Logo

अर्थशास्त्रमा मुन्धुम दृष्टिकोण-भाई किराती


मानव चेतमा, सामाजिक परिवेश अनुसार एकपछि अर्को नयाँ नयाँ धारणा, नयाँ नयाँ तौरतरिका, नयाँ सोचका साथ नौलो जीवन पद्धतिको उदाउँदो बीजहरु अंकुराउने क्रमलाई, समाजको सैद्धान्तिक आधार मान्दा न्याय नै हुन्छ । किनकि चौतर्फी बिकासको यो स्वर्णिम युगले तिव्र गतिमा मात्रै होइन कि बरु फड्को मार्ने प्रक्रियाद्वारा नै अघि बढेको कुरा बोध गर्नलाई कुनै समस्या छैन ।

फलस्वरूप नौलै सामाजिक पद्धति, रीतिथिती संस्कार, संस्कृति, रहनसहन, चालचलन तथा बिधि बिधानहरुको सुरुवात भयो । त्यस बेलासम्म मान्छेले खासै सामान्य रुखका सेउला र कुनै विशेष खालको रुख विरुवाको बोक्राहरुले शरीर ढाक्न सिक्दै थिए । जुन बेला आदिम साम्यवादी सामुहिक अर्थ-प्रणालीले खाममारिरहेकै थियो । जब समयको गति तिब्र गतिमा अघि बढेको कुरा मान्छेले बुझ्न थाले, त्यसयता हरेक ब्यवहारहरु र सोच्ने तौरतरिकाहरुमा नै परिवर्तन आउन थाल्यो । जसको कारण मान्छेले नयाँ परिवेशमा जिउनको निम्ति जान अन्जानमा सामाजिक, आर्थिक, नैतिक, साँस्कृतिक आधारहरु निर्माण गरे । साथै नयाँ ढंगले जीविका चलाउनुको लागि हरेक खोज अध्ययनहरु सर्वव्यापक बन्दै गयो ।

मान्छेको निरन्तर खोजको कारण धेरै भन्दा धेरै सफलता हासिल गर्दै खनिज धाउहरु, कृषि र घरेलु उद्योगको क्षेत्रमा ऐतिहासिक बिकास हुनसक्यो । मानव, यस्तो प्राणी हो जसले एउटा वस्तुको सामान्य तरिका पत्तो लगाएपछि त्यसको पूर्ण बिकास सम्म पहिल्याउन सक्छ । अर्थात मान्छेले नै कुनै पनि वस्तु वा पदार्थको स्थायी सत्ता पत्ता लगाउन सक्छ । कृषि र घरेलु उद्योग साँचो अर्थमा वनस्पति बिज्ञानकै दोस्रो रुप हो ।

अर्थात जिज्ञासु पुर्खाहरुले वनस्पति तथा हरेक बोट विरुवाको सहि पहिचान अथवा त्यसको बैज्ञानिक पक्षलाई वस्तुगत ढंगले विश्लेषण गर्नु सक्नु नै ठूलो देन हो । जसको कारण जडिबुटी पहिचान देखि खाद्यान्न तथा अन्न बाली जस्तो मानव जीवनको निम्ति अपरिहार्य तत्व पत्तो लगाउन भनेको सामान्य विवेक सहितको लगाव थिएन नै । यता लत्ताकपडा उद्योगको बिकासद्वारा जाडोबाट बच्ने र बाहिरी पक्षको सामाजिक स्वरुपमा आमूल परिवर्तन ल्याउने चेतको बिकास हुनु भनेको सामाजिक संस्कार, संस्कृतिको आधार बन्नु हो ।

पुर्खाको भूमिकामा यी यस्ता ऐतिहासिक क्रियाकलापहरु पाइएबाट पनि पुर्खाले धेरै सचेतताका साथ अविचलित त्याग, निरन्तरको कष्टपूर्ण मिहिनेतद्वारा स्थापित गरिराखेका ऐतिहासिक महत्वको आविस्कारहरु, बिकासहरु र संस्थागत गरिराखेका सामाजिक तथा साँस्कृतिक मूल्य मान्यताहरु नै हाम्रो समाजको अमुल्य पुँजी हो । र तदारुकता साथ यसको उत्खनन गर्नु, त्यहाँबाट फेला परेका वस्तुगत तथ्यहरुलाई व्यवस्थित गर्नु तथा मुन्धुमलाई व्यष्टी- विशिष्ट र सार्विक सिद्धान्तको आधारमा ठोस विश्लेषण गर्नु साथै यसको रक्षा र बिकासलाई सापेक्षित बनाउनु नै आजको हाम्रो बौद्धिक जिम्मेवारी हो ।

