Logo

अब विद्युतीय कार बाइकको खर्चमा चढ्न सकिने


विद्युतीय सवारी प्रयोग निकै सस्तो मानिन्छ । हा’निकारक उत्सर्जन कम हुने भएकाले पनि विद्युतीय सवारी वातावारणीय दृष्टिकोणमा राम्रो मानिन्छ । तर, विद्युतीय कारको लागतका विषयमा बेलाबेला चर्चा हुने गरेको छ । किनकी राज्यले प्राथमिकतामा राखेपनि भन्सारदर बढाइदिँदा म’हँगो हुने भएको हो । तर, अब मोटरसाइकल खर्चमा विद्युतीय कार चढ्न सकिने भएको छ । दिगोको नयाँ कार चढ्नुको खर्च मोटरसाइकल प्रयोग गर्दा हुने खर्च बराबर हुने कम्पनीले दाबी गरेको छ ।

नेपालमा विद्युतीय बाहनको क्रमिक विकासतर्फ अर्को कदम अघि बढाएको दाबी गर्दै दिगोले आफ्नो विद्युतीय सिटी कार दिगो ई ८ को बुकिङ सुरु गरेको छ । दिगो नेपालमा आजको मितिको सबैभन्दा प्रतिस्पर्धी मूल्यको विद्युतीय ह्याचब्याक रहेको कम्पनीको दाबी छ । दिगो ई८ को प्रविधि र कार्यसम्पादनका आधारमा यसलाई साँच्चै सस्तो मानिएको छ ।

कसरी ?

दिगो ई ८ को १५.२ किलोवाट आवर लिथियम-आइरन-फस्फेट ब्याट्रीले फुल चार्ज गरेपछि नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ । कारमा थ्री फेज एसिन्क्रोनस मोटर छ, जसले १८० एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ । सामान्य ड्राइभिङ कन्डिसनमा दिगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुन्छ । यो हिसाब प्रतिकिलोमिटर पेट्रोल खर्च र बिजुली खर्चको तुलना गरेर निकालेको हो ।

यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । दिगो ई८ को ‘हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । कारले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।

कस्तो छ दिगो ई ८ ?

दिगो ई ८ मा आधुनिक र ताजा डिजाइन देखिन्छ, जसले तत्काल ध्यान आकर्षित गराउनुका साथै दीर्घकालीन प्रभाव छाड्छ । यो वातावरणमैत्री नेपाली ग्राहकका लागि आधुनिक, नयाँपनको प्रयोगमा अग्रणी र नवोदित कार हो । दिगो ई८ नवीन डिजाइन र उन्नत प्रविधिको मिश्रण हो, जसले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्छ ।नयाँपन प्रयोगमा अग्रणी र आधुनिक डिजाइनको दिगो ई८ निकै चित्ताकर्षक छ । ई८ मा रातिको समयमा उत्तम खालको प्रकाश दिने ठूला हेडल्याम्प र दिउँसोको लागि शानदार एलइडी ल्याम्प छन् ।

शानदार ड्युअल–टोन डाइमन्ड कल अलोय ह्विल र बडी प्यानलको फुर्तिलो क्रिजले गाडीलाई आफ्नो सेग्मेन्टमा अग्रणी, स्पोर्टी र आधुनिक स्वरुप दिएको छ । अग्लो बोनेटले ई८ लाई अझ साहसी मुद्रा प्रदान गर्नुका साथै ड्राइभिङमा भरोसा प्रदान गर्छ । ई८ को अगाडिपट्टि कठिन मौसमी अवस्थामा पनि स्पष्ट प्रकाश दिने फगल्याम्प छन् । यो फिचर यस सेग्मेन्टका कारमा पहिलोपटक आएको हो । अगाडिको बम्परले दुवैतिर फराकिलो सेन्टर एयर-ड्याम र एयर डक्टको भल्को दिन्छ, जसले गाडीलाई चौडा रुप दिएको छ । पछाडिपट्टि मजबुत बम्पर र एलइडी टेललाइट छन् ।

आधुनिक, कुशल र मनोहर बनावटले ई८ भित्र पस्दा ‘वाह !’ भन्ने बनाउँछ । ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिटसहितको पूर्ण नियन्त्रण व्यवस्था बुझ्न र प्रयोग गर्न सजिला छन् । यसको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, परिष्कृत स्पर्श अनुभूति र प्रिमियम उपकरणको प्रयोगले भविष्यको प्रिमियम वातावरणमा रहेको अनुभूति दिलाउँछ ।स्पोर्ट र इको ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसनले ड्राइभिङ अनुभवलाई सहज र आनन्दित बनाउँछ । सहरी यात्राका लागि यसको स्वचालित गेयर पर्याप्त छ । यसमा न त गेयर बदलिरहनुपर्ने झन्झट छ न कम गतिमा कार अड्किने सम्भावना नै ।

पोर्सबाट प्रेरित अटोमेटिक ट्रान्समिसन गेयर लिभरले ई८ को भित्री परिवेशलाई अझ मोहक बनाएको छ । यसको रियर क्यामेराले पछाडिको नदेखिने भाग (ब्लाइन्ड स्पट) लाई कम गराउँदै गाडी ब्याक गर्दा ठोक्किने सम्भावना न्यून बनाएको छ । चेप्टो स्टेरिङ ह्विल र आरामदायी लेगरुम÷हेडरुमले प्रवेश र गमनलाई आरामदायी बनाउँछ । यसमा कुशलतापूर्वक डिजाइन गरिएको १८ स्टोरेज स्पेस छ, जुन यात्राका क्रममा सरसामान तथा अति आवश्यक वस्तु राख्न पर्याप्त हुन्छ ।

पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जर, सिग्रेट लाइट, साइड इन्डिकेटरसहितको इलेक्ट्रिक ओआरभिएम त यसमा नहुने कुरै भएन । समग्रमा यसको भित्री भाग निकै व्यवहारिक छ, जसले यसका निकै महँगा प्रतिस्पर्धी गाडीमा रहेका सबै फिचरहरु समेटेको छ । दिगोका सीईओ हेमन्त पुरानिकका अनुसार नेपालको अटो उद्योगमा नयाँ अध्याय लेख्न सुरु भएको छ । दिगो ई८ को लक्ष्य यात्राको लागि आरामदायी तर मोटरसाइकलको भन्दा कम सञ्चालन खर्चमा गुड्ने कार दिँदै नेपालको अटो उद्योगको नियमलाई पुनः परिभाषित र पुनस्र्थापित गर्नु रहेको उनको दाबी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्