स्वतन्त्रताको आवाज जनतालाई बोल्न सिकाउने कांग्रेसको आफ्नै आवाज किन ब’न्द ?
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। फागुनमा महाधिवेशन हुने सम्भावना कम हुँदै गए पनि केहि समयमा महाधिवेशन हुन्छ नै। इमान्दार भएर काम गर्ने हो भने केही समयभित्रै महाधिवेशन गर्न सकिन्छ। लोकतान्त्रिक आ’न्दोलनमा सं’घर्षपूर्ण नेतृत्व गरेका नेताहरु पार्टीको शीर्ष स्थानमा छन्। महाधिवेशन गर्न नेताहरूले चाहेका छैनन् भनेर शं’का गर्नु जरूरी छैन। ढिलाचाँडो महाधिवेशन हुन्छ। तर प्रश्न के हो भने हामी कस्तो महाधिवेशन गर्ने भन्नेमा हो। केही नेतृत्व परिवर्तनले मात्रै महाधिवेशनको जिम्मेवारी सकिन्छरु कि यसले नीतिबारे पनि गहन छलफल गर्नुपर्छ ?
हामी सबैलाई थाहा छ गएको निर्वाचनबाट कांग्रेस क’मजोर भयो। क’मजोर मनोबल बनाएर बसेका देशभरका कार्यकर्तादेखि आम नागरिकमा कांग्रेसप्रति भरोसा बढाउन अब हामी सक्छौं कि सक्दैनौं ? प्रश्न यो पनि छ। कांग्रेस कस्तो थियो, कस्तो छ र भोलि कस्तो हुनेछ भन्ने केही कुरा गरौं। कांग्रेस केलब एउटा पार्टीको नाम हो। तर त्यसमा कोही सभापति, केही थान नेताहरु छन् र उनीहरूले नै कांग्रेस चलाउने हो भन्ने बुझेका छौं भने त्यो ग’लत बुझाइ हो। कांग्रेस सानेपामा फोटो झुण्डाउने र केन्द्रीय समितिको सूचीमा नाम राखनेहरुबाट चलेको र बनेको पार्टी होइन। कांग्रेस सात दशकयता सत्ता, सडक वा सदन जहाँ भए पनि नेपाली राजनीतिको मियो बनेको छ।
हामी सत्तामा हुँदा मात्र होइन सत्ता बाहिर हुँदा पनि कांग्रेसका बैठकदेखि नेताहरुका अभिब्यति सञ्चार माध्यमका हेडलाइनदेखि देशीविदेशी सबैको ध्यान तान्ने हैसियत राखेर बसेको थियो कांग्रेस। आफ्नो जीवनमा कांग्रेसले के गरेको छैन ? ह’तियार सहितको बि’द्रो’ह गर्यौ, शान्तिपूर्ण जनआ’न्दोलन गर्यौ, हिं’साको बाटो समातेर आप्नै कार्यकर्ताको टा’उको का’ट्ने मा’ओवा’दीसँग हात मात्र मिलाएन, उनीहरुलाई निर्वाचनमार्फत् सिंहदरवारमा जाने राज गर्ने राजमार्ग बनाइदियौं। यसबीचमा कति चुनाव हार्यौ, कति जित्यौ। कति सत्तामा बस्यौ, कति सडकमा तर कांग्रेस सधैं देशको मियो बनेर बसेको इतिहास हामीसँग थियो। तर इतिहासमा पाना पल्टाएर वर्तमानको रोटी पाक्ने अवस्था छैन। आज कांग्रेस खाली भएको छ, यस्तो लाग्छ रित्तो गाग्री बोकेर हिडिरहेका छौं, पिधमा कतै थोरै पानी छछल्किरहेको छ।
त्यहि एक मुठी पानी को खाने भनेर हाम्रा नेताहरु वर्तमानमा लिगलिगे दौडको तयारी गरिरहेका छन्। पुर्खाहरुले भरिदिएको गाग्री खाली गरेर बचेको एक गिलास पानी खान दौडिने हाम्रो वर्तमान नेतृत्वबाट के अपेक्षा गर्न सकिन्छ ? महाधिवेशन नजिकिँदै गर्दा चर्चित, बहुचर्चित, ज्ञानी, बुद्धिमानीदेखि सर्वज्ञानीसम्मका दर्जनौ नेताहरु म सभापति बन्न योग्य छु, तयार छु भनिरहेका छन्। तर उनीहरु सभापति बन्ने याग्यता के हो ? सभापति भएपछि के गर्ने, कस्तो कांग्रेस बनाउनेरु अहिले आफैँले मलजल गरेर ठूलो बनाएको पार्टीभित्रको वि’कृति कसले र कसरी समाप्त गर्ने केही योजना छैन। न त कुनै सपना देखिन्छ। सपना छ त केवल सानेपामा आफ्नो फोटो झुण्डाउने। यस्तो वर्तमानबाट हामीले महाधिवेशनमा कस्तो नेतृत्व चयन गर्ने ? त्यसले कांग्रेसलाई के हुन्छ ?