प्राचीन युगको अर्थतन्त्रको आधारहरु कृषि, जडिबुटी, जाँडरक्सी र लत्ताकपडा उत्पादन प्रमुख हुन भने सानातिना व्यापार व्यवसायको रुपमा कृषि औजारहरु हलोजुवा, दाँते, दलुवा, गल, कोदाली आदि । लुगा बुन्ने सामग्रीहरु काइयो, थाक्रो, तोस्रो, खोका, जुवा, खुट्टे सहितको तान, शिकारको निम्ति औजारहरु धनु बाण, गुलेली मटेङ्ग्रा, पासो, आदि, विभिन्न धातुका हातहतियारहरु साथै संगीतका साधनहरु बिनायो, बाँसुरी घुररा लगायतका यावत औजारहरुको माध्यमद्वारा प्राचीन युगको आर्थिक प्रणालीले पूर्णता प्राप्त गरेको थियो । जुन औजारहरु त्यसबेलाको मानव निर्मित उत्कृष्ट यन्त्रहरु हुन । त्यस किसिमको विभिन्न यन्त्रहरु नै आधुनिक अर्थतन्त्रको आधार हो ।

सामाजिक क्रियाकलापहरुको महत्त्वपूर्ण पाटो, हाते शीपहरुको पूर्ण विकसित अवस्था नै घरेलु उद्योग हो भनेर बुझ्नु जरुरी छ । मानव समाज जब सभ्यताको युगमा संक्रमण गर्ने सिलसिलामा हरेक संस्कृतिको बिकास पनि भएको छ । सोही आधार अनुसार समाजमा लाज-सरम, मान मर्यादा आदिको बारेमा पनि मान्छेहरू सचेत बन्न थाले । त्यसकारण जोसँग त्यस्तो सोच आयो, उसले नै सामाजिक तथा साँस्कृतिक मूल्य मान्यतामा अग्रणी भूमिका निर्वाह गरेका हुन भन्नेमा कुनै द्वुविधा छैन । कसै कसैले शरीरमा स्याउला बाँधेर हिड्न थाले, त्यो एक किसिमले नयाँ फेसनको थालनी नै भयो ।

त्यो देखेर अरुले पनि त्यसै गर्दै गए । एवं रीतले आ-आफ्नो शरीरको भागहरु छोप्दा राम्रो देखिने मात्रै होइन संस्कारमय नै हुने भएकोले अब सबैले त्यही अनुसरण गरे भन्न सकिन्छ । किनकि अहिले पनि नयाँ फेसनको सर्वत्र प्रभाव छँदैछ । त्यसरी सुरुमा शरीरमा स्याउला बाध्ने सोचाइ आएको हुनसक्छ । हुनसक्छ कुनै समयको खास घटनाबाट रुखकै बोक्रा प्रयोग गर्न थाले । यसरी रुखको बोक्राको फेसनले पनि आफ्नो प्रभाव जमायो नै । जे होस् मान्छे जिज्ञासु प्राणी भएकोले निरन्तरको खोज तथा अनुसन्धानमा सफलता हासिल गर्न सकेको देखिन्छ ।

जसको कारण रुखका बोक्राहरुबाट रेशा निकालेर धागोको आविष्कार गर्न सफल भए । समयको वेगवान गतिसँगै मान्छे पनि क्रमशः अघि बढ्नै चाहेको कारण जुन उपलब्धिहरु थिए त्यतिमा मात्रै सिमित रहने कुरै भएन र बिकासको सूत्रहरु खोज्दै अघि बढे । हरेक मौसम अनुकुल मान्छेले आफ्नो शरीर ढाक्ने निरन्तर अभ्यासको परिणामस्वरूप घरेलु उद्योगको बिकास भयो । अझै विभिन्न ब्यवहारिक अभ्यासको आधारमा बिकास क्रम रोकिने कुरै भएन । एउटा भनाइ अनुसार “माकुराले जालो बुनेर सिकार मार्‍यो अनि आरामले भोजन गर्‍यो ।”

