Logo

उसका मन र आँखाले नेपालमा पनि विदेश खोजिरहेको हुन्छ


जनक बराल- संसारका हरेक मानिस सुख-सुविधापूर्वक आनन्दको जीवन बाँच्न चाहन्छन्। अहिले ‘ग्लोबलाइजेसन’ को युगमा विश्वको एउटा कुनामा जन्मिएको मान्छे सुख, सुविधा र राम्रो अवसर खोजीमा आफ्नो जन्मथलो छाडेर अर्को कुनामा गएर काम गर्नु, स्थायी रूपमै बसोबास गर्नु पनि स्वभाविक लिन सकिन्छ। सुरूआतका अवस्थामा नेपालीहरू रोजगार सिलसिलामा भारत, पाकिस्तानको लाहोर, भुटान हुँदै बर्मासम्म पुगेका पाइन्थ्यो। त्यो क्रम विस्तारै अरब हुँदै अहिले संसारभर फैलिएको छ। वर्तमान अवस्थामा युरोप, अमेरिका, अस्ट्रेलिया हुँदै अफ्रिकासम्म नेपाली नपुगेको ठाउँ सायद कमै होलान्।

खाडी लगायत केही मुलुक र कोरिया, नेपालीहरू रोजगारीका लागि मात्रै जान्छन् भने युरोप, अमेरिका, अस्ट्रेलिया चाहिँ अध्ययन, भ्रमण र स्थायी बसोबासका निम्ति जाने क्रम बढ्दो छ। जब कोही नेपाली युरोप, अमेरिका प्रवेश गर्छ, यतैको जीवनशैली र रहनसहनमा अभ्यस्त हुन्छ। कानुनी हिसाबले वैधानिकता पायो भने ऊ स्थायी रूपमै यतै बस्न पनि सक्छ। यती बेला बेलायत, बेल्जियम, फ्रान्स, नर्वे जस्ता देशमा नेपालीको पहिलो पुस्ता चल्दैछ। अमेरिका, क्यानडा जस्ता मुलुकमा पनि पहिलो पुस्तामै चल्दैछ। पछिल्ला केही वर्षयता नेपालीहरू उल्लेख्य संख्यामा र युवा उमेरमै यता आउन थालेका छन्।

विदेश आएर यतैको कागज बनाएर, श्रीमान-श्रीमती यतै ल्याएर, विदेशमै बच्चा जन्माउन थालेका छन्। यसले अबको केही वर्षमै विदेशमा बस्ने नेपालीहरूको दृश्य फेरिनेवाला छ। जो केटाकेटी विदेशमै जन्मिएर यतै हुर्कँदै छन्, उनीहरूको जन्मदर्तादेखि लिएर सबै कागजी प्रक्रियामा नेपालसँगको साइनो पूर्ण रूपमा टुटिसकेको हुन्छ। उनीहरू आमाबाबुको कामको अनुकूल हेरेर छ महिनाकै उमेरदेखि विभिन्न प्रकारका स्कुल जान थाल्छन्। जब उनीहरू बोली फुट्ने बेलादेखि नै विदेशी भाषा सिक्न थाल्छन्, उनीहरूलाई आमाबाबुले जति मिहेनत गरे पनि नेपाली भाषामा पोख्त बनाउन सक्दैनन्।

स्कुलमा सम्बन्धित देशको संस्कार, संस्कृति र रहनसहनमा हरेक बालबालिकालाई अभ्यस्त गराइन्छ। बच्चा हुर्किँदै गएपछि आफू जन्मेको ठाउँ, साथीभाइ, आफ्नो स्कुल, शिक्षक, त्यहीँका बालसखासँग खेलिने खेलले गर्दा ऊ त्यही परिवेशमा घुलमिल हुन्छ। उसको परिचय, उसको सोचाइ, बुझाइ, लवाइ, खुवाइ सबै त्यस्तै बनिसकेको हुन्छ। आमाबाबुलाई पनि दुई जनाले नै काम नगरे विदेशमा बाँच्न अ’सम्भव हुने भएकाले आफ्ना सन्तानलाई उचित रेखदेख र समय दिन सक्दैनन्। परिवारमा दुई-तीन जना सदस्य भएपछि एकैपटक नेपाल जान धेरै खर्चिलो पर्न जान्छ। अर्कोतिर आमाबाबु दुवैको काम, बच्चाको स्कुल सबै एकैपटक मिलाएर नेपाल जान सहज वातावरण पनि मिल्दैन। फेरि बच्चा यतैको संस्कारमा अभ्यस्त भएर हुर्किँदै जाँदा उ पूर्ण रूपमा युरोपियन वा अमेरिकन हुँदै जान्छ।

