Logo

सौराहामा रहेका नेचरगाइड कृषि पर्यटनतिर हात हाल्दै


देशकै प्रमुख पर्यटकीय गन्तव्य मानिएको सौराहा यतिबेला सुनसान छ । झन्डै ६ महिनादेखि यहाँ पर्यटक आएका छैनन् । जल, जमिन र जंगलमा आधारित सौराहाको पर्यटन को’भिड-१९ को कारण थ’ला परेको छ । यहाँका पर्यटन व्यवसायीसँगै आश्रित होटेलका कर्मचारी, माउते, गाइडलगायतको दैनिक जीवन पनि थप क’ष्टकर बन्दै गएको छ । जसका कारण पर्यटकलाई घुमाएर ज्ञान बाँड्दै गर्दै यहाँको प्रकृतिको प्रचार गरेर विश्वसामु पुर्‍याउने नेचर गाइडसमेत सं’कटमा छन् ।‘‘केही महिना त बचेको पैसाले जेनतेन गुजारा चलेकै थियो, अहिलेत अ’सह्‍य नै भयो । त्यसैले मैले कृषि कर्मतिर हात हालेको छु,’’ खैरहनी नगरपालिकाका १० का नेचर गाइड (पथ प्रदर्शक) रामेश्वर चौधरी भन्छन् ।

झन्डै यही पेसामा ३ दशक बिताएका उनलाई यस्तो अवस्थाबाट कहिल्यै गु’ज्रनु परेको थिएन । यसबाट कमाउँदै र रमाउँदै आएका चौधरीको मुखमा माड लगाउन समेत नसकेपछि बा’ध्य भएर कृषि कर्म अगालेको बताउँछन् । ‘‘यत्रो वर्ष यही पेसामा अडियो, छाड्न अझै पनि कहाँ सकिन्छ र ? तर बाच्‍नका लागि केही त गर्नुपर्‍यो,’’ उनले भने । हाल उनीसहित अर्का दुईजना नेचर गाइड, र अर्का एकजना मिलेर माछा र बंगुर पालन सुरु गरेका छन् । लामो लकडाउनका कारण उनी मात्रै होइन सौराहाका झन्डै ८ सय नेचर गाइडको अवस्था यस्तै छ । उनीहरूको पेसा र व्यवसायको अझै पनि टुंगो छैन । केही समयअघि मात्र यहाँका एकजना नेचरगाइडले आ’त्मह’त्याको बाटो रोजे ।

खेत र अन्य सीप भएकाले खेतीपाती र अन्य पेसाबाट पनि जेनतेन गुजारा चलाएका छन् । तर खेतबारी तथा बस्‍ने बास मात्र भएका नेचर गाइडको स’मस्या भने झन् अ’प्ठ्यारो छ । रत्ननगर नगरपालिका ६ का रामप्रसाद धानुकको पनि दैनिकी हिजोको जस्तो छैन । दुई दशकसम्म यही पेसामा अडिएका उनको हातमा अहिले एक रुपैयाँ पनि पर्न सकेको छैन । ‘‘महिनामा ४० देखि ५० हजार रुपैयाँ कमाइ हुन्थ्यो । टिप्स पनि आउँथ्यो । तर त्यसदिनदेखि सुको हात परेको छैन,’’ उनी सुनाउँछन् । उनकै मात्र कमाइमा निर्भर परिवार अबका दिनमा के खाने भन्‍ने चि’न्तामा छ । ‘‘म’जदुरी कहिले-काहीं पाएको गर्दै आएको छु । अहिले त काम पनि पाइँदैन । गरी खाने जग्गाको टुक्रो पनि छैन,’’ उनले सुनाए ।

उनले आफ्नो दुई दशकको पेसामा कति पर्यटक घुमाए, कतिलाई यहाँको प्रकृति र संरक्षणबारे बुझाए । कतिलाई वन्यजन्तुबाट पनि जोगाए । यो लेखाजोखा छैन । तर उनी विगत ६ महिनादेखि पर्यटन क्षेत्र कहिले सहज होला भन्‍ने पखाईमा छन् । ‘‘त्यतिबेला नलेज बेचेर गुजारा चलाएका थियौं, अहिले श्रम बेच्‍नुपर्ने बा’ध्यता छ,’’ उनको गुनासो छ । यस्ता सयौं नेचर गाइड अब वि’स्थापित र प’लायन हुने पनि उत्तिकै चिन्ता छ । कतिपय बोटे, कुमाल समुदायका गाइडहरूले पनि आफ्नो दैनिकी चलाउन माछा मार्ने, निगुरो टिप्‍न जाने गरेका छन् । कतिपय गाइडले कृषि पर्यटनतिर हात हाल्न थालेका छन् ।

