नेपाल एयरलाइन्सको दोहा काठमाडौं सेक्टरका लागि केही उडानहरु थप भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । यसरी थप भएका उडानहरु मध्ये भदौ ३०, ३१ र असोज १ गतेको लागि यसअघि दूतावासद्वारा नाम प्रकाशित भइ विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिइसकेको एयररलाइन्सले जनाएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै असोज ६, ८ र ९ गतेका लगि नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । उक्त दिनहरुमा प्राथमिकतामा परेका नेपालीहरुको सूची यहाँ छ । उक्त सूचीमा नाम भएका व्यक्तिहरुले हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न पनि दूतावासले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
