Logo

वाङ्ग यी र भारतीय समकक्षी एस जयशंकरबीच भेट,पाँच बुँदें सहमति


चीन-भारतको सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी त’नाव कम गर्न दुई देशबीच पाँच बुँदाको सहमति भएको छ। चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा यो सहमति भएको हो।

भारतीय समाचार एजेन्सी एएनआईले चिनियाँ विदेश मन्त्रालयको हवाला दिदैं सहमति भएको उल्लेख गरेको छ। यसैगरी सो भेटमा भारतीय विदेशमन्त्रीले भारतले सीमामा जारी त’नावलाई भारतले थप बढाउन नचाहेको र चीनप्रतिको भारतको नीतिमा कुनै परिवर्तन नभएको बताएको सो एजेन्सीले जनाएको छ।

यसैगरी भारतले चीनको आफूहरूप्रतिको नीतिमा पनि कुनै परिवर्तन नभएको भनेको छ। चिनियाँ विदेश मन्त्रालयले छिमेकी देश हुनुको नाताले केही मु’द्धाहरूमा दुई देशबीचमा केही अ’सहमति हुनु एकदमै स्वभाविक रहेको बताउँदै ती अ’सहमतिलाई सहि प’रिपेक्ष्यमा हेरिनुपर्ने भनेको छ।

‘चिनियाँ विदेशमन्त्रीले चीन-भारतको सम्बन्ध फेरी एकपटक दोबाटोमा उभिएको छ। तर जबसम्म दुबै पक्षले आफ्नो सम्बन्धलाई सही दिशामा बढाउँदै लगिरहनेछन् तबसम्म कुनै स’मस्या हुनेछैन र यस्तो कुनै चुनौति छैन जसलाई समाधान गर्न नसकियोस्’, एएनआईले चिनियाँ विदेश मन्त्रालयको हवाला दिदैं लेखेको छ। दुबै देशका मन्त्रीहरू मस्कोमा चलिरहेको शाङ्घाई कर्पोरेशन अर्गनाइजेसनको बैठकमा भाग लिन त्यहाँ पुगेका हुन्।

गत साता पनि चीनका रक्षामन्त्री र भारतीय रक्षामन्त्रीबीच जारी वि’वादका बारेमा छलफल भएको थियो। छलफलपछि दुबैदेशका विदेशमन्त्रीबीच पनि बैठक हुने अनुमान गरिएको थियो। बिहीबार भारतीय समय अनुसार करिब ८ बजे सुरू भएको दुई देशका विदेशमन्त्रीबीचको बैठक ३ घण्टा चलेको थियो।

एजेन्सी,मस्को

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्