Logo

सौराहाको होटेलहरु खुल्ने तयारीमा


चितवनको सौराहामा रहेका होटेल खुल्ने तयारीमा छन् । गत चैत ११ गतेदेखि सुरु भएको ल’कडाउनले ब’न्द रहेका चितवन सौराहाका होटेल तथा रेस्टुरेन्ट खोल्ने तयारीमा रहेको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले को’भिड-१९ सं’क्रमणको जो’खिम न्यूनीकरण गरी होटेल सञ्चालन गर्न आन्तरिक तयारी भइरहेको बताएका छन् ।नेपालमा को’रोना भा’इरसको सं’क्रमण बढ्दै गएपछि सरकारले गत चैत ११ गतेयता लकडाउन गर्दै आएको थियो । पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक र बाह्‍य उडानसमेत नियमित भएका छन् । जसका कारण फेरि पनि पर्यटन क्षेत्र जुर्मुराउने तरखरमा छ ।

चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । त्यसैले यहाँका होटेल व्यवसायीहरुले को’भिड १९ सं’क्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटेल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय ब’न्द भएकाले सरसफाइ र मर्मत गरेर होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटेल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । तत्काल पर्यटक आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटेल नियमित गर्न लागिएको उनले बताए । चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्‍नेसमेत भट्टराईको भनाइ छ ।

बाह्‍य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकाले केही आन्तरिक पर्यटक आउने आशमा सौराहाका व्यवसायी छन् । व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको बुझाइ छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटेल सञ्चालन गर्न चालु पुँजीको अभाव भएको पनि व्यवासयीहरु बताउँछन् । होटेल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटेलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफूहरु व्यस्त रहेको बताए । उनले होटेल सुरु गर्न कर्मचारीहरुलाई १५/१५ दिन गरी मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएकोसमेत बताए ।

चितवनको सौराहामा करिब दुई सयको संख्यामा होटेल तथा रेस्टुरेन्टहरु छन् । त्यस्तै ५५ सयजनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटेल तथा रेस्टुरेन्टहरु पूर्ण रुपमा पर्यटनमा आधारित छन् । को’भिडका कारण तत्काल बाह्‍य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटेल तथा रेस्टुरेन्ट नियमित गर्न लागिएको व्यवसायीहरु बताउँछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्