Logo

यो वर्षको दशैं स्टक कपडा मै भर पर्नु पर्ने


अवस्था सामान्य भएको भए महाबौद्धका व्यापारी भरत कार्कीलाई अहिले भ्याई नभ्याई हुन्थ्यो। देशभरका खुद्रा व्यापारीहरु दशैंका लागि कपडा लिन आउथे। पसल पसल चाहारेर कपडा किनेर लैजान्थे। ‘तिज देखि त हामीलाई खाने फुर्सद पनि हुन्थेन। आएको कपडा थन्काउने, मिलाउने र बेच्नमै दिन जान्थ्यो,’ उनले भने। यसपाली भने उनलाई दशैंसम्म पहिलेजस्तो चापाचाप हुने छैन। ‍सँधै ल्याउने भन्दा ३० प्रतिशत मात्रै सामान अर्डर गरेको उनले जानकारी दिए।

‘गर्मीकै कपडा आइपुगेको छैन। अरुबेलामा एक पटक ल्यायो बेच्यो र त्यही पैसाले अर्को सिजनको कपडा ल्यायो। यसरी रोटेसन चल्थ्यो,’ कार्कीले भने ‘यसपाली नाका पनि ब’न्द छ। गर्मीको कपडा बेच्न पनि पाइएन। त्यसैले मगाएको कपडा सिपिङ गरेर ल्याउन लागेको छु। पोहारको पनि केही स्टक छ’उनले भने। त्यस्तै ह्वाट्सएप वा फोनबाटै अर्डर गर्नुपर्ने भएकोले आफूले नछोई कपडा किन्दा फरक पर्नसक्ने भएकोले पनि थोरै अर्डर गरिएको उनले बताए।

दशैंका लागि आउने कपडामध्ये ९० प्रतिशत भन्दा धेरै चीनबाट आउने हिमालय सिमापार वाणिज्य महासघंका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए। पौडेलका अनुसार विगतका वर्षमा भन्दा यो वर्ष व्यापारीहरुले ९० प्रतिशत कम कपडा अर्डर गरेका छन्। ‘पहिलो कुरो त व्यापार गर्न नपाएकोले व्यापारीहरुसँग पैसा छैन। त्यसमाथी दुबै नाका ब’न्द छ। सिमित ब्यापारीहरुले सिपिङ गरेर अर्डर गर्नुभएको छ’ उनले भने।

अहिलेकै जस्तो अवस्था रहे दशैंलाई कपडा अ’भाव नहुने उनले बताए। ‘महामा’रीको कारणले मान्छेको प्राथमिकता परिवर्तन भएको छ। दशैंमा ग्राहकले पहिले पहिले जस्तो कपडा किन्छन् जस्तो लाग्दैन। अहिले अर्डर गरिएको र पोहोरको स्टकले दशैं धान्ला’ पौडेलले भने।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्