Logo

को’रोना म’हामा’रीका कारण नआउ’ने भयो मेलम्चीको पानी


केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि २०७५को दसैंमा मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झार्ने भनिएको थियो। त्यो साल सचिव गजेन्द्र ठाकुरको बोलीको भर पर्दा प्रधानमन्त्रीको बचन खेर गयो। उक्त साल मेलम्चीको सुरूङ फिनिसिङ नै सकिएको थिएन। अर्को साल पानी ल्याउने भनी सुरूङ फिनिसिङको काम हुँदाहुँदै इटालियन कम्पनी सिएमसीका ठेकेदार काम छोडेर भा’गेपछि प्रधानमन्त्री र खानेपानी मन्त्रालयको योजना वि’फल भयो। यो सालचाहिँ पक्का मेलम्चीको पानी आउँछ भनेर विश्वासमा परेका राजधानीवासीलाई नि’राश बनाउने खबर छ- यो दसैंमा पनि मेलम्ची नआउने निश्चित भएको छ। प्रधानमन्त्री ओली सत्तारोहणपछिको तेस्रो वर्षको दसैं पनि मेलम्चीको पानी नआइकन जाने भएको हो।

को’रोना म’हामा’रीका कारण ठूल्ठूला विकास परियोजनाका काम ढिला हुँदाहुँदै पनि असारमै पानी झार्ने मेलम्ची खानेपानी आयोजनाको तर्खर थियो। परीक्षणपछि दसैंमा पानी राजधानी झारिछाड्ने खानेपानी मन्त्रालय र आयोजनाको योजना थियो।असार ३० गते सुरूङमा पानी हाल्दा पहिलो गेट नै भत्किएपछि आयोजना तत्काल पानी ल्याउने योजनाबाट पछि हटेको छ। उक्त गेट भत्किँदा सुरूङभित्र रहेका इञ्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापामगरको बगेर मृ’त्यु भएको थियो।यो घटनाले मेलम्ची थप पर धकेलिएको आयोजनाको भनाइ छ।

सुरूको गेट नै भत्किएर दु’र्घटना भएपछि सुरूङभित्र रहेका अन्य चार वटा गेट पनि परीक्षण गर्नुपर्ने भएको छ। मर्मतको काम साउनदेखि नै सुरू भए पनि सम्पन्न हुन अब मंसिर (नोभेम्बर अन्तिम)सम्म लाग्ने आयोजनाले जनाएको छ। मर्मतपछि पुन: पानी परीक्षण हुने र गेटले काम गरे-नगरेको यकिन भइसकेपछि मात्र खानेपानी राजधानी आउने टुंगो लाग्ने छ। सिडिई इन्जिनियर तथा आयोजना प्रवक्ता राजेन्द्र पन्तका अनुसार चारवटै गेट मर्मत नगरीकन पानी हाल्न सम्भव छैन। उक्त दु’र्घटनापछि भएको छानविनले सुरूङका गेटमा प्राविधिक क’मजोरी देखाइसकेको छ।

‘यी चारै गेटको प्राविधिक पाटो जाँचेर सबै काम सक्न नोभेम्बर अन्तिमसम्म मात्र सम्भव छ,’ उनले भने। गेट निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ट्रिसिजन इन्फोटेकले अहिले काम गरिरहेको उनले बताए। गेट भत्किएपछि आयोजनाले इन्फोटेकसँग कुराकानी गरेको थियो। पुनर्निर्माण तथा प्रावधिक जाँच गर्न उसले प्रस्ताव बढायो। त्यसपछि चारवटै गेटमा कार्ययोजनाअनुसार काम थालिएको पन्तले बताए। मेलम्चीको जम्मा २७.५ किलोमिटर सुरूङमा चार वटा गेट छन्। ती गेटमध्ये सुरूमै रहेको अम्बाथानको गेटले पानीको बहाव धान्न नसकेर भत्किएको थियो। उक्त गेट नटबल्टु फुस्केर भत्केको अध्ययनबाट थाहा भइसकेको छ।

