के कारण धमाधम काम छाड्दैछन स्वास्थ्यकर्मीहरु ?

मानिसजस्तै प्रणालीहरूको पनि द’बाब वा ‘स्ट्रेन’ थेग्न सक्ने एउटा सीमा हुन्छ। त्यो सीमाभित्र ती प्रणाली जसोतसो धानिन्छन्। तर सीमा कटेपछि ती ह’ठात् गर्ल्यामगुर्लुम हुन सक्छन्। नेपालको स्वास्थ्य प्रणाली अहिले त्यस्तै सीमातिर पुग्न आँटेको छ। भरतपुरका केही ठूला अस्पतालको अवस्था हेरेर म यस्तो निश्कर्षमा पुगेको हुँ। किनकि अन्यत्रका अस्पतालहरूको पनि अवस्था योभन्दा तात्विक रूपमा फरक छैन। भरतपुरमा ठूला अस्पतालमध्ये भरतपुर अस्पतालले महिनौंदेखि को’रोना बि’रामीलाई सेवा दिइरहेको छ।
उक्त अस्पताल लगायत देशका ठूला सरकारी अस्पतालले दिइरहेको सेवा अन्य देशको दाँजोमा कस्तो छ भन्ने अलग्गै अध्ययनको विषय छ। दशकौंको सरकारी बे’वास्ताको शि’कार भएका नेपालको सार्वजनिक स्वास्थ्य संस्थाको व्यापक बिस्तार र स्तरोन्नति अनिवार्य भएको पाठ सम्भवतः सबैलाई यो महामा’रीले पढाउला। अहिले चाहिँ को’रोनाको फैलावटसँगै दैलोमा आइसकेको सं’कटबारे कुरा गरौं। सरकारी अस्पतालहरूले चाप थेग्न नसकेसँगै निजी अस्पतालले पनि को’रोना बि’रामीको उपचार थालिसकेका छन्। त्यसैले अहिले ठूला निजी अस्पतालमा को’रोना र अन्य रो’गका दुवैथरी बि’रामीको चाप बढ्दो छ।
समुदायमा फैलिएसँगै को’रोना बि’रामी बढिरहेका छन् भने लकडाउन र नि’शेधाज्ञाभर व्यथा सहेर घरमै बसेका मानिसहरू अ’चाक्ली पी’डा लिएर अस्पताल आइरहेका छन्। अनि तिनलाई सेवा दिनुपर्ने स्वास्थ्यकर्मीहरू बढ्दो रूपमा को’रोनाको शि’कार भइरहेका छन्। सं’क्रमितहरू को’रोनासितै लडिरहेका छन् भने उनीहरूको सम्पर्कमा आएकाहरू अनिवार्य आइसोलेसनमा छन्। यसले गर्दा हाल सेवामा रहेका स्वास्थ्यकर्मीमाथि कामको अत्यधिक चा’प छ। अहिले सेवामा रहेका स्वस्थ स्वास्थ्यकर्मीहरूले समेत समाजको छिः’छिः र दु’रदु’र भोगिरहेका छन्। सं’क्रमित हुने वा आइसोलेसनमा बस्ने स्वास्थ्यकर्मी र तिनका परिवारको कुरै छाडौं।
डेरामा बस्नेहरू डेराबाट निकालिएका छन्। आफ्नै घरमा बस्नेहरू छिमेकीबाट अ’पहेलित भइरहेका छन्। यस्तो चौतर्फी द’बाबबीच स्वास्थ्यकर्मीहरू, खास गरी नर्सहरूले कामै छाड्ने लहर चलेको छ। समाजको नि’न्दनीय व्यवहारबाट दि’क्क भएका बाबुआमाले छोरीहरूलाई कामबाट छुटाइरहेका छन्। गर्भवती, साना नानीका आमा तथा घरमा वृद्धवृद्धा हुने स्वास्थ्यकर्मीमाथि यस्तो द’बाब चर्को छ। परिणामः दसौं वर्ष काम गरेका अनुभवी स्वास्थ्यकर्मीले धमाधम राजीनामा दिइरहेका छन्। तिनका ठाउँमा चाहेका बेला उत्तिकै दक्ष स्वास्थ्यकर्मी भर्ना गरिहाल्ने अवस्था पनि छैन। यो अवस्थामा सबै अस्पतालले उस्तै र’वैया अपनाएका छैनन्।
