Logo

अविरल वर्षापछि धनकुटामा पहिरो जाँदा १२ घरमा क्षति: सिंगो फोक्लेन्ड टापुको बस्ती जोखिममा


२०७७- आश्विन- ११

मुन्धुमस्टार डटकम —अविरल वर्षापछि धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरो जाँदा १२ घरमा क्षति पुगेको छ । पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ भने ३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

कोसी राजमार्गको धरान धनकुटा सडक खण्डबाट एक सय मिटर दुरीको ढलाई गरिएको पक्की सडक समेत क्षतिग्रस्त भएको स्थानीय खड्गबहादुर कटुवालले बताए ।

विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएका छन् । फोक्लेन्ड टापु सिंगो बस्तीलाई स्थानान्तरण गर्न जरुरी रहेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । नगरपालिका र स्थानीय प्रशासनसँग सहकार्य गरेर बस्ती स्थानान्तरण गरिने श्रेष्ठको भनाइ छ । उक्त स्थानमा प्रभावित परिवारलाई नेपाल प्रहरी तथा नेपाली सेनाले उद्धार गरेको छ ।

यस्तै धनकुटा नगरपालिका ६ कै खाल्डे गाउँका स्थानीय विरेन्द्र पराजुलीको घरमा क्षति भएको छ । महालक्ष्मी नगरपालिका ५ रामबजारका विजय साहको घर भत्किएको छ । घटनामा ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्