ग’रिब तथा वि’पन्न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क
मुन्धुमस्टार
कान्ति बाल अस्पतालले ग’रिब तथा वि’पन्न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम ग’रिब, वि’पन्न तथा साथमा कोही नभएका बि’रामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।
आकस्मिक सेवा नि:शुल्क गराउने कार्यविधिबमोजिम ग’रिब, वि’पन्न साथमा कोही नभएका वन तेस्रो व्यक्ति ल्याएका परेका बालबालिकाहरुलाई प्रारम्भिक चरणको आकस्मिक सेवा नि:शुल्क दिइने सूचनामा उल्लेख छ । कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्या’न गु’माउने अवस्था आउन नदिन यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
असोज १ गते मात्र राष्ट्रिय ट्रमा सेन्टरले पनि वि’पन्नका लागि आकस्मिक सेवा नि:शुल्क गरेको थियो ।



