Logo

चन्द्रागिरि केबलकार भोलिबाट सञ्चालनमा


को’रोनाको महामा’रीले झण्डै ६ महिनादेखि ब’न्द रहेको चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ। सरकारले असोज १ देखि नि’षेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले विशेष सुरक्षा विधि अपनाएर भोलि १० बजेदेखि केबलकार सञ्चालनमा ल्याउन लागेको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए।

‘चन्द्रागिरि हिल्स प्रालिले को’रोना भा’इरसको सं’क्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भोलिबाट सञ्चालनमा ल्याउने तयारी गरेका छौं’, शाहले भने। नि’षेधाज्ञा खुकुलो भएसँगै अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय खुला भएका छन्।

चन्द्रागिरि केबलकार सञ्चालनमा आएपछि सामाजिक दूरी कायम गरी एउटा केबलकारमा जम्मा चार जनामा मात्र बस्न पाइने छ। यसअघि ८ जनासम्म यात्रा गर्न सकिने थियो। महाप्रबन्धक शाहले प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी दिए।‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा विस्तारै सञ्चालन गरिनेछ,’उनले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्