यस्ता गेट ग्याल्थुङ, सेन्टु र सुन्दरीजलमा छन्। ‘यी सबै गेटमा चनाखो भएर काम गर्नुपर्ने भएको छ,’ पन्तले भने, ‘त्यसकारण पनि केही ढिलो हुन गएको हो।’  सुरङ भत्किएपछि खानेपानी मन्त्रालयको सहसचिव रमाकान्त दुवाडीको प्राविधिक छानविन समितिले गेटहरू निर्माण पुन: परीक्षण गर्नुपर्ने राय दिएको थियो।आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथिको छलफलमा बोल्दै खानेपानीमन्त्री बिना मगरले असार अन्तिममा मेलम्चीको पानी राजधानी झार्ने बताएकी थिइन्। मन्त्री मगरको भनाइ सार्वजनिक भएसँगै मेलम्चीमा पहिले काम गरेको सिएमसीलाई सामान आपूर्ति गरेका नेपाली ठेकेदारहरूले भुक्तानीका लागि ताकेता गर्दै अ’वरोध गरे।

साना ठेकेदार कम्पनीहरूका अनुसार सिएमसीसँग मेलम्चीमा काम गरेका साना-ठूला ८० वटा कम्पनीको भुक्तानी बाँकी छ। ती कम्पनीलाई डेढ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्ट्रक्चर प्रालिका प्रबन्ध निर्देशक श्रीराम न्यौपानेले बताए।‘दुवाडी समितिले पनि मेलम्चीको प्रतिवेदनमा पैसा भुक्तानी बाँकी रहेको रिपोर्ट दिएको छ। तर, सरकारले नीतिगत निर्णय नगरेसम्म यो सम्भव देखिँदैन भन्दै हामीलाई भुक्तानी दिएको छैन,’ न्यौपानले भने। सिएमसी सन् २०१९ मा टा’ट पल्टेको भन्दै काम छोडेर भागेको थियो। सिएमसी भागेपछि सरकारले उसले राखेको साढे २ अर्ब रुपैयाँ धरौटी ज’फत गरेको थियो।

सिएमसी भागेपछि मेलम्चीको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको छ। उक्त कम्पनीले २६ किलोमिटरमध्ये चार किलोमिटर क्षेत्रको सुरुङ फिनिसिङको काम गरिसकेको छ। सुरूङ फिनिसिङ सकिए पनि प्रवलीकरणको काम नगरी पानी हाल्न नसकिने भनी खानेपानी मन्त्रालयले सो काम अगाडि बढाएको थियो।आयोजनाका अनुसार यो सबै काम सकिएर सुन्दरीजलबाट अस्थायी कफरड्यामसम्मको पाइप ९० प्रतिशत जोडिइसकिएको छ। उक्त अस्थायी कफरड्यामबाट सुरूङमा पानी हाल्ने खानेपानी मन्त्रालयको तयारी थियो।

सुरूङमा हालिएको पानी काठमाडौंका ९ वटा ट्यांकीमा जम्मा हुन्छ। ती ट्यांकीमार्फत घरसम्म पुर्‍याउने तयारी छ। काठमाडौंमा जम्मा १० वटा ट्यांकीमध्ये कटुञ्जेको बाहेक ९ वटा तयारी अवस्थामा छन्।आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयका अनुसार काठमाडौंमा १ हजार १० किलोमिटर पुरानो पाइपलाइन मर्मत पूरा भइसकेको छ। नयाँ पाइपलाइन भने बनिरहेको छ।

मेलम्चीको इतिहास

– सन् १९७२ मा विश्व बैंकको सहयोगमा काठमाडौं उपत्यकाको खानेपानीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न एउटा गुरुयोजना तयार भएको थियो। उक्त गुरुयोजना यथास्थितिमा कार्यान्वयन हुन नसक्दा योजना अघि बढ्न सकेन।