त्यसैलाई नै देखेर मान्छेले पनि त्यस्तै जालो बुन्नु सिकेको हो भन्दा तर्कसंगत नै हुन्छ । किनकि मुन्धुम पथीय समाजमा यस्तो अग्रजहरु थिए कि जीव-जन्तुको शीप वा ढाँचा यदि उसलाई दिलैदेखि मनासिब लाग्यो भने त्यसको स्वरुपलाई हुबहु उतार्ने कोशिस गर्दथे । तसर्थ आदिम पुर्खाले, माकुराले बुनेको जाल सिद्धान्तको आधारमा लुगा वा लत्ताकपडाको स्वरुप निर्धारण गरेका हुन । अझ भनौं कालान्तरमा मान्छेले बुनेका जालहरुलाई धेरै मिहिनेतका साथ परिस्कृत गरि त्यसलाई गुणस्तरीय बनाउदै अघि बढेको छ ।

प्राचीन युग र अहिलेको युगमा तुलना गर्नु त कदापि मिल्दैन । किनभने घरेलु उद्योग कै बारेमा भन्नुपर्दा, बिज्ञान र प्रबिधिको बिकासले लुगा बुन्न कै निम्ति अब संसारमा रेसादार रुखका बोक्राहरुको जरुरत पर्दैन । तर जुन अहिलेको आधुनिक युगमा आइपुग्नुको लागि  आलोकाँचो अर्थात अपरिपक्व नै भएपनि त्यो प्राचीन कालकै आधारमा नटेकी पक्कै सम्भव  भएन ।

अझ प्रष्ट भनौं, कि आधुनिक युगलाई राम्रोसँग बुझ्नु छ भने प्राचीन कालको ज्ञान हुनु जरुरी छ । मान्छे कृषि युगमा प्रवेशगर्नु भन्दा केही अघिदेखि मात्र ढुंगाका हतियारहरु लोप हुन थालिसकेको थियो । कि त्यसको ठाउँमा फलामको धाउ पगालेर विभिन्न आवश्यक घरेलु हातहतियारहरु निर्माण गर्न थालिसकेका थिए । अझ कृषि युगको प्रगतिले मान्छेलाई ऐतिहासिक पात्रको रूपमा खडा गरिदियो । र मान्छेले हरेक अप्ठ्यारा परिस्थितिहरुको पनि धैर्यता साथ सामना गर्दै अघि बढ्न उत्साहित भए । जाँगरिला मान्छेहरु एक अर्का बीच ईष्र्या र लोभको कारण होडबाजीले जंगल र बुट्यानहरु जति सबै आवाद गर्दै गए । भने अर्कोतिर जमिन जति ब्यक्ति ब्यक्तिको निजी किल्लाहरुले ढाक्दै गए ।

कालान्तरमा कसै कसैले जमिन आफुले आवाद गर्ने भन्दा, बलिया मान्छेहरुको साथ लिएर अरुले आवाद गरेको जमिनहरु लुट्ने, खोसेर लिन थाले । यसरी जमिन त खोसेर लिए तर कामगर्न सम्भव भएन त्यसैले फेरि अब मान्छेलाई नै कब्जामा लिएर काम गराउन थाले । सुरुमा त काम सकिएपछि जमिन चाहिँ राखेर ती कब्जामा लिएको मान्छेहरूलाई छाडिन्थे तर पछिपछि जमिन र मान्छे सबैलाई सदाको लागि निजी सम्पत्तिको रुपमा दर्जगर्दै दास बनाइए । यसरी दास युगको सुरुआत भयो । दास युग धेरै शताब्दी सम्म टिक्न पनि सकेन किन कि दासहरुको शक्ति केन्द्रित हुँदैगयो ।

