Logo

पत्रकारमाथि हा’तपा’त गर्नेलाई प’क्राउ गर्न नेपाल पत्रकार महासङ्घद्वारा अल्टिमे’ट’म


कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हा’तपा’त गर्नेलाई २४ घण्टाभित्र प’क्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमे’ट’म’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दो’षीलाई आजसम्म प’क्राउ गर्ने आश्वासन दिनुभएको छ । “हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उहाँले भन्नुभयो “आइतबारसम्म घ’टनामा सं’लग्नलाई समात्न सक्छौँ ।”जिल्ला प्रहरी कार्यालय कैलालीको हि’रासतमा रहेका युवक शुक्रबार शौचालयमा मृ’ताव’स्थामा भेटिएका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार थु’नुवाकक्ष भित्रै १९ वर्षीय युवकले आ’त्मह’त्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । आ’त्मह’त्या भन्ने समाचार झु’टो भएको र समाचार हटाउनुपर्ने भन्दै २०/२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कु’टपि’ट गरेको थियो । समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कु’टपि’ट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हा’तपा’त गरेको थियो ।

रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्