– सन् १९८८ मा विन्नी एन्ड पार्टनर्स नामक बेलायती अन्तर्राष्ट्रिय संस्थाले उपत्यकाभित्र र बाहिरका २० वटा सतहगत सम्भाव्य पानीका स्रोत अध्ययन गरेको थियो। मेलम्ची नदीलाई सबैभन्दा उत्तम सम्भाव्य स्रोतको रूपमा पहिचान गरेको थियो।

– सन् १९९२ मा स्मेक कन्सल्टेन्ट अस्ट्रेलियाले काठमाडौंका लागि मेलम्ची डाइभर्सन स्किम तथा उपत्यकाभित्रका स्रोतहरू समेत गरी विकल्पहरू अध्ययन गरेको थियो। जसमा ग्राभिटी सिस्टमका आधारमा मेलम्ची नदी र लामटाङ नदी, पम्पिङका आधारमा इन्द्रावती, त्रिशुली र कुलेखानी, इम्पाउन्डिङका आधारमा रोशी खोला र कुलेखानीको अध्ययन गरेको थियो। उपत्यकाभित्रका बागमती, कोड्कु, बल्खु र नख्खु नदीको समेत अध्ययन गरिएको थियो।

– विभिन्न अध्ययन र अनुसन्धान गरी उत्कृष्ट स्रोत मेलम्ची नै हो भन्ने ठहर भएको थियो। यस आयोजनाले काठमाडौं, मेलम्ची र मण्डन उपत्यकामा रहेका धार्मिक, सांस्कृतिक, वातावरणीय पक्षमा सुधार तथा स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउने एवं आर्थिक, सामाजिक र प्राविधिक दृष्टिकोणबाट समेत उपयुक्त देखिएकाले काठमाडौं उपत्यकामा दीर्घकालीन रूपमा पर्याप्त पानी आपूर्ति हुन सक्ने स्रोतको रूपमा मेलम्चीलाई ठहर गरियो।

– यिनै अध्ययनका आधारमा एसियाली विकास बैंकको संयोजकत्वमा नर्वेजियन विकास संस्था (नोराड) स्विडिस विकास संस्था (सिडा), जापानी संस्था (जेविक) र विश्व बैंकबाट मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि विस्तृत अध्ययन कार्य सुरु भएको थियो। त्यसपछि दातृ निकायहरूसँग लगानीका लागि नेपाल सरकारबाट अनुरोध गरिएको र दातृ निकायहरूको आ-आफ्ना किसिमका जटिल तथा बाध्यात्मक सर्त राखिएका कारण तत्कालीन अवस्थामा आयोजना निर्माणको कार्य सुरु हुन सकेन।

– आयोजनाको विकास क्रम हेर्दा आर्थिक वर्ष २०५५/५६ (सन् १९९८ अगस‍ट) मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालयमातहत रहने गरी मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो।

– सन् १९९९ मा विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो। सोही अध्ययनहरूकै आधारमा २००१ मा एसियाली विकास बैंक आयोजना लगानीमा सहमत भई ऋ’ण सम्झौता भएको हो।

– सन् २००० मा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि प्रारम्भिक चरणको कार्य सम्पन्न गरी २००१ मा एसियाली विकास बैंकले १२ कराेड अमेरिकी डलरबराबरको ऋ’ण सम्झौता स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना विधिवत सुरु भएको थियो।

– आयोजना सञ्चालन तथा सम्पन्न गर्ने उद्देश्यले सर्वप्रथम सन् २००२ मा आयोजनाको विस्तृत अध्ययन तथा डिजाइन गरी आयोजनाको प्रारम्भिक लागत अनुमान भएको थियो। सोबमोजिम आयोजनाको प्रारिम्भक लागत जम्मा ४६ करोड ४० लाख डलर रहेको थियो।

– मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरु भएको हो। सुरुमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्‍याइएको थियो।

– सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो। चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।

– कम्पनी टा’ट पल्टिएको कारण देखाएर सन् २०१९ मा सिएमसी नेपालबाट भाग्यो। त्यसपछि बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्