मालिकहरुको अत्याचार सहन नसक्ने स्थिति पैदा भएपछि संगठित हुनथाले, जसको कारण दासहरु मालिकको विरुद्धमा बिद्रोह गर्ने निधो गरेर अघि बढे र उनीहरूको सत्ता पटाइदिए । त्यसरी दासहरुको बिद्रोह सफल भएपछि मात्रै  सभ्यता निर्माण गर्न सम्भव भयो । एकातिर सभ्यता जस्तो महान कार्य त भयो तर साथै अराजकता, बेथिति पनि त्यतिकै मौलायो । एकखाले मान्छेहरूको हुद्दा चाहिँ यस्तो थियो कि त्यहाँ कसैले कसैलाई पत्याइरहनु परेन वा कुनै रीतिथितीको पालना गरिरहनु पर्दैन, अर्थात अनियन्त्रित भिडको रुपमा मौलायो, जसले उनीहरूलाई हदैसम्मको उत्पीडनमा पारेको छ तिनीहरू सबैलाई निमिट्यान्न पार्ला जसतै उभार जागेको छ ।

तिनीहरूप्रति आक्रोश र घृणाको फोहरा भन्दा अरु केही पाउन सकिन्न, त्यहाँ एक किसिमले गलत प्रवृत्तिहरु हावी भइसकेकै थियो । तसर्थ जुन उथलपुथलको परिस्थिति सिर्जना भएपछि सम्भवत, त्यही वरिपरिबाट राज्यको उत्पति भएको हुनुपर्छ । किनभने राज्यको उत्पति त्यसबेला हुन्छ जुनबेला वर्गीय अंतर्विरोधहरु चरम उत्कर्षमा पुग्छ । दास बिद्रोहको प्रकृति हेर्दा, मानव समाजले नयाँ रीतिथिती सहितको उन्नत सामाजिक व्यवस्थाको अपेक्षा गरिरहेका थिए भन्न सकिन्छ । जुन परिस्थितिमा राज्यको निर्माण भयो, वास्तवमा त्यही सामन्तवादको प्रथम रुप थियो ।

यो मानव बिकास क्रमको स्वभाविक चरण नै हो, पुरानो युगको विरुद्धमा नयाँ युग कुनै विकल्प हुँदैहोइन कि बरु एक युग अर्को युगको सापेक्षित आधार चाहिँ पो हो । यसरी नौलो व्यवस्थाको आगमनले समाजमा उल्लेख्य मात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

निष्कर्षमा :- आदिम साम्यवादी युगको मानवीय चरीत्रहरुको स्थिति देखि जंगली युग, बर्बर युग, दास युग, सामन्तवादी युग हुँदै अहिलेको पुँजीवादी युग सम्मको सामाजिक परिवेशको मानवीय चरीत्रहरुको अध्ययन गर्दा हामी यो निष्कर्षमा पुग्छौं कि हरेक युग, मानव जातिको लागि धेरथोर विवेक, शीप, कला र क्षमताको बलमा महान आविष्कारहरु, बिकासहरु र सभ्यता सहित ब्यवहारिक ज्ञानहरु प्राप्त गर्ने उत्कृष्ट पृष्ठभुमि साबित हुँदै आएको छ ।

अर्थात हरेक युगलाई मानव जातिले सही ढंगले सापेक्षित उपयोग गर्न सफल हुँदै आएको छ । मान्छेले विभिन्न ज्ञान शीप आर्जन गर्दै जिविकोपार्जनमा तल्लीन रहनु भनेको सापेक्षित क्रान्ति प्रतिको धैर्यता नै हो । आदिम साम्यवादी युगमा मानव जातिले त्यति उल्लेख्य बिकास गर्न नसके तापनि प्राकृतिक उत्पादनमै निर्भर रहेर पनि आफ्नो अस्तित्व बचाउन सफल भएको छ । प्रारम्भिक चरणको मानवको यो ठुलो देन हो ।

जंगली युगको आगमनले, शान्त पोखरीमा ढुंगा फाल्दाको परिणाम झैँ मानव इतिहासमा ठुलो तरङ्ग पैदा गरिदियो । एक किसिमको वृहत् स्तरमा उथलपुथलकै स्थिति बन्यो । र जो अत्यावश्यक कडी थियो कि त्यो प्राकृतिक गतिक्रमको स्वभाविक चरण नै हो । मानव जीवनको लागि अघि बढ्ने आधारशीला त्यही थियो । त्यसको कुनै बैकल्पिक मार्गनै छैन, तसर्थ मान्छेले त्यो परिस्थितिको सामना गर्नै पर्थ्यो ।

