Logo

भोलिबाट साउदी अरबले अन्तर्राष्ट्रिय उडानमाथि आशंकि छुटदिदै


साउदी अरबले भोलि मंगलबारबाट अन्तर्राष्ट्रिय उडानमाथि लगाउँदै आएको प्र’तिब’न्धमाथि आ’शंकि छुट दिने भएको छ। यस छुट अन्तरगत विशेष परिस्थितिमा सिमित संख्यामा मानिसहरूलई यात्राको अनुमति दिइनेछ।

अरब न्यूजका अनुसार देशका गृहमन्त्रीले को’रोनाका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्र’तिबन्ध आगामी वर्षको जनवरीसम्म पूर्णरूपमा हटाइने जनाएका छन्।मानिसहरूलाई जल, थल र सीमाबाट आवतजावतको अनुमति दिइनेछ।

प्र’तिबन्ध हटाइने मितिको घोषणा वर्ष सकिनु ३० अगाडि दिइनेछ र स्वास्थ्य मन्त्रालयले यात्री तथा यात्रा सेवा प्रदायकका लागि नियमहरू तय गर्नेछन्। यसैगरी विमानस्थल, वन्दरगाह र स्टेशनहरूका लागि पनि नियमहरू तय गरिनेछ। अरब न्यूजका अनुसार साउदी अरबमा आइतबारसम्म देशका ९३ प्रतिशत सं’क्रमित ठिक भएका छन्।

स्वास्थ्य मन्त्रालयको ह’वाला दिदैं प्रकाशित समाचारका अनुसार साउदीमा ३ लाख २५ हजार ६ सय ५१ सं’क्रमित रहेकोमा ३ लाख २ हजार ८ सय ७० सं’क्रमित निको भइसकेका छन्।

एजेन्सी,रियाद

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्