Logo

कोरोना संक्रमणपछी उपचारको क्रममा भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन


चेन्नई — दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उनी ७४ वर्षका थिए । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।

‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालासुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उनले नै गाएका थिए । ‘हम आपके हैं कोन’ को ‘दिदी तेरा देवर दिवाना’ बालासुब्रमण्यमले गाएको निकै लोकप्रिय गीत मानिन्छ ।

सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् ।

हिन्दी सिनेमामा भने उनले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाएका थिए । गीत थियो, ‘तेरे मेरे बीच में कैसा है ये बन्धन अन्जाना’ ।जुन चलचित्रले अभिनेता कमल हसनलाई नेसनल अवार्ड जिताएको थियो । ‘सागर’ चलचित्रको ‘सच मेरे यार है’ तथा ‘ओ मारिया’‘मैने प्यार किया’ को ‘दिल दिवाना’, ‘रोजा’ को ‘रोजा जानेमन’ लगायतका सदाबहार गीत बालासुब्रमण्यमका लोकप्रिय गीत हुन् ।

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्