यदि जुन परिस्थितिबाट मानव पछि हटेको भए अहिले बाँदरको हुद्दा भन्दा पक्कै माथिको स्तरमा हामी हुने थिएनौँ । मानवको लागि जुन युगको पारिस्थितिक प्रणाली बिल्कुलै नौलो बनेर आयो । अब अघि बढ्ने, या पछि हट्ने ? भन्ने मानवको निम्ति महाअग्नि परीक्षा थियो । जहाँ मानवले अघि बढ्ने कठोर निर्णय गर्‍यो र हरेक प्रगती साथै बिकास क्रमको ऐतिहासिक ढोकाहरु खोल्न सफल भयो ।

जुन कुराले मानव जातिमा यति धेरै चेतना बिस्तार भयो, त्यसले जस्तो पनि चुनौतीको सामना गर्दै सरासर अघि बढ्ने आधार मिल्यो । अझ बर्बर युगको धमकाले जति बिकासक्रमलाई ठुलो परिमाणमा मलजल थप्न पायो त्यति नै मानवले उन्नति प्रगति गर्न भ्यायो पनि । फेरि दास युगमा सिर्जित अत्याचारको पराकाष्ठाको  परिणामस्वरूप सामन्तवादको स्थापना भयो ।

यो मानव बिकास क्रमको स्वभाविक चरण नै हो, पुरानो युगको विरुद्धमा नयाँ युग कुनै विकल्प हुँदैहोइन कि बरु एक युग अर्को युगको सापेक्षित आधार चाहिँ पो हो । यसरी नौलो व्यवस्थाको आगमनले समाजमा उल्लेख्य मात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । युग निरन्तर अघि बढिरहेको छ भने मानव समाजको क्रान्तिका पक्षधरले पनि हरेक युग सापेक्षित परिवर्तनको दिशामा सक्रियता साथ आफ्नो भूमिका निर्वाह गर्नमा पछि परेको पटक्कै भेटिएको छैन । यसैगरी अब आगामी युगको अर्थात समाजवादको उच्चतम अभ्यास क्रममा पनि क्रान्तिका पक्षधरहरुको भूमिकामा कुनै आँच नआउने निश्चित छ ।

यो सिद्धान्तकै रूपमा स्थापित छ । खासमा भन्नै पर्दा त्यही सिद्धान्तको आधारमा रक्तदान कार्य सर्वब्यापक छ । त्यति मात्र कहाँ हो र, मृगौला दानसम्मको विषय सामान्य भइसकेको छ । मृगौला दान सिद्धान्तलाई एक अर्थशास्त्रीले समाजवादी आर्थिक सिद्धान्तको रुपमा अघि सारिसकेको छ ।

अन्तमा: अबको विश्व परिवेशमा समाजवादी मार्गदिशाको चोटिलो विषय नै अहिलेको आम कम्युनिस्टहरुको मुल प्रश्न हो । अर्थात त्यहाँ  राज्यको आधार र उपरिसंरचना कस्तो हुने वा समाजवादी अर्थतन्त्रको मोडल कस्तो हुने, भन्ने विषयमा नै मुलतः अन्योलग्रस्त छ । मानव इतिहासमा जंगली युग देखि दास युगको अन्त्यसम्मको अवस्थालाई हेर्दा मान्छेले धेरै भन्दा धेरै आविष्कारहरु र बिकासहरु गर्दै, सभ्यताको निर्माण गरेको पाइन्छ । भने सामन्तवादको स्थापना यता र अझै आधुनिक युगको आगमनसँगै मानव समाजमा चामत्कारिक आविष्कारहरु र बिकासहरु भएको हामी सबै प्रत्येक्षदर्शी छौ ।

