Logo

जीवनमा आन्नद पाउनको लागि आर्थीक अवस्था मात्र होईन मानसिक अवस्था पनि राम्रो हुनु पर्दछ


‘ठूलो मान्छे रुनु हुँदैन। कस्तो केटाकेटीजस्तो रुन्चे मान्छे रहेछ ?’ भनिन्छ- हाम्रो समाजमा रुनु भनेको का’यरता हो। तर, चिकित्सकीय र वैज्ञानिक धारणामा कुनै पनि कुराको ‘रिलिज’ हुनु भनेको त्यो वस्तु तथा पदार्थ हल्का हुनु हो। सहज हुनु हो। मनोवैज्ञानिक रुपमा कुनै पनि व्यक्ति रुनु भनेको त्यसभित्रको पी’डा कहनु हो। केटाकेटीहरू रोएर त आफ्ना माग राख्छन्। आफ्नो स’मस्याको समाधान गर्छन्। तुरुन्तै फेरि खुसी पनि भइहाल्छन्। हामी अहिले आफैंले व्यथित् गरेको केटाकेटीपनबाट के सिक्नु भन्छौं। धेरै परिपक्व र व्यावहारिक भएको ढोङ आफ्नै मनभित्र राख्छौं। अझै भनौं- हाम्रो समाजमा रुने वातावरण नै छैन। तपाईंले आफ्नो पी’डा कहनु भयो भने मात्र अर्काले तपाईंलाई बुझ्न पाउँछ।

व्यक्ति, परिवार, साथीभाइले तपाईंको पी’डाको कारण र त्यसको समाधानमा तपाईंलाई सहयोग गर्न सक्छन्। समाधानको मार्ग पहिचान गर्ने आफैंले हो, तर साथ र सहयोग त अरुबाट पनि लिन सकिन्छ, दिन पनि सकिन्छ। एक-अर्कालाई खुलेर सहयोग गर्नुहोस्। केही पनि कुरा मनमा गुम्स्याएर होइन, धित मरुन्जेल रोएर र फेरि एउटा शक्ति, ऊर्जा थप्नु खुसीको उद्गम मार्ग पनि हो। बेला-बेलामा धित मरुन्जेल रुनुले मानिसलाई आफूभित्रको अँ’ध्यारो (ड्रा’क साइड) देखाउँछ। महसुस गराइदिन्छ। बाँच्नका लागि फेरि उत्प्रेरणा थपिदिन्छ। मानिसका हरेक सं’वेगात्मक अनुभूतिहरूको उतिकै महत्वपूर्ण आ–आफ्नै पक्ष छन्। प्रकृतिजस्तै मानिस पनि पञ्चतत्वले बनेको शरीर भन्ने कुरा त आध्यात्मिक चिन्तनका गुरुहरूले बताउँछन्।

त्यसैले शरिरका सं’वेगहरूलाई पनि प्रकृतिजस्तै खुल्ला, सरल र सामान्य रुपमा नै चल्न दिनु पर्दछ। मानिसहरूका जस्तै प्रकृतिका पनि आ–आफ्नै नीति, नियम र अनुशासन छन्। प्रकृति कहिले निथ्रुक्क भिजेको हुन्छ त कहिले घमाइलो हुन्छ। त्यही प्रकृतिले कहिले वि’नासको अ’हंकारी रुप देखाउँछ भने कहिले चाहिँ शान्त, सभ्य र सुन्दर स्वरुपको चरित्र पनि दर्शाएको हुन्छ। प्रकृतिजस्तै अनुकूलित हुन सिक्नुस्। जस्तो परिस्थिति छ त्यस्तै रुपमा अनुकूलन हुन सिक्नु छ। त्यसैले, रुनु मानवले सिर्जना गरेको परिस्थिति मात्र होइन। यो त प्रकृतिकै एक अंश नै हो। रोएर मानिस क’मजोर भएको आजसम्म कुनै अनुसन्धानले देखाएको छैन। बरु रोएर आफ्नो पी’डाको महसुस गरेर झन् बढी सशक्त भएका धेरै उदाहरण भने छन्।

मानिसहरु अहिले को’रोनाको मनोवैज्ञानिक त्रा’स र पी’डामा छन्। विविध कारणले मानिसहरूले बाध्य भएर आफ्नो अमूल्य जीवन खेर फाल्नुपर्ने परिस्थितिको सिर्जना पनि भयो। यो वर्ष आत्मह’त्याको दर तीव्र रुपमा बढेको छ। जहाँ पुग्छु त्यहाँ नि’राशा छ। जो सँग कुरा गर्दछु उस्तै मन्द आवाजहरू सुनिन्छन्। अनेकमध्येको एउटा कारण रुन नजान्नुले पनि जीवन खेर गएको देख्छु। हल्लै हल्लाले लंका जलाउँछ भन्ने हामीले सुनेकै त हो नि। यहाँ ठूलै हाउगुजी फैलाएर मानिसलाई थप पी’डा थपिदिने जमातको पनि कमी छैन। त्यस्ता वि’षाक्त व्यक्तिहरूसँग सधैं नै जोगिनुहोस्। तिनै मानिसहरूको सोचलाई वि’षाक्त बनाएर ज्यान लिने ज्या’नमाराहरू हुन्। सकारात्मक चिन्तन भएका व्यक्तिहरूसँगको संगत बढाउनुस्। आफ्नो स’मस्यालाई स्पष्ट रुपमा व्यक्त गर्नुहोस्।

यतिबेला को’रोनासँग बच्ने-बचाउने उपाय र औषधीको मात्र चर्चा भएको छ तर मानिसका पी’डा र त’नाव कति किसिमका छन्  ? के-के छन् ? कसैलाई थाहा हुने कुरा पनि भएन। मनोसामाजिक परामर्शका लागि त्यस्ता निकाय र चेतनामूलक कार्यक्रमको कमी पनि छ। व्यक्तिगत रुपमा नै आफूलाई व्यक्त गर्न सक्नुभयो भने सहज हुन्छ। यतिबेला रुन सक्नु भयो भने मात्र मानिसका पिरमर्काहरू बाहिर आउँछन्। अरुले पनि समयमा नै ती अवस्थाको निराकारणमा ध्यान दिन सक्छन्। अर्कातर्फ आफैंलाई पनि केही हल्का भएजस्तो अनुभूति पनि हुन्छ। समाजमा खुल्न सिक्नुस्, नि’सास्सिएर होइन, त्यसको नतिजा निकाल्न सिक्नुस्। गु’नासो गरेर बस्ने मात्र होइन, त्यो गु’नासोको समाधानतर्फ पनि अग्रसर हुनुस्। गितामा भनिए जस्तै, ‘यो धर्तीमा कुनै पनि स’मस्याको समाधान नहुने भन्ने हुँदैन त्यसलाई आफैं खाज्ने प्रयास गर्नुपर्दछ।’

अहिले को’रोनाले हाम्रा दैनिकीमा चौतर्फी असर गरेको छ। व्यक्तिगत सामाजिक, आर्थिक अनेक क्षेत्रमा स’मस्याहरू छन्। कतै स्वास्थ्यकर्मीमाथि नै आ’क्रमण भएका छन् भने कतै उनीहरूको उचित प्रशंसा र हौसला पनि दिएका छन्। मानवीयता के हो ? के सही के गलत चिन्ने मौका पनि यही यो। राजनीतिक वृत्तमा हेर्ने हो भने भ’ष्ट्राचार, अनियमितता र मनपरीतन्त्रको उदय भयो भनेर सामाजिक सञ्जालदेखि मिडियामा तिनै कुरा आइरहेका छन्। लोकतन्त्रमा सभ्य नागरिक सूचना ग्रहण गर्न र त्यसको सभ्य तरिकाबाटै प्रतