नेपालली बजारमा ‘मी स्मार्ट ब्यान्ड फाइभ’ सार्वजनिक

शाओमीले मी स्मार्ट ब्यान्ड फाइभ नेपाली बजारमा सार्वजनिक गरेको छ। ब्यान्ड फोरको तुलनामा फराकिलो डिस्पलेसहित आएको यसमा १.१ इन्च कलर एमोलेड डिस्प्ले रहेको छ। ६५ बढी डिस्प्ले र ६ स्लिक ब्यान्ड कलरको बिकल्प भएको यसमा भाइब्रेन्ट डिस्प्ले र स्पोर्टी डिजाइन छ।
५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणको दाबी गरिएको यसमा ११ वटा व्यायाम मोडहरु रहेका छन्। जसमा इन्डोर साइकलिंग, इलिप्टिकल, योग, रोइंग मेशिन र जम्परोप मोड छन्। पीपीजी हार्ट रेट सेन्सर अब ५० प्रतिशत एकुरेट भएको कम्पनीले दाबी गरेको छ।
मी स्मार्टब्यान्डको ब्याट्रीले निरन्तर १४ दिनसम्म धान्ने कम्पनीले दाबी गरेको छ। नेपाली बजारमा यसको मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ रहेको छ। मीका नेपालभर रहेका आधिकारिक स्टोल तथा अनलाइन प्ल्याटफर्मबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।