Logo

साहित्यकार मोदनाथ प्रश्रिद्वारा पद्मश्री साधना सम्मान पुरस्कार न’लिने घोषणा


२०७७- असोज -१२

काठमाडौँ – साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन्। पुरस्कार दिने निर्णय भएको समाचार सार्वजनिक भएसँगै आफ्नो च’रित्र ह’त्या गर्न केही व्यक्ति र समूह लागेको भन्दै सोमबार उनले पुरस्कार न’लिने घोषणा गरेका हुन्।

‘खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्मश्री साधना सम्मान दिने निर्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु।’ विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यो समाचार प्रकाशित भए पश्चात् अ’प्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो च’रित्र ह’त्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निश्चय गरेको व्यहोरा सूचित गर्दछु।’

यस अगाडि उपन्यास ‘हंस’ का लागि पद्मश्री पुरस्कार पाएका लेखक सञ्जीव उप्रेतीले अर्का लेखक तथा राजनीतिज्ञ प्रश्रितसँगै उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। लेखक उप्रेतीले प्रश्रितमाथि नेत्री शारदा भुसालले यौ’न हिं’साको आरोप लगाएको प्रसंग कोट्याउँदै उनीसँग पुरस्कार लिन नसक्ने बताएका थिए।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०७६ को पद्मश्री पुरस्कार उप्रेती र प्रश्रितलाई दिने घोषणा गरेको थियो। तर उप्रेतीले यौ’न हिं’साको आरोप लागेका लेखकसँग उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने भन्दै आपत्ति जनाएका थिए।

साहित्यकार मोदनाथ प्रश्रिद्वारा पद्मश्री साधना सम्मान पुरस्कार न’लिने घोषणा

तत्कालीन नेकपा एमालेको तर्फबाट पूर्वमन्त्री समेत रहेका प्रश्रित मदन पुरस्कार विजेता लेखकसमेत हुन्। जसमाथि केही वर्षअघि भुसालले पुस्तकमार्फत नै यौ’न हिं’साको आरोप लगाएकी थिइन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्