तर ठूला अस्पताल हुने केही मेडिकल कलेजहरूले सदा झैं कर्मचारीको अधिकतम श्रम शो’षणको नीति कायम राखेका छन्। यस्तो जो’खिममा काम गर्नेहरूले महिनौंको नियमित तलब समेत पाएका छैनन्, जो’खिम भत्ताको त कुरै छाडौं।त्यसैले अस्पताल र स्वास्थ्यकर्मीबीच अ’पनत्व र जिम्मेवारीबोधको सम्बन्ध छैन। जीविकाको वैकल्पिक माध्यम पाउनासाथ त्यस्तो अस्पतालको काम छाडिहाल्ने मानसिकतामा धेरै स्वास्थ्यकर्मी छन्। स्वास्थ्यकर्मीहरूले कुनै पनि अवस्थामा बि’रामीको सेवाबाट नभाग्ने शपथ लिएर करिअर सुरू गरेका हुन्छन्। तर त्यसो गर्दा के मानिएको हुन्छ भने रोजगारी दिने प्रणालीले पनि उनीहरूलाई आत्मसम्मानसहितको मानिस स्वीकारेर जीविका चल्न सक्ने तलब–सुविधा दिन्छ।
तर हामीकहाँ अवस्था कस्तो छ भने, स्वास्थ्य क्षेत्रमा खपत हुनेभन्दा कैयौं गुणा बढी स्वास्थ्यकर्मीको उत्पादन छ। तिनलाई पढाउने संस्था कति खोल्ने र वर्षमा कति जनशक्ति उत्पादन गर्ने भन्ने कुराको तिनको मागसित कुनै सरोकार छैन। शिक्षण संस्था खोल्नेहरूले मन्त्री र सत्तारुढ पार्टीलाई कति घु’स र च’न्दा टक्रायाउन सक्छन्, त्यसले नै ती संस्था र तिनबाट उत्पादन हुने जनशक्तिको आकार निर्धारण गरेको छ। त्यसैले स्वास्थ्यकर्मीहरू जब रोजगारका लागि जान्छन्, दस जना मागेको ठाउँमा दुई सय आकांक्षीको भीड लाग्छ। बिना पहुँच वा चिनजान निजी अस्पतालमा समेत रोजगार पाउन मुस्किल हुन्छ। सरकारी संस्थाको करार नियुक्तिमा त पूरै द’लीय राजनीति हा’वी हुन्छ।
जसरी होस्, तलब सुविधाको मोलतोलमा स्वास्थ्यकर्मीको हात तल हुन्छ। अस्पतालहरूले चाहे जति स्वास्थ्यकर्मी बे’तलबी (कथित भोलिन्टियर) समेत राख्न सक्छन्। अस्पतालहरूले जति सक्दो कम तलब, जति सक्दो ढिलो दिन्छन्। सुविधा बढाउन माग गर्ने स्वास्थ्यकर्मी धमाधम निकालिन्छन् र सबै शर्त र अपमान स्वीकारेर आउनेहरू नियुक्त हुन्छन्। केही समय अगाडिसम्म सापेक्षतः कम आपूर्ति भएका कारण चिकित्सकको हालत यति ख’राब भइसकेको थिएन। तर बिस्तारै उनीहरूको पनि अवस्था त्यस्तै हुँदै छ। अवस्था कतिसम्म खराब छ भने, बिराटनगरको एउटा मेडिकल कलेजले हालै ५६ जना नर्सका सामान्य जायज माग पूरा गर्न छाडेर यत्रो महामा’रीबीच उनीहरूको सामूहिक राजीनामा स्वीकार्ने कुरा सञ्चार माध्यमहरूलाई बताएको थियो।
