नेपालीहरूले फेरि एक पटक आत्मबल उच्च बनाएको हेर्न चाहन्छु : राजकुमार ह्यारी
बेलायतका पूर्वराजकुमार ह्यारीले ‘वि’नाशकारी’ को’रोनाभा’इरसको म’हामा’रीका बावजुद् पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै तारिफ गरेका छन्। ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडिओमा ३६ वर्षीय ह्यारीले नेपालीहरूको तारिफ गरेका हुन्। यो रिले दौडबाट उठेको रकम अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टलाई दिइनेछ।
यी दुई संस्थाले विश्वव्यापी स्वास्थ्य सं’कटको बेला सं’घर्ष गरिरहेका नेपालीहरूको लागि सहयोग गर्न मिसन जारी गरेको हो। ह्यारीले को’रोना महामा’री र सन् २०१५ को भू’कम्पलाई जोडेर नेपालीहरू एकअर्काको दु:’खलाई आत्मसात् गर्ने स्वभावका भएको भन्दै तारिफ गरेका हुन्। सन् २०१५ को भूकम्पमा आठ हजार बढी नेपालीले ज्या’न गु’माएका थिए भने कयौं घरविही’न भएका थिए।
‘करिब ५ वर्षअघि, मैले नेपालका विभिन्न समुदायमा भ्रमण गर्न, परिवारहरूलाई भेट्न र राज्यले भू’कम्पपछि कसरी पुनर्निर्माणको काम गरिरहेको छ भन्ने आफ्नै आँखाले देखेको थिएँ। भवन, मन्दिर, घर र सम्पूर्ण गाउँ पूर्ण रूपमा ध्व’स्त भएको थियो। तर यो स्पष्ट थियो कि नेपालीहरूले सामना गर्नु परेको वि’पद्का बावजुद् पनि उनीहरूको आत्मबल र फेरि पुरानै लयमा फर्किने शक्ति कहिले कमजोर भएन।
उनीहरू एकअर्काको हेरचाह गर्थे र आपसमा दयाको भाव थियो,’ भिडिओमा ह्यारीले भनेका छन्। अहिले विश्वलाई नै को’रोना भा’इरसको महामा’री चु’नौती बनिरहेको बेला नेपालीहरूले फेरि एक पटक आत्मबल उच्च बनाएको आफूले हेर्न चाहेको बताएका थिए। अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टले नेपालीमा पिपिई, हात धुने सामग्री र सार्वजनिक शिक्षामा सहयोग गर्नको लागि आर्थिक सहयोग जुटाइरहेका छन्। ‘यो क’ठिन परिस्थितिमा पनि उनीहरू भा’इरसलाई परास्त गर्न र जीवन जोगाउन हातेमालो गरिरहेका छन्,’ राजकुमार ह्यारीले भने।
उनले उक्त भिडिओमा ट्रेल वाकर रिले दौडमा सहभागी हुनेलाई धन्यवादसमेत दिएका थिए। यो रिले दौड को’रोनाभा’इरस महामा’रीको बीच भर्चुअल रूपमै हुने बताइएको छ। मेडल लिन र ट्रेलवाकर हिरो बन्न २७ सेप्टेम्बर सम्ममा समूहमा १०० किलोमिटर दौडिनु पर्नेछ भने ३ सय ५० पाउन्ड उठाउनु पर्नेछ।



