Logo

के बालअधिकार नारामा मात्रै हो ?


को’रोना भा’इर’सका कारण नेपालको अवस्था भयावह छ । कलकारखाना, उद्योग, व्यपार व्यवसाय, शैक्षिक संस्था ठ’प्प छन् । लामो समयदेखि शैक्षिक सस्था ब’न्द हुँदा बालबालिकाको वर्तमान र भविष्य नै अ’न्योलमा छ । शैक्षिक संस्था ब’न्द हुँदा बालबालिका घरमै खु’म्चिएका छन् । विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौं बालबालिका गुम्सिएका भएका छन । स्कुल जान, पढ्न, खेल्न, साथिभाइसँग रमाइलो गर्न रुचाउने नानीहरु को’भिड—१९ का कारण कोठाभित्रै बस्न बा’ध्य छन् । समपर्क परिवारका सदस्यमा सीमित छ । ‘‘हे भगवान चाँडै विद्यालय खुलाइदेऊ, मम्मीभन्दा त म्याडम नै ठीक’ भन्ने सामाजिक संजालमा आएको एउटा उद्गारबाट घरमा बसिरहेका बालबालिका कति दि’क्क भएका छन् भन्ने छनक पाइन्छ ।

को’रोनाले सबैलाई उतिकै त’र्साएको छ । यसको चपेटामा निम्न वर्ग परेका छन् । हुनेखाने परिवारका बालबालिकालाई ब’न्दाब’न्दी (ल’कडाउन)ले धेरै अप्ठे’रो भएन होला तर हुँदाखाने परिवारका बालबालिकालाई यसले निकै सताएको छ । थुप्रै दम्पतीले जागिर गु’माएका छन् र त्यसको प्रत्यक्ष असर बालबालिकाको जीवनमा परेको छ । छोराछोरीको उज्ज्वल भविष्यका निम्ति जोहो गरेर राखेको पैसा ब’न्दाब’न्दीको सुरुकै दिनमा सकियो तर ब’न्दाब’न्दी खुलेन बरु थपिँदै गयो । ज्याला मजदु’री गरेर जीविका चलाउने बाबुआमा आज विनाकाम घरमै बस्न बाध्य छन्  । यसले गर्दा खान नपाएर बालबालिकामा कु’पोषण हुने ख’तरा बढ्दो छ ।

कतिपय बालबालिकाको त बाबुआमा दुवै सं’क्रमित भएर आइसोलेसनमा लगिएको छ । ती बालबालिका कसरी बसेका होलान् ? के खाँदै होलान् ?  यस्तो परिवारको बालबालिकाको पी’डा कति क’हालीलाग्दो होला ? बि’रामी बालबालिकाले उपचार पाएका छैनन् । अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मी नजिकै पर्दैनन् । मागेर गुजारा चलाउने सडक बालबालिकाको अवस्था झन् कति क’हालीलाग्दो होला ? आफुलाई बालअधिकारकर्मी भन्नेहरु म’हामा’रीको बेला कुन दुलोभित्र पसे ? चौवन्नां बाल दिवस मनाइसक्दा पनि देशमा बालधिकारको संरक्षण हुनसकेको छैन ।

बालदिवसको दिन बालअधिकारको संरक्षण गर्न वाचा गर्नेेहरु म’हामा’रीको यो क’ठिन समयमा कतै देखिँदैनन् । कि बालअधिकार नारामा मात्रै हो ? हालको म’हामा’रीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाले बाल बचाऊ, संरक्षण, विकास र सहभागिताका क्षेत्रमा गरेका कार्यको पुनरावलोकन गर्नु जरुरी छ । सडक तथा जो’खिम अवस्थामा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापनाजस्ता केही प्रयासलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर यस्ता कामहरुलाई स्थानीयस्तरसम्म सबैको अ’पनत्व हुने गरी अभ्यास गराउन आवश्यक छ । सकारात्मक प्रयास भए म’हामा’रीको च’पेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी पूरा हुनसक्छ । दैनिक हतारमा विद्यालय जानुपर्ने, धेरै पढ्नुपर्ने, गृहकार्य गर्नुपर्ने, भनेको बेला साथीभाइ भेट्न र रहर लागेअनुसार खेल्न पनि नपाइने समय अहिले छैन  ।

यसैले बालबालिकासँग बसेर परिवार, इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्बिर देखाएर आफन्त चिनाउने भूमिका परिवारका पाका सदस्यको हुनुपर्छ । यसैगरी करेसाबारीमा काम गर्नु, बोटबिरुवा चिनाउने, समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ  । यसबाहेक आफनो रीतिरिवाजअनुसारको संस्कार बुझाउने र वालबालिकालाई समाजिक परम्परा बुझ्ने काम पनि सघाउन सकिन्छ  । परिवारका सदस्यमा भएको गीत गाउने, खेल्ने वा अन्य सीप र कला बालबालिकालाई सिकाउन सकिन्छ  । साथै बालबालिकाको रुचिअनुसारका   सीप विकासमा पनि सहयोग गर्न सकिन्छ  । बालबालिकामा चित्र बनाउने, गीत कविता लेख्ने, गाउने , विभिन्न यन्त्र बनाउने रुचि जो हुन्छ  ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्