डिग्री लिएपछि जति समय खाली बस्यो, ज्ञान र सीप उति नै खु’इलिने हुँदा धेरै स्वास्थ्यकर्मी न्यूनतम तलबमा वा बेतलबी नै काम गर्न वि’वश हुन्छन्। त्यसैले धेरैले खान लाउनका लागि बाबुआमाकै भर परेर कामका लागि मात्रै जागिर खाएका हुन्छन्। अहिले कुनै स्वास्थ्यकर्मीले राजीनामा दियो रे भन्ने सुन्दा तपाईं हामीलाई लाग्छः कस्तो काँ’तर वा क’र्तव्यच्यु’त रहेछ ? तर एकछिन नेपालको निजी क्षेत्रमा काम गर्ने एउटा औसत स्वास्थ्यकर्मीको ठाउँमा आफूलाई राखेर हेरौंः काम छ तर जीविका चल्दैन वा मुस्किलले चल्छ। कार्यस्थलमा न आत्मसम्मान छ, न यस्तो महामा’रीबेला न्यूनतम सुरक्षा छ। न सेवामा खटिँदा आफूलाई केही भइहाल्यो भने त्यसको क्ष’तिपूर्ति व्यवस्था छ।
यी सबै कारणले रोजगार दिने संस्थासित तपाईंको अ’पनत्वबोध छैन, खाली लेनदेनको सम्बन्ध मात्रै छ। यति मरिमेटेर जोखिम काम गरेर समाजमा नाम वा कृतज्ञता हुने त कुरै छैन। उल्टै को’रोना ल्याइहाल्ने मान्छे ठानेर छिमेकीहरू तपाईंलाई लखेटेर नेटो कटाउन उद्यत् छन्। घरकै मानिस तपाईंका कारण महामा’री छिर्छ कि भनेर त्र’स्त छन्। अब कल्पना गर्नुस्ः कोरोना वा अरू कुनै रो’गका लागि तपाईं अस्पताल पुग्नु हुन्छ तर त्यहाँ तपाईंलाई सेवा गर्नुपर्ने दक्ष स्वास्थ्यकर्मी छैनन् वा आवश्यक परेका बेला चाहिँदो संख्यामा छैनन्। बाँकी सुविधा जे जति भए पनि र तपाईंको खर्च गर्ने क्षमता असीमित भए पनि तपाईंले आवश्यक सेवा पाउन सक्नु हुन्न। केही मिनटको सं’वेदनशील सेवा पाउनुभएन भने तपाईंको ज्या’न जान सक्छ।
यसै त्रा’सले राज गरेको समयमा मानिसहरूलाई अझै तर्साउने मेरो आशय हैन। तर नेपाली समाज र स्वास्थ्य प्रणालीको यो कटु यथार्थ सबैले बुझ्नु अहिलेको समयमा झनै आवश्यक छ। टोलबाट स्वास्थ्यकर्मीहरू खे’देर को’रोनाबाट बच्ने सपना देखिरहेका ‘बुझ्झकी’ नेपालीहरूलाई त आफ्नो आ’त्मघाती कामको परिणामबारे बुझाउनै पर्ने भएको छ। दीर्घकालमा चाहिँ स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीप्रति समाज र राज्य दुवैको रवैया फेरिनु आवश्यक छ। चैतदेखि को’रोना उपचार गरिरहेका सरकारी अस्पतालमा स्वास्थ्यकर्मीले काम छाड्ने लहर चलेको छैन तर साउन अन्तिम र भदौबाट को’रोना बिरामी राख्न थालेका निजी अस्पतालमा त्यस्तो लहर किन चल्यो ? यो प्रश्नको उत्तरले हामीलाई भोलिको बाटो देखाउन धेरै मद्दत गर्छ।
आजैका दिनमा सबै निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई सरकारी सरह सुविधा वा जीविकाको सुनिश्चितता दिन सम्भव नहोला। तर अहिले निजी क्षेत्रका बहुसंख्यक स्वास्थ्यकर्मीले जुन द’यनीय हालतमा काम गरिरहेका छन्, त्यसमा सुधार नहुने हो भने हाम्रो स्वास्थ्य प्रणाली यसैपल्टको महामा’रीमा धराशायी हुने देखिन्छ। यत्रो सं’कटबेला पनि हामीले प्रणालीमा सुधार गर्न सकेनौं भने हाम्रो स्वास्थ्य सेवा सधैंभर यस्तै रहनेछः सहकालमा