जब सामन्तवाद निर्वाध रुपले अघि बढ्दै गयो त्यसको चरित्रहरु पनि बदलिँदै आयो । र अर्थतन्त्रको क्षेत्रमा नयाँ ढाँचा भित्र्यायो । जुन दास युगमा दासहरु मालिकको निजी सम्पत्ति बन्दथे तर सामन्तवादले दासहरुलाई मुक्त गरेसँगै भूमि एकीकरण पनि गरिदियो । जुन बेला त्यसरी गर्नु स्वभाविक थियो, त्यसो नगरी पनि हुँदैनथ्यो । तर आफ्नो रक्षकहरु र कारिन्दाहरुलाई जमिनको तिरोभरो उठाउने कामको जिम्मेवारी सुम्पिएसँगै कतिपय छोटे सामन्तहरुले आफ्नै ढंगले जमिनहरु निजी बनाउँदै लगे । उनीहरू स्वयमले आफू छोटे राजा भएको घोषणा गर्दै जनता सबै रैतीको रुपमा राखियो ।

त्यसरी जमिन धेरै भएपछि ती सामन्तहरुले खेतीको मौसममा काम गर्नकै निम्ति मुक्त दासहरुलाई फेरि वाध्य बनाइए । तर यस युगमा यिनीहरू पुरै दास भने होइनन्, पछि यसलाई बेठी प्रथा भनियो । “बेठी प्रथा, खास खेतीको मौसममा सामन्तहरुको खेतबारीमा २-३ दिन, रैतीहरु घरको एकजना अनिवार्य सहभागी बनेर बिना ज्याला सित्तैमा काम गरिदिने प्रथा हो ।” यो  प्रथा हाम्रो समाजमा अहिले पनि अस्तित्वमा छँदैछ मात्र होइन बरु यो त व्यापक रुपमा बिस्तार पो भइरहेको छ तर उही रुपमा भने होइन ।

कृषि युगको बिकासले निर्माण गरेको पर्म सिद्धान्तमा आधारित आर्थिक प्रणाली सामन्तवादी व्यवस्थाको स्थापना पश्चात् नयाँ नयाँ गतिविधिका साथ अस्तित्वमा आउन थाले । बदलिँदो सामाजिक परिवेशको प्रभावले हरेक बिकास क्रमका चरणहरुसितै हरेक विषय वस्तुको सार उही भए तापनि भाष्यशैलीद्वारा नयाँपन देखाउने तौरतरिकाहरु पनि साथसाथै यत्रतत्र बन्दै गयो ।

फलस्वरूप बेठी प्रथालाई झार्लाङ्गी नामद्वारा अघि सारियो, अझ पछि  त्यसलाई परिमार्जित गर्दै श्रमदान भन्ने शब्दले सुसज्जित गरिएको छ, तर सबै शब्दको अर्थ बिना पारिश्रमिक वा सित्तैमा काम गरिदिनु, फरक यति हो कि पहिला व्यक्तिगत स्वार्थको निम्ति अनिवार्य गरिन्थ्यो अहिले सामाजिक योजनाहरुमा लगानी गरिन्छ । यो सिद्धान्तकै रूपमा स्थापित छ । खासमा भन्नै पर्दा त्यही सिद्धान्तको आधारमा रक्तदान कार्य सर्वब्यापक छ । त्यति मात्र कहाँ हो र, मृगौला दानसम्मको विषय सामान्य भइसकेको छ । मृगौला दान सिद्धान्तलाई एक अर्थशास्त्रीले समाजवादी आर्थिक सिद्धान्तको रुपमा अघि सारिसकेको छ ।

र आगामी समाजवादी आर्थिक सिद्धान्त यही पनि हुनसक्छ । त्यसको अलावा आँखा दान पनि सामान्य विषय भने होइन नै । जस्तैः कोही व्यक्तिले कुनै घटनामा यदि दुवै आँखा गुमाएको रहेछ भने र उसलाई फेरि पनि संसार हेराउने उद्देश्यले दुवै आँखा भएको जो कोही व्यक्तिले आफ्नो एउटा आँखा दान गर्न इच्छा भएसम्म त्यो गर्न सक्छ । त्यसबाट के प्रष्ट देख्न सकिन्छ भने आखिर मान्छेले एउटा मात्रै आँखा हुँदा पनि धेरै काम गर्न सक्ने भएको हुनाले त्यस कार्यले दुवैको जीवनमा एक नयाँ उचाइ कायम गर्ने कुरामा कुनै सन्देह छैन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्