Logo

नेपाल एयरलाइन्सले दोहा थप उडान गर्दै,सूचीमा नाम भएका व्यक्तिहरुले ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासको आग्रह


नेपाल एयरलाइन्सको दोहा काठमाडौं सेक्टरका लागि केही उडानहरु थप भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी थप भएका उडानहरु मध्ये भदौ ३०, ३१ र असोज १ गतेको लागि यसअघि दूतावासद्वारा नाम प्रकाशित भइ विभिन्‍न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको एयररलाइन्सले जनाएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै असोज ६, ८ र ९ गतेका लगि नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । उक्त दिनहरुमा प्राथमिकतामा परेका नेपालीहरुको सूची यहाँ छ । उक्त सूचीमा नाम भएका व्यक्तिहरुले हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्