Logo

कुलामान घिसिङको ४ बर्षे कार्यकाल आजबाट सकियो: प्राधिकरणको नयाँ कार्यकारी निर्देशक सरकारले अझै टुंगो लाउन सकेन 


२०७७-भाद्र २९

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। कुलमान घिसिङको प्राधिकरणको ४ वर्षे कार्यकाल सोमबारबाट सकिँसकिदैछ।  उनको कार्यकालको अन्तिम दिनसम्म पनि प्राधिकरणको नयाँ कार्यकारी निर्देशक को भन्ने टुंगो लागेको छैन। देशमा विद्यमान लोडसेडिङ हटाएको श्रेय घिसिङलाई जान्छ। उनी २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्त भएका थिए।

जनार्दन शर्मा उर्जामन्त्री हुँदा उनी खुला प्रतिस्पर्धाबाट प्राधिकरण नेतृत्वमा आएका थिए। नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकालमा १४ घण्टे लोडसेडिङ अन्य गरेर करोडौं नेपाली जनताको मनमस्तिकमा बस्न सफल भए। घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा महत्वपूर्ण काम गरे, चर्को लोडसेडिङ भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए। तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौं २९ गते  मन्त्रिपरिषद्को बैंठकले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्ती गरेको थियो। घिसिङले प्राधिकरणको प्रवन्ध निर्देशकमा २०७३ भदौं ३१ गते पदबहाली गरेका थिए।


Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्