Logo

इजरायलले दोश्रो पटक ल’कडाउन गर्दै , प्रधानमन्त्रीमाथि सत्ताभित्रैबाट वि’रोध


को’रोना भा’इरस सं’क्रमण नियन्त्रण र रो’कथामका लागि इजरायल पुनः देशव्यापी ल’कडाउन लगाउने भएको छ।  शुक्रबारबाट सुरू हुने ल’कडाउन ३ हप्ताको हुनेछ जसअनुसार यहुदी नयाँ वर्षदेखि क’डा प्र’तिब’न्धहरू लगाइनेछ। ल’कडाउनबाट देशले भारी मूल्य चु’काउनुपर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्।

इजरायलमा प्रतिदिन ४ हजारको संख्यामा सं’क्रमित थपिदैं आएका छन्। सरकारको यस कदम गठबन्धन सरकारभित्रैको सहयोगी दलबार वि’रोध सुरू भएको छ। ल’कडाउनको वि’रोधमा एक जना मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने ध’म्कीसमेत दिएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार ९० लाख जनसंख्या भएको इजरायलमा हालसम्म सं’क्रमणका कारण ११ सय ८ जनाको मृ’त्यु भइसकेको छ भने १ लाख ५३ हजार बढी जना सं’क्रमित भइसकेका छन्। पछिल्ला हप्ताहरूमा त्यहाँ सं’क्रमण फैलिने क्रम तीव्र भएको छ।

नयाँ प्र’तिब’न्ध कस्तो हुनेछ ?

आइतबार आफ्नो टेलिभिजन सन्देशमा प्रधानमन्त्री नेतन्याहुले देशमा प्रतिदिन ४ हजार सं’क्रमित फेला परिरहेको बताएका थिए। इजरायलले लगाउन लागेको दोश्रो ल’कडाउन मुलुकका लागि म’हँगो पर्ने बताइएको छ। यसअघि मार्चको अन्तिमबाट मे महिनाको सुरूसम्म ल’कडाउन लगाइएको थियो।

नयाँ प्र’तिब’न्धका सर्तहरू यस्ता छन् :

-भित्र हुने भेटघाटमा १० भन्दा बढी मानिसहरू भेला हुन पाउनेछैनन् भने बाहिर २० जना भन्दा बढीको जमघटलाई नि’षेध गरिएको छ।

-स्कूल र सपिङ सेन्टरहरू ब’न्द गरिनेछन् भने मानिसहरू आफ्नो घरबाट ५ सय मिटरको घेरा भित्र बस्नुपर्नेछ। काममा जानेलाई भने विशेष छुट दिइनेछ।

-गैर-सरकारी कार्यालय र कारोवार खुल्ला रहे पनि ग्राहकलाई त्यहाँ जान प्र’तिब’न्ध लगाइएको छ।

-यध्यपी सुपरमार्केट र औषधि पसल भने खुला हुनेछन्।

नेतन्याहुले धार्मिक पर्व मनाइरहेका इजरायलका यहूदी समुदायलाई ल’कडाउनले स’मस्या हुने स्वीकार गरेका छन्। ‘यसपटकको पर्व पहिलाको जस्तो हुनेछैन र हुनसक्छ हामीले आफ्ना आफन्तहरूसँग यो मनाउन पाउनेछैनौं’, उनले भने। दोश्रो लकडाउनले इजरायलको अर्थव्यवस्थामा न’राम्रो असर गर्ने ठानिएको छ। म’हामा’रीका कारण इजरायलले यसअघि नै आर्थिक मन्दीको सामना गरिसकेको छ।

त्यहाँको वित्त मन्त्रालयले यसबाट १.८८ अर्ब अमेरिकी डलरको नो’क्सानी हुने अनुमान गरेको छ। तर प्रधानमन्त्रीले म’हामा’रीको समयमा इजरायलका लागि ल’कडाउन आवश्यक भएको बताएका छन्। सं’क्रम’णसँग जुध्न नेतान्याहुले अपनाइरहेको तरिकाको आ’लोचना हुँदै आएको छ। आ’लोचकहरूले भा’इरससँग जुध्न अ’सफल भएपछि नेतन्याहुले दोश्रो पटक ल’कडाउन गरेको आ’रोप लगाएका छन्।

एजेन्सी,इजरायल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्