Logo

युनिलिभर नेपालले  शतप्रतिशत लाभांश दिने


युनिलिभर नेपालले आर्थिक वर्ष ०७६/७७ को सञ्चिति मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते शुक्रबार अनलाइन माध्यमबाट सम्पन्‍न भएको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई  शतप्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले आगामी ४५ दिनभित्र साधारण्सभा गरिसक्ने जनाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति पनि तय गरेको छ । साधारणसभा प्रयोजनका लागि अगामी कात्तिक २७ गते बुक कलोज मिति तयर गरिएको कम्पनीले जनाएको छ ।  जसअनुसार आगामी कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्