राजनीति रुपले दिशाहिनता, कम्युनिष्टका विचार र सिद्धान्त बोकोर के हामी नेपाली कांग्रेस र नेपालको लोकतान्त्रिक आ’न्दोलनको नेतृत्व गर्न सक्छौरु संघीय संसदमा हामी सरकारबि’रु’द्ध अविश्वासको प्रस्ताव राख्ने हैसियतमा पनि छैनौं। सातवटै प्रदेशमा पनि हामी केवल वि’पक्षी बेञ्चमा मात्र छौ। काम वि’पक्षीको गर्न सकेको अवस्था छैन। सरकारका एकपछि अर्को गरी ठूला का’ण्ड लगातार सार्वजनिक हुँदा हामी प्रधानमन्त्रीसँग हाँसेर बालुवाटारमा ग्रीन टिको चुस्की लिँदै फर्किन्छौ। यस्तो अ’न्धकारपूर्ण वर्तमानको बादल कसरी हटाउने ? हामी वि’पक्षमा हुँदा पनि जनताको घरदैलामा जान नसक्नुको कारण के हो ? केन्द्रदेखि प्रदेश सरकारसम्म भ’ष्ट्राचा’रको चुर्लुम्म डु’ब्दा पनि किन त्यसका बिरुद्ध हामी बोल्न नसकेको ?
स्वतन्त्रताको आवाज नेपाली जनतालाई बोल्न सिकाउने कांग्रेसको आफ्नै आवाज किन ब’न्द भएको छ ? यसको उत्तर कसले खोज्ने, कसले दिने? अ’ख्तियार जस्तो संस्था बालुवाटारबाट चलिरहेका तथ्य सहितमा समाचार हरेक दिन सञ्चार माध्यममा हेडलाइन बनिरहेका छन्। तर यी सबै कुरामा हामी वि’पक्षीहरु मौन छौं, हामी कांग्रेसीहरुको यो मौनता देशका लागि मु’र्दा शान्ति बाहेक केही होइन। जुन देशमा सत्ताका का’ला क’र्तुमा पनि वि’पक्षी दल बोल्दैन त्यो देशमा के लोकतन्त्र छ भन्न मिल्छ ? कम्युनिष्टहरु चुनाव जितेर सत्तामा पुगेका भएपनि उनीहरु चरित्र अझै एक द’लिए अ’धिनायकवाद नै हो। उनीहरुबाट सधैं लोकतान्त्र ख’तरामा छ तर आजको दिनको अर्को सत्य पनि के हो भने नेपालमा आज लोकतन्त्रको ह’त्या गर्ने काम सत्तारुढ कम्युनिष्ट पार्टीभन्दा हामी कांग्रेसीहरुले गरिहेका छौं।
हाम्रो वर्तमान इज्जदार छैन। जनताको नजरमा हामी जनताको आवाज बोल्ने वि’पक्षभन्दा सरकारका कान्छा भाइ जस्ता देखिएका छौं। संसदीय लोकतान्त्रिक ब्यवस्थामा सत्तासँग राष्ट्रिय हितबाहेक अरु बिषयमा कुम जोडर, सत्ताको हिस्सा माग्ने प्रतिपक्ष ता’नाशाह भन्दा पनि ख’राब हो। हाम्रो वर्तमान कुनै हिसावले पनि गैरवपूर्ण छैन। यो वर्तमान कसरी बदल्ने र भविष्यको नयाँ बाटो देखाउनेरु यसमा हामी कसैको ध्यान किन जादैनरु वि’पक्षी भएर पनि यस्तो शीर झुकाएर हिड्नुपर्ने वर्तमानबाट कसरी माथि उठ्ने ?
कस्तो कांग्रेस बनाउने ?
कांग्रेसको केन्द्रीय सभापतिदेखी गाँउगाँउमा भएका साधारण सदस्यसम्मले सबैभन्दा ठूलो वि’द्रोह आफैँसँग गर्नुपर्ने बेला आएको छ। सरकार पाँच वर्षका लागि आएको हो, यो सरकारले जे गर्छ त्यसको परिणमा चुनावमा भोग्ने छ। हामी अझै साढे दुई वर्ष प्रमुख प्र’तिपक्ष हौं। सरकारवि’रु’द्ध बोल्ने हो, लेख्ने हो तर पनि आफूसँग वि’द्रोह गरौं। एकपटक आफ्नै मनभित्रको गंगा स्नान गरेर कांग्रेस र नेपालको लोकतान्त्रिक आ’न्दोलनलाई पवित्र पार्ने संकल्प गरौं। सरकारको चरित्रको कुरा गर्नु अघि आप्नो चरित्र सुधारौं।
महाधिवेशनबाट सानेपामा तस्विर फेर्ने कि सानेपामा ओइलाएर पनि फहराउने प्र’तिपक्षामा बसेको चारतारे झण्डाको गरिमा बढाउनेरु यो कांग्रेसका एक एक सदस्यले मनन गर्नुपर्ने कुरा कुरा हो। हरेक महाधिवेशनमा हामी फलानो दाइले जितेपछि कांग्रेस राम्रो, बलियो र जनताको प्रिय पार्टी हुन्छ भन्ने ठूलो आशासहित भोट हालेर गाँउ घरमा जान्छौ तर तपाइँले भोट हाल्दा आशा गरेको कांग्रेस पाउनु भयो ? पाउनु भएन भने आफूले मतदान गरेको नेतालाई भेटेर, फोन गरेर कहिले सोध्नु भयो ? यसपटक बेला आएको छ, गाँउ अधिवेशनदेखि केन्द्रीय सभापतिलाई प्रश्न गर्नस्।
सोध्नुहोस् कांग्रेस किन क’मजोर र नि’रीह बनाउनु भयो भनेर ? अरु उम्मेद्वरहरुलाई पनि प्रश्न गर्नुस् तपाइँले जितेपछि बनाउने कांग्रेसको रोडम्याप दिनुस् भनेर ? सबैकुरा नेताले मात्र बि’गारेका हुन कि हाम्रो पनि त्यसमा केहि हिस्सा छ ? आफैँलाई पनि प्रश्न गरौं। मत दिने भनेको मन दिने हो। तपाइँ हामीले महाधिवेशनको प्रक्रियामा मत मनले दियौं कि मत र मन समेत बेचेर गयौं, यदि मन र मत समेत बेचेर जानु भएको हो भने कांग्रेसको बर्तमान अवस्थाको सबैभन्दा ठूलो कारण तपाइँ हामी पनि हो। हामी रैतीलाई जनता, नागरिक बनाउने पार्टीका कार्यकर्ता हौं, राजा महामारा हटयौं तर हामीले आप्नै नेतालाई आफैँले हटाएका महाराजा बस्ने ठाँउमा पो राख्यौं कि ?
नेता बि’ग्रिएका हुन कि हामीले बि’गारेका हौं ? केन्द्रका ठूला नेता जिल्लामा जाँदा खोजिखोजि होटेलका डिलक्स, स्वीट रुम खोज्ने को होरु कुनै दिन हामीले भन्यौ नेताजी होटलेमा होइन गाउँमा जाँऔं, मेरो घरमा बसौं, गुन्द्रुकको झोलसँग भात खाउँला। अनि घरमा लैनो भैंसी छ दूध पनि खाउँला भनेर। समाजवादको सिद्धान्त बोकेको पार्टीका नेतालाई होटलमा बिलासी कोठामा राखेर बिदेशी रक्सीको चुस्की लगाने कार्यकर्तालाई नेताले कांग्रेस बि’गारे भन्ने नैतिक अधिकार छैन, हुँदैन। त्यसैले महाधिवेशनबाट कांग्रेस साँच्चै सुर्धाने हो भने सभापति वा महामन्त्री एक दुई जना राम्रो भएर हुँदैन।हरेक कांग्रेसजनले आफैँभित्र बि’द्रोह गरेर आफैलाई प्रश्न गर्ने र अनि नेतालाई प्रश्न गर्ने नेताजी कस्तो थियो कांग्रेस, कस्तो भयो अनि अब कस्तो कांग्रेस बनाउनेरु तपाईं यहि प्रश्नले कांग्रेस साँच्चै कांग्रेस बन्ने छ।



