साइकोलोजिष्ट भन्छन ‘फेसबुकलाई मनोसामाजिक स’मस्याको कारण नभई असल साथी वा साधन बनाउ’
सूचना प्रविधिको यो युगमा फेसबुकलगायत सामाजिक सञ्जाल हाम्रो जीवनका अभिन्न अंगजस्तै बनेका छन्। हामीबीच सबभन्दा लोकप्रिय बनेको फेसबुकले हाम्रो जीवन, अनुभव र स्मृतिलाई रंगीन बनाउन मद्दत गरेको छ। हामी संसारको कुनै पनि कुनामा रहेका आफ्ना व्यक्तिहरूको घ’टनाक्रमसँग जानकार रहन सक्छौं। उनीहरूसँग निकट रहन सक्छौं। सामाजिक खबरदारीमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ।
भ्र’ष्टाचार वा अन्य ग’लत क्रियाकलापको बारेमा आम नागरिकले गरेका पोष्टहरू प्रतिष्ठित टेलिभिजन वा मिडिया हाउसका सामग्रीभन्दा बढी प्रभावकारी बन्ने गरेका प्रशस्त उदाहरण छन्। यस्ता अनेक सकारात्मक प्रभाव हुँदाहुँदै पनि यसको हेलचेक्रयाइँपूर्ण एवम् बढी प्रयोग भने मा’नसिक स्वास्थ्यको लागि चि’न्ताको विषय बन्दै गइहेको छ।फेसबुकलाई मनोसामाजिक स’मस्याको कारण नभई असल साथी वा साधन बनाउनको लागि केही विषयहरूमा चनाखो रहनु आवश्यक हुन्छ।
स्वयम् प्रतिसन्देह बढाउन सक्छ
फेसबुकमा प्रायः राम्रा, महत्वपूर्ण एवम् खुसीका क्षण पोष्ट गर्ने स्वभाव मानिसहरूको हुन्छ। राम्रोसँग नचिनेको फेसबुक साथीहरूका बारम्बारका त्यस्ता सम्पादित एवम् बढाइचढाइ गरिएका पोस्टको कारण व्यक्तिमा अरुको जीवनलाई बढी सफल एवम् सुखद् देख्ने साथै कमजोरी, स’मस्या र सं’घर्ष केवल आफूमा रहेको जस्तो लाग्ने हुन सक्ने अध्ययनले देखाएको छ।
मनोवैज्ञानिक हिसाबले साथी वा समान लाग्ने समूहसँग आफूलाई तुलना गर्दै आफूप्रतिको धारणा बनाउने मानिसहरूको स्वभाव हुने गर्छ। पहिले यस्तो तुलना भइरहने समूह अत्यन्त सानो र सीमित हुने गर्दथ्यो। फेसबुकको कारणले त्यसरी तुलना गरिने समूह ठूलो बन्न पुगेको छ। यसले गर्दा आफू अरुभन्दा क’मजोर र पछि परेको आभाष बारम्बार हुने परिस्थिति बन्न सक्छ। यो, अ’पर्याप्तता एवम् अ’सन्तुष्टिको भावनामार्फत क’मजोर आत्मसम्मानको कारण बन्न पुग्छ, जुन डि’प्रेसनको प्रमुख आधार हो।
सामाजिक इ’र्श्या कारण बन्न सक्छ
विश्वविद्यालयमा अध्ययन गर्ने सयौं विद्यार्थीहरूको अध्ययन अनुसार फेसबुक प्रयोग बढी गर्ने व्यक्तिहरूमा यो दुनियाँ निष्पक्ष छैन भन्ने सोच विकास हुने गरेको पाइएको छ। अन्य अध्ययनहरूका अनुसार खास गरी किशोर-किशोरी र युवाहरूमा अरुको सुन्दरता, शैक्षिक एवम् व्यावसायिक सफलता साथै सम्पन्नता झल्काउने विविध विषयले सामाजिक इ’र्श्याको भावना बढाउने गरेको पाइएको छ। जुन मानसिक स्वास्थ्यको लागि अत्यन्त हा’निकारक हुन्छ।