उसलाई नेपाली भाषा, संस्कृतिप्रति कुनै मोह हुँदैन। न त सिक्न इच्छुक हुन्छ। धेरै आमाबाबुले बच्चा विदेशमा जन्मिएकोमा गर्व गर्दै नेपाली संस्कृति, संस्कार र नेपाली परिवेश सिकाउन चाहँदैनन पनि। कथमकदाचित विदेशमा जन्मिएको बच्चा नेपाल गयो भने उसलाई छोटो समयका लागि पनि घुलमिल हुन गाह्रो हुन्छ। भाषा स’मस्याले गर्दा उसले सबै जनासँग बोलचाल गर्न सक्दैन। आफ्ना अलि वृद्ध हजुरबा-हजुरआमासँग त उसको कुराकानी नै हुन सक्दैन। अर्कोतर्फ नेपालको यातायात प्रणाली, भिडभाड, धूलोधुँवाले उसलाई झिँ’झो लाग्नुका साथै न’कारात्मक प्रभाव पार्न पनि सक्छ। फलस्वरूप ऊ अर्कोपटक नेपाल जान नखोज्न सक्छ। किनकी उसका मन र आँखाले नेपालमा पनि विदेश खोजिरहेको हुन्छ।

प्रवासमा जन्मिएका बालबालिकालाई के नेपाल, के संस्कार, के जात, के गोत्र, के वर्ण? सबै बराबर हुनेछ। के तीर्थ-व्रत, अरूलाई भेट्दा दर्शन, नमस्ते, गोडा ढोग्ने त प्रंसग पनि हुँदैन। न दसैंतिहार, न अरू चाडपर्व। न विदेशी, न नेपाली। सबै समान हुनेछ। दोस्रो पुस्ता त दुई-चारपटक आमाबाबुसँग नेपालसम्म पुग्ला। कमसेकम हाम्रा सन्तति नेपालबाट आएका रहेछन् भन्ने बुझ्ला। आमाबाबुले मिहेनत गरेर बुझाए भने यो सम्भव पनि होला। तर तेस्रो पुस्तामा नेपाली भन्ने निशानी बाँकी ने नरहने सम्भावना अधिक छ। अहिले हामी पहिलो पुस्ता अरूका देशमा सुख-सुविधा र सपनाको जिन्दगी जिउन सं’घर्षरत छौं, आफ्ना सन्तान दर सन्तानको सुखद भविष्यको कामना गर्दै।

तर तिनै सन्तानले भोलि हामी को हौं, के थियौं भन्ने समेत पत्तो पाउन नसक्ने अवस्था आउन सक्छ। यस्तो भयो भनेे हाम्रो यो मिहेनतको, हामीले विदेशी भूमिमा बगाएको पसिना र गरेको अथाह त्यागको के अर्थ ? अबको तेस्रो पुस्तामा नेपालमै जन्मिएका केटाकेटीलाई समेत आफ्नो पहिचान बुझ्न गाह्रो हुन सक्ने अहिलेको समय छ। यस्तोमा विदेशमा जन्मेका बच्चालाई आफ्नो चिनारी, संस्कृति र संस्कार हस्तान्तरण गर्न एउटा ठूलो चुनौती हुनेछ। अर्को कुरा हामीले तेस्रो पुस्तामा हाम्रा केही आधारभूत मान्यता र हाम्रो संस्कार पुर्‍याउन सकेनौं भने हाम्रा सन्तान कलाबि’हीन आप्रवासीका वंशज बन्नेछन्। त्यसकारण स्थायी बसोबास व्यवस्था पाएर स-परिवार विदेशमा ‘सेटल’ भएको आत्मरतीमा रमाउँदै गर्दा, आफ्ना सन्तानलाई पनि जे जति सकिन्छ, नेपालीपन सिकाउन आवश्यक देखिन्छ।

(लेखक जनक बराल पोर्चुगल बस्छन्।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्