को’भिड १९ प्रभाव मत्थर भए पनि यसको असर २ वर्ष न्दा बढी रहने पर्यटन व्यवसायीको अनुमान छ । ‘‘मेरो आफ्नै कन्ट्रयाक्ट पर्यटकहरू थिए । काम ब’न्द भएको पनि ६ महिना हुन लाग्यो,’’ मेघौलीका नेचर गाइड मनीष लिम्बू भन्छन्, ‘‘अब यत्रो वर्ष यही पेसामा लागियो । अरू काम गर्न आउँदैन । अब कुरेर पनि भएन ।’’२२ वर्षदेखिको उनको पेसाको यात्रामा यस्तो अवस्था कहिल्यै आएन । ‘स’शस्त्र द्वन्द्व’ भयो । ना’काब’न्दी भयो । भूकम्प आयो यी सबै हाम्रो क्षणिक स’मस्या थियो,’’ उनी सम्झन्छन् । सिजन लागे पनि यो व्यवसाय उकासिने छाँट नदेखिएपछि उनले अर्ग्यानिक फार्म हाउस खोलेर आन्तरिक पर्यटकलाई तान्‍ने कोसिस गरेका छन् ।

राप्तीनजिकैको आफ्नो खाली जग्गामा पर्यटकका लागि छुट्टाछुट्टै भिल्ला बनाइदिने र त्यहाँकै अर्ग्यानिक उत्पादन पर्यटकले प्रयोग गर्न गरी फार्म निर्माण गर्ने योजना रहेको उनले बताए । ‘‘मैले कम्तीमा पाँचदिन बढीमा १५ दिन पर्यटक बस्ने भिल्ला बनाउँदै छु । पर्यटकका लागि चाहिने सबै सामान त्यहीं हुन्छ,’’ उनले भने, ‘‘आफैं पकाएर खान सक्छन् । डिस्टर्ब हुँदैन ।’’ उनले आफ्नो तयारीबारे सुनाए ।  सौराहामा रहेका झन्डै ८०० नेचर गाइडमध्ये अधिकांशको अवस्था द’यनीय बन्दै गएको नेचर गाइड एसोसिएसन चितवनले जनाएको छ । एसोसिएसनका अध्यक्ष राजेन्द्र धामी अधिकांश नेचर गाइडले यही पेसाबाट परिवार पाल्नुपर्ने भएकाले विस्थापित हुने खतरा बढ्दै गएको बताउँछन् ।

‘‘बिहानदेखि बेलुकासम्म व्यस्त हुने गाइडहरू अहिले अन्य पेसा र श्रम बेच्‍न बा’ध्य छन्,’’ धामीले भने । यतिका समयसम्म पर्ख र हेरको अवस्थामा रहे पनि पर्यटन व्यवसाय उकासिन थप केही वर्ष लाग्‍ने भएकाले विकल्प रोज्‍नुपरेको उनको भनाइ छ । लकडाउन खुकुलो भएपछि र व्यवसायले गति लिएपछि आन्तरिक पर्यटकका भरमा पनि गाइडहरूले जीवन धान्‍न सक्ने उनी बताउँछन् । सौराहाका होटेलहरूमा रोजगारी गर्ने करिब १५० नेचर गाइड, आफ्नै गाइड अफिस सञ्चालन गर्ने २०० नेचर गाइडहरू छन् । बाँकी सबै व्यक्तिगत रुपमा पर्यटकलाई घुमाएर जीविको पार्दै आएका थिए ।

तर को’भिड १९ को प्रभावसँगै उनीहरूको रोजगारी र रोजीरोटी गु’मेको हो । सौराहा विशेषगरी जंगल सफारीमा निर्भर पर्यटन व्यवसाय हो । यहाँको प्रकृति, दु’र्लभ वन्यजन्तु, घडियाल गोही, चरा र तालतलैया हेर्न बर्सेनि २ लाखको हाराहारीमा पर्यटक आउने गर्थे । सौराहामा मात्रै साना ठूला गरी पर्यकटीय स्तरका १३० वटा होटेल छन् भने ७० वटा रेस्टुरेन्ट छन् । यस्तै चितवनकै मेघौली र पटिहानीमा २ दर्जनभन्दा बढी पर्यटकीय होटेल सञ्चालनमा छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्