Logo

कलाकारहरु कुलमानका पक्षमा उभिँदै


कलाकारहरु नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा उभिएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकेर बाहिरिएका कुलमानलाई पुनः सोही पदमा नियुक्त गर्नुपर्ने पक्षमा कलाकार छन् । दैनिक १८ घण्टासम्म लोडसेङि भएका बेला प्राधिकरणको कार्यकारी निर्देशकको पद कुलमानले सम्हाले पछि लोडसेडिङ अन्त्य भएको थियो ।

प्राधिकरणबाट उनी बाहिरिएसँगै कतै पुरानै अवस्था दोहोरिने हो की भन्ने त्रा’सले कलाकारहरु कुलमानको पक्षमा उभिएका हुन् । प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले अपिल गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, “आदरणीय साथीहरु  कुलमानजीको पुनः नियुक्तिको लागि जन दबा’ब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।”

निर्देशक प्रदिप भट्टराइले पनि दीपकले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन् । उनी  सामाजिक सञ्जालमा फेसबुकमा लेख्छिन्, “न’राम्रा पटक पटक, राम्रा किन एक पटक ?”यसअघि दीपकले फेसबुकमा ‘आज बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ ! सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन ।

’ लेखेपछि उनकै स्टाटसलाई आधिकारिक मान्दै धेरैले समाचार लेख्ने तथा बधाइदिन थालेपछि दीपकले आफूले कुलमानलाई सरकारले नियुक्त गरिसकेको भनेर नलेखेको तर यस्तै आशयको निर्णय पढ्न पाइयोस् भनेर लेखेको बताएका थिए । उनको स्टाटसलाई धेरैले कपी पेस्ट गरेका थिए । कलाकार केदारप्रसाद घिमिरे, जितु नेपाल, हरिवंश आचार्य, करिष्मा मानन्धर लगायतले कुलमानलाई नियुक्त गर्न माग गरेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्