जसोतसो चल्ने अनि सं’कटबेला अस्तव्यस्त र धराशायी हुने। त्यो अवस्थामा यो महामा’रीजस्ता हरेक स्वास्थ्य सं’कटले अनावश्यक रुपमा ठूलो संख्यामा ज्यान लिनेछन्। तत्कालका लागि सरकारले अग्रसरता लिएर विराटनगरको नोबेल मेडिकल कलेज र भरतपुरको कलेज अफ मेडिकल साइन्सेसजस्ता स्वास्थ्यकर्मीको चरम श्रम शो’षण गर्ने ठूला संस्थालाई सुध्रिन बाध्य बनाउनुपर्छ।
को’रोना उपचार गर्ने निजी अस्पतालका स्वास्थ्यकर्मीलाई समेत अनिवार्य अतिरिक्त जो’खिम भत्ता दिलाउने व्यवस्था गरिनुपर्छ। निजी अस्पतालले न्यूनतम जनशक्तिको अधिकतम श्रम शो’षण गर्ने नीति फेरेर यस्ता महामा’रीको ‘स्ट्रेन’ समेत थेग्न सक्ने गरी जनशक्ति जुटाउनुपर्छ। सफाइ कर्मचारीदेखि लिएर सबैलाई सं’क्रमणबाट बच्न आवश्यक सामग्री दिएर मात्रै काममा लगाउनुपर्छ। कर्मचारी ठग्न वा शो’षण गर्न सजिलो होस् भनेर बिचौलिया संस्थाबाट क’रारमा काम लगाउन बन्द गरेर स्वास्थ्यकर्मीलाई संस्थाप्रति अ’पनत्व सिर्जना गर्नुपर्छ। दीर्घकालमा भने सरकार र निजी अस्पताल दुवैले स्वास्थ्यकर्मीलाई आत्मसम्मानसहितका मानवको दर्जा दिनुपर्छ, जसलाई उचित सुविधा दिएर काम लगाउने हो, रोबोटलाई झैं आफ्ना मात्रै आवश्यकता र शर्तका आधारमा क’ज्याउने हैन। त्यसो भए मात्रै जुनसुकै संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई ती संस्थाप्रति अपनत्व हुन्छ र ती पहिलो मौका आउनासाथ छाडेर हिँड्दैनन्।
उनीहरूले जागिरलाई बा’ध्यता रूपमा हेर्नु पर्दैन र दत्तचित्त लगाएर काम गर्न सक्छन्। समाजले पनि बुझ्नु आवश्यक के छ भने अहिले स्वास्थ्यकर्मीप्रति गरिने हरेक दु’र्व्यवहारको घ’टनाका कारण कसै न कसैले अस्पतालको काम छाड्ने अवस्थामा पुगेको हुन सक्छ। त्यसको अन्तिम परिणाम अस्पतालको सेवा प्रभावित हुनु, बि’रामीले उपचार नपाउनु र महामा’रीसहित सबै स्वास्थ्य सेवाका कारण मानिसको मृ’त्युदर बढ्नु हो। अन्तमा, राज्यका हर्ताकर्ताले स्वास्थ्यकर्मी उत्पादन गर्ने संस्थालाई कमाइको स्रोत मात्रै बनाउन ब’न्द गर्नुपर्छ।
आवश्यक संख्यामा मात्रै स्वास्थ्यकर्मी उत्पादन गरिनुपर्छ ताकि सिकेको कुरा नबिर्सियोस् भनेर मात्रै बेतलबी काम गर्न राजी हुनेको संख्या घट्दै शून्यमा झरोस्। सरकारमा हुनेहरूले स्वास्थ्य सामग्री खरिदमा गरिने अर्बौं ठगी ब’न्द गरेर सार्वजनिक स्वास्थ्य संस्थाको क्षमता बिस्तार गरी कम्तीमा अहिलेको चार गुणाले बढाउनुपर्छ। अनि तिनमा भौतिक पूर्वाधार र जनशक्तिमा मनग्ये लगानी गर्नुपर्छ। नभए, अर्को महामा’री त के को’रोनाको यही महामा’रीले हामीमध्ये धेरैको अनावश्यक रुपमा ज्या’न लिनेछ।