उनीहरूमा पोष्टको लाइक, कमेन्टलाई लिएर समेत अनावश्यक प्रतिस्पर्धा हुने, न’कारात्मक वैयक्तिक छवि बन्ने एवम् त्यसकै कारण विविध असहज स्थिति बन्न सक्ने समेत सम्भावना रहन्छ। फेसबुक प्रयोगकर्तालाई लाइक, कमेन्टको सामाजिक द’बाब कम गर्न एवम् यस्ता प्रतिक्रियालाई भन्दा पोष्टको गुणस्तरलाई बढावा दिन भन्दै फेसबुक पोष्टमा लाइक कमेन्ट नदेखिने प्रणाली अष्ट्रेलिया लगायतका देशमा गत वर्ष परीक्षण नै गरिएको थियो।
डि’प्रेसन बढाउने जीवनशैलीको आधार बन्न सक्छ
अनुसन्धानकर्ताहरूले डि’प्रेसन धेरै हदसम्म जीवनशैलीमा आधारित स’मस्या भएको समेत निष्कर्षमा पुगेका छन्। उनीहरूका अनुसार व्यायामको कमी, अपर्याप्त निद्रा, न’कारात्मक सोच, सूर्यको प्रकाश एवम् प्रकृतिबाट टाढा हुनु साथै ए’क्लोपन डि’प्रेसन बढाउने जीवनशैली हुन्। फेसबुक बढी प्रयोग गर्ने व्यक्तिहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस्तो जीवनशैली अङ्गाल्न पुग्छन्।
यसले डि’प्रेसन लगायतका मनोसामाजिक स’मस्या बढाउँछ। कतिपयले फेसबुक वा अन्य सामाजिक सञ्जालमा अरुसँग सम्पर्कमा रहनुलाई नै सामाजिक जीवनको उपाय मान्ने गर्दछन्। तर, अध्ययनहरूका अनुसार यस्ता अन्तरक्रियाहरू भावनात्मक एवम् अन्य हिसाबले अत्यन्त सतही हुने हुँदा परम्परागत प्रत्यक्ष सानिध्यताको तुलनामा मानसिक स्वास्थ्यको लागि कम लाभदायक हुन्छन्।
प्रेम एवम् दाम्पत्यमा त’नाव बढाउन सक्छ
कतिपय अवस्थामा पुराना असहज सम्बन्ध, असफल प्रेम वा यस्ता प्रकारका सम्बन्धहरू बिर्सिनु उपयुक्त हुन्छ। तर, फेसबुकमा बन्न जाने साथीहरूको सर्कलको कारणले यो विषय गाह्रो बन्न पुग्छ। अध्ययनहरूका अनुसार फेसबुकमा अत्यधिक जानकारी सेयर गर्नु साथै पोष्ट एवम् फोटोहरूमा पहिलेको प्रेमीहरू ट्याग हुनु सम्बन्धमा त’नावको प्रमुख स्रोत पाइएको छ। यसैगरी, फेसबुकमा ठूलो संख्यामा विपरीत लिङ्गीहरूसँग सम्पर्क रहिरहने हुनाले धेरै प्रेमी र दम्पतीहरूमा प्रतिस्पर्धा एवम् असुरक्षाको भावना बढेको पाइएको छ।
विश्वभरि नै दम्पतीहरूबीचको झ’गडाको एक प्रमुख कारण श्रीमान् वा श्रीमतीले आफ्नो लागि समय र ध्यान दिँदैन भन्ने हुने गर्दछ। फेसबुकले यो गुनासोको सम्भावना अत्यन्त बढाइदिएको छ। स्क्रिनको बढी प्रयोग र यसको नीलो प्रकाश अनिद्रा र थकान बढाउने साथै ऊर्जा एवम् यौ’न अभिरुची कम गर्ने एक प्रमुख कारण मानिएको छ। गोपनीयता कायम राख्न गाह्रो बनाउँछ अरुले के सोच्लान् वा के भन्लान् भन्ने डर मानव प्रजातिको एक प्रमुख डरमा पर्दछ। हिन्दीमा यसको लागि ‘सबसे बडा रो’ग क्या कहेंगे लोग’ भन्ने टुक्का नै प्रचलित छ। निजी जिवनका गोप्य राख्न चाहेका कतिपय विषय गोप्य राख्न फेसबुकले कठिन बनाइदिएको छ।
उदाहरणको लागि, जन्मोत्सव, पास्नी, ब्रतबन्ध, विवाहजस्ता अवसरहरूमा नचाहेरै पनि देखाउनको लागि फजुल खर्च गर्नुपर्ने बाध्यता बढ्दै गएको छ। कार्यस्थलहरूमा हाकिमदेखि कारिन्दासम्म हरेकका स्वाभाविक जीवनका पक्षहरू सार्वजनिक गफका हल्का विषय बन्ने सम्भावना बढेको छ। अर्कोतर्फ, इज्जतको डर देखाई शोषण, ब्ल्याकमेल वा अनुचित लाभ लिने गरिएका दर्दनाक आपराधिक घटनाका प्रशस्त उदाहरणहरू भेटिन्छन्।
देश पूर्णरुपमा अनलाइन कार्य प्रणालीमा गएको अवस्थामा व्यक्तिको पहिचान सुनिश्चित गर्नको लागि प्रयोग गरिने जन्ममिति, विशेष दिन लगायतका गोप्य जानकरीहरू विचार नगरी फेसबुकमा सार्वजनिक गर्ने कार्यले नेपालमा पनि भविश्यमा पहिचानको दुरुपयोग हुने सम्भावनालाई अत्यन्त बढाएको छ। विकसित मुलुकहरूमा जन्ममिति फेसबुकमा सार्वजनिकीकरणको त परको कुरा बायोडाटामा समेत नलेख्ने प्रचलन छ।
नियमनबिनाका सामग्री गलत सोचको कारण बन्न सक्छन्
अहिलेको युगमा जानकारी सबभन्दा महत्वपूर्ण सम्पत्ति मानिन्छ। तर, चर्चामा आउनकै लागि फेसबुक लगायतका सोसल मिडियामा प्रयोग गरिने आधिकारिकबिनाका सनसनीपूर्ण खबर धेरैको लागि त’नावको स्रोत बन्न सक्छन्। संसारलाई बुझ्ने चरणमा रहेका र सही गलत गलत छुट्याउन सक्षम नभइसकेका किशोर-किशोरीको लागि फेसबुकका नियमनबिनाका हा’निकारक सामग्रीले जीवन र संसारप्रतिको दृष्टिकोण नै अ’वास्तविक बन्न जाने डर हुन्छ।
सांसारिक विषयमा अवास्तविक र अ’स्वाभाविक ड’र नै एन्जाइटी लगायतका प्रमुख मानसिक समस्याको जड हो। कतिपय वयस्कमा समेत अ’संवेदनशील पोष्टहरूको कारण दु’र्घटनाको भन्दा पनि वि’भत्स समाचारको विषय बनिन्छ कि भन्ने डर बढी हुने गरेको समेत पाइएको छ।
एडिक्सन वा लत लाग्न सक्छ
कतिपय व्यक्तिहरूमा मोबाइल वा कम्पयुटर प्रयोग गरिरहेको बेला बारम्बार फेसबुक स्क्रोल गर्न पुग्ने र कैयौं मिनेटपछि मात्र आफूले नचाहिकनै त्यसो गर्न पुगेको बोध हुने गरेको पाइएको छ। धेरैलाई फेसबुक प्रयोग गर्ने समय सीमित राख्न चाहँदा चाहँदै पनि कठिन हुने गर्दछ। यसैगरी, अन्य कतिपयमा तनावबाट ध्यान मोड्न फेसबुक चलाउने बानी हुन्छ। तत्कालको लागि यसले राम्रो अनुभव पनि गराउँछ। तर, यो स’मस्या समाधानको सक्रिय विधि नभई स’मस्या पन्छाउने उपाय भएकोले दीर्घकालीन हिसाबले स’मस्याजनक हुन्छ।
अनुसन्धानकर्ताहरूले फेसबुक बढी प्रयोग गर्नेहरूको मष्तिष्कको ‘एमआरआई’मा अन्य दु’र्व्यसनीहरूमा जस्तै किसिमका परिवर्तनहरु देखिएको दाबी गरेका छन्। जीवनका अन्य पक्षहरूलाई बेवास्ता गर्ने एवम् परिवार र प्रत्यक्ष भेटघाट भएका साथीहरूलाई समेत महत्व कम दिँदै जानुले समेत यो एक ए’डिक्सन वा मानसिक स’मस्या बन्न सक्ने विज्ञको चिन्ता छ।
फेसबुकले नै यसको बढी प्रयोगले मानसिक स्वास्थ्यमा हानी गर्ने कुरालाई स्वीकार गरी आफ्नो एपमा फेसबुक प्रयोगको समय हेर्न मिल्ने एवम् त्यसमा सीमा कायम गर्न सकिने सहज फिचरहरू समेत ल्याएको छ। सामान्य लाग्ने यस्ता उपायहरूको प्रयोग मानसिक स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त लाभदायक हुन सक्छन्।
(लेखक क्लिनिकल साइकोलोजिष्ट हुन्)



