पनि १५ वर्षको ब्याजदरको उतारचढाव, फलेक्जिबिलिटीको जिम्मा कसले लिने ?” उनले प्रश्न गरे ।

“स्थिर ब्याजदर तोक्न नसक्ने हैन, कतिपयले निकालेका छन् भने कतिपयले तयारी गरिरहेका छन्,” उनले भने, “नीति-नियम आएपछि कार्यान्वयन गर्नैपर्‍यो तर उपयोगी र कति वर्षसम्मलाई राम्रो हुन्छ भन्ने मुख्य विषय हो । अहिले १० प्रतिशतमा २० वर्षका लागि घर कर्जा लगानी गर्ने र ५/७ वर्षपछि ब्याजदर बढेर १२ प्रतिशत पुग्यो भने त्यो घाटा के गर्ने ?,”अर्को भनेको भोलिको दिनमा बजारमा तरलता पर्याप्त हुने विदेशी लगानीहरू (प्रत्यक्ष वैदेशिक लगानी) व्यापक आएर तरलता पर्याप्त भएर ४/५ प्रतिशतमा कर्जा पाउने अवस्था भयो भने पनि मान्छे रोएर बस्ने अवस्था हुने उनको भनाइ छ । “त्यो बेलामा १/१ वर्षमा ब्याजदर परिवर्तन गरेको भए हुने रहेछ भन्‍ने दुवै पक्षलाई पर्न सक्छ,” उनले भने ।
अर्थतन्त्रको आकार सानो र बजेट पनि सानो आकारको हुँदा विगत २ दशकलाई हेर्दा पनि ४/५ वर्षमा क्रेडिक क्रन्‍च दोहोरिएको अवस्थाले पनि स्थिर ब्याजदर तोक्ने विषय कति चुनौतीपूर्ण छ भन्‍ने स्पष्‍ट पार्ने ती बैंकरको भनाइ छ । अर्थतन्त्र ठूलो, आर्थिक वृद्धि उच्च बजेटको आकार ठूलो भएको भए यी कुरा ओझेलमा पर्ने तर अहिलेको अवस्था भने यो एउटा जटिल परिक्षा हुने उनले दाबी गरे ।

बैंकहरूलाई अहिले स्थिर ब्याजदर तोक्ने आफैंमा चुनौतीपूर्ण कार्य छ भने अर्कोतर्फ स्थिर ब्याजदर तोक्दा ब्याजदर अन्तर (स्प्रेड रेट) तोकेको सीमाभित्र कायम गर्न अर्को त’गारो आउने बैंकरहरू बताउँछन् । वाणिज्य बैंकहरूले अहिले ४.४ प्रतिशत स्प्रेड रेटमा काम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । गत असार मसान्तमा कृषि विकास बैंकले बाहेक अन्य बैंकले राष्ट्र बैंकले तोकको स्प्रेड रेट कायम गर्न सफल भए पनि साउनको तथ्याङ्‍कले बैंकहरूको औसत स्प्रेड रेट बढेर ४.७ प्रतिशत पुगेको देखाउँछ । बैंकहरूले स्थिर ब्याजदर तोक्दा आधार ब्याजदरमा परिर्वतन हुने ब्याजदरभन्दा बढी तोक्नुपर्ने हुन्छ । जसले गर्दा बैंकहरूलाई स्प्रेड व्यवस्थापन गर्न अर्को स’मस्या उत्पन्‍न हुने अर्का एक बैंकर बताउँछन् । यता नेपाल राष्ट्र बैंक भने ब्याजदरको स्थायित्वका लागि नै स्थिर ब्याजदरको नीति लिएको बताउँछ ।

राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख गुणाकर भट्टले  कुराकानीमा बैंकहरूलाई स्प्रेडको कारणले स्थिर ब्याजदर तोक्ने स’मस्या हुन्छ भने निक्षेपको ब्याजदर पनि बढाउनुपर्ने बताएका थिए । ४/५ वर्षको पनि ब्याजदर पूर्वानुमान गर्न नसक्ने बैंकहरूले कर्जाको विभिन्‍न अफर ल्याएर आधार दरमै कर्जा लगानीमा प्रतिस्पर्धा गर्ने अनि १२ वर्षमै ५ प्रतिशतसम्मले कर्जाको ब्याजदर बढाउन नहुने उनले बताए । स्थिर ब्याजदर तोक्दा बैंकहरूलाई निक्षेपको ब्याजदर पनि बढाउन द’बाब पर्ने र यसले ब्याजदरमा स्थायित्व कायम गर्ने भट्टको दाबी थियो । यसले बैंकहरूलाई लामो अवधिको स्रोत संकलन गर्न समते निर्देश गर्ने उनको भनाइ छ । जसले ब्याजदर स्थायित्वलाई थप मद्दत पुग्‍ने उनी बताउँछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्