Logo

असोजदेखि भर्नाका लागि मात्र विद्यालय खुल्ने


जनदबा’बले नि’षेधाज्ञा खुकुलो बनाए पनि असोज १ गते विद्यालय पठनपाठनका लागि नखुल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय भर्नाको लागि मात्र खुल्ने बताए ।

उनका अनुसार को’रोना महामा’री नि’यन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिँदैन । शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो ।

त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भए-नभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ । तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् । विद्यालय ब’न्द हुँदा ८७ लाख बालबालिका पढ्न पाउने अधिकारबाट व’ञ्‍चित छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्