Logo

भोजपुरमा एक हप्ता लकडाउन लम्बियो


२०७७- भदौ २५

सन्देश किराती,भोजपुर । भोजपुरमा बिहिवार देखि पुनः लकडाउन शुरु भएको छ ।
दुई दिनको अन्तरालमा आठ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भए पछि जिल्लामा पुनः लकडाउन शुरु भएको हो ।

जिल्ला संकट व्यवस्थापन केन्द्र तथा सल्लाहकार समितीको बैठकले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । विहिवार बसेको केन्द्रको बैठकले अत्यावश्यक वाहेक जिल्ला भरका बजार, होटल, शैलुन , मासु पसल , बैंक तथा वितिmय संस्था, सहकारी सस्था , यातयात र जिल्ला प्रवेश गर्ने सम्पुर्ण सिमा नाका बन्द गर्ने निर्णय गरेकोे छ ।

बैठकले सुरक्षा मापदण्ड अपनाएर एम्बुलेन्स , खाद्यान्न ढुवानी गर्ने गाडी र औषधी पसल सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । यस्तै खाद्यान्न तथा तरकारी पसल विहान ६ बजे देखि ९ बजे सम्म र दिउसो ३ बजे देखि ५ बजे सम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ पुरीले जानकारी दिए । बैठकमा संक्रमितका परिवार र संक्रमितको सम्पर्कमा आएका व्यतिmहरुको पहिचान गरि स्वास्थ्य कार्यालय भोजपुरले पिसिआर परिक्षणको व्यावस्था मिलाउने समेत सहमती भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्