Logo

निक्षेप घट्नेमा स्ट्यान्डर्ड चाटर्ड र राष्ट्रिय वाणिज्य बैंक अगाडि


को’भिड-१९ का कारण सबै व्यापार व्यवसाय ठ’प्प हुँदा बैंकहरुले पनि व्यवसाय विस्तार गर्न सकेका छैनन् । गत आर्थिक वर्षको चैतको पहिलो सातासम्म व्यापार व्यवसाय सुचारु हुँदा बैंकहरुले पनि सोही अनुसार व्यवसाय विस्तार गरेका थिए । तर चैत ११ गतेबाट देशव्यापी रुपमा भएको ३ महिनाभन्दा लामो लकडाउन र त्यसपछि पनि विभिन्न चरणमा मुख्य सहरसहित अधिकांश जिल्लामा जारी नि’षेधाज्ञाले गर्दा आर्थिक क्रियाकलप हुन सकेनन् । जसको प्रभाव बैंकहरुको व्यवसायमा परेको छ । चैतदेखि व्यवसाय ब’न्द हुँदा व्यवसायीले कर्जाको सावाँ र ब्याज भुक्तानी गर्न नसक्दा गत आर्थिक वर्षको चौथौ त्रैमाससमा बैंकहरुले कुल लगानीको २० प्रतिशतभन्दा बढी कर्जा असुल गर्न सकेनन् ।

वैशाखपछि बैंकहरुले एकातिर नयाँ कर्जा लगानी गर्न सकेका छैनन् । अर्कोतर्फ असुल हुनुपर्ने ब्याज पनि असुल गर्न सकेका छैनन् । जसले गर्दा कर्जा जो’खिमको लागि प्रोभिजन बढाउँदा गत आर्थिक वर्षमा बैंकहरुको नाफामा नै सं’कुचन आएको छ । चालु आर्थिक वर्षको दुई महिना बितिसकेको छ । तर पनि बैंकहरुले व्यवसाय बढाउन सकेका देखिँदैनन् । आर्थिक वर्षको २ महिनाभन्दा बढी समय बितिसक्दा पनि वाणिज्य बैंकहरुको कर्जा लगानी २५ अर्बले मात्रै विस्तर भएको छ । यता निक्षेप पनि २२ अर्ब १९ करोडले मात्रै भएको देखिन्छ । गत असार मसान्तमा २८ खर्ब ८८ अर्ब रहेको वाणिज्य बैंकहरुको अजोज २ गते शुक्रबार बढेर २९ खर्ब १३ अर्ब पुगेको छ । यस्तै  निक्षेप संकलन ३४ खर्ब ९४ अर्बबाट ३५ खर्ब १६ अर्ब पुगेको छ ।

चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा बैंकहरुको निक्षेप वृद्धिदर उस्तै देखिए पनि कर्जाको वृद्धिमा भने ठूलो अन्तर रहेको छ । गत वर्ष यहि अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले मात्रै बढेको थियो जबकी कर्जा लगानी भने १ खर्ब ६४ अर्बले बढेको छ । गत आर्थिक वर्षमा १६४ अर्बले कर्जा विस्तार भएको समयमा यो वर्ष बैंकहरुले जम्मा २५ अर्बले मात्रै कर्जा बढाएका छन् । यसमा पनि चालु आर्थिक वर्षमा नै ५-६ अर्ब निक्षेप र कर्जा रहेको कञ्चन विकास बैंक एनएमबीमा गाभिँदा उसको निक्षेप र कर्जा समेत जोडिन पुगेको छ । विगतमा पनि आर्थिक वर्षको अन्त्यमा सरकारले पुँजीगत खर्च बढाउँदा आर्थिक वर्षको अन्तिम त्रैमासमा कर्जाको तुलानमा निक्षेप धेरै बढ्ने र आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप सामान्य मात्रे वृद्धि हुँदा कर्जा भने ठूलो मात्रामा विस्तार हुने गदर्थ्यो ।

जुन गत आर्थिको वर्षको प्रथम त्रैमासको तथ्यांकले पनि देखाउँछ ।  तर चालु आर्थिक वर्षमा भने असोज २ गतेसम्म पनि कर्जा लगानी बढ्न सकेको छैन । तर निक्षेप भने विगतकै जस्तो सामान्य बढेको देखिन्छ । जसले गर्दा बैंकहरु अधिक तरलताको मारमा रहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा बैंकहरुबीच ग्राहक खोसाखोसको अवस्था छ । जसले गर्दा केही बैंकहरुमा कर्जा विस्तार दुई महिनामा नै  ह्यातै वृद्धि हुँदा तुलनात्मक रुपमा सिस्टममा चल्ने बैंकको भने कर्जा लगानी घटेको छ । राष्ट्र बैंकले कर्जा स्वाप गर्दा लाग्‍ने शुल्क घटाएर ०.१५ प्रतिशत कायम गर्दा सिस्टममा चल्ने बैंकहरुको कर्जा घटेको बैंकर्सहरु बताउँछन् । सबैभन्दा धेरै कर्जा नेपाल एसबीआई बैंकको घटेको छ भने एनआईसी एशिया र प्रभु बैंक भने कर्जा बढाउनेमा अग्रस्थानमा देखिएका छन् ।

निक्षेप र कर्जा लगानी दुबैमा एनआईसी एशिया बैंक आक्रमक बन्दा स्ट्यान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्यको भने निक्षेप घटेको छ । एनआईसी एशिया बैंकले २ महिनामा नै  २३ अर्ब २० करोडले निक्षेप र १९ अर्ब ११ करोडले कर्जा बढाएका छ । त्यस्तै प्रभु बैंकले ७ अर्ब ९८ करोडले कर्जा लगानी बढाएको छ । बैंकको निक्षेप संकलन भने ६३ करोडले घटेको छ । त्यस्तै चालु आर्थिक वर्षमा कञ्‍चन विकास बैंकलाई एक्वायर गरेको एनएमबी बैंकले ९ अर्ब १७ करोडले कर्जा र ५ अर्ब २१ करोडले निक्षेप बढाएको छ । यस्तै सेञ्चुरी कमर्सियल बैंकले ४ अर्ब १६ करोड, सिभिल बैंकले २ अर्ब १८ करोड, मेगा बैंकले ३ अर्ब ६ करोड, नबिल बैंकल ५ अर्ब ९८ करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब ३ करोडले कर्जा बढाउन सफल भएका छन् । कर्जा लगानी घट्ने बैंकहरुमा भने सरकारी लगानीका कृषि विकास र राष्ट्रिय वाणिज बैंक सँगै एभरेष्ट, कुमारी, नेपाल एसबीआई, हिमालयन, ग्लोबल आईएमई, नेपाल बंगलादेश तथा लक्ष्मी बैंकलगायत रहेका छन् ।

सबैभन्दा धेरै कर्ज नेपाल एसबीआई बैंकको ६ अर्ब २१ करोडले घटेको छ । कुमारी बैंकको ४ अर्ब भन्दा बढी तथा हिमालयन र एभरेष्टको ३ अर्बभन्दा बढीले घटेको छ । यता निक्षेप बढाउनेमा सिभिल ७ अर्ब २६ करोड, एभरेष्ट ९ अर्ब १६ करोड, हिमालयन ९ अर्ब ८४ करोड, ग्लोबल आईएमई ४ अर्ब ४२ करोड, सेञ्चुरी कमर्सियल ८ अर्ब ४२ करोड, सिटिजन्स बैंक ३ अर्ब  ५० करोड, नेपाल इन्भेष्मेन्ट बैंक १५ अर्ब  ८० करोड  रहेका छन्  । यस्तै  स्टयान्डर्ड चाटर्ड बैंकको भने सबैभन्दा धेरै १४ अर्ब ४१ करोडले निक्षेप घटेको छ । नबिल बैंकको ६ अर्ब  ३५ करोड, राष्ट्रिय वाणिज्य बैंकको १२ अर्ब ४३ करोड, सानिमा बैंकको ३ अर्ब ४९ करोड, प्राइम कमर्सियल बैंकको ३ अर्ब ३३ करोड, नेपाल बंगलादेश बैंकको ३ अर्ब ८७ करोड, मेगा बैंक र नेपाल बैंकको समान ६ अर्ब ३६ करोड र कृषि विकास बैंकको ५ अर्ब  ७२ करोडले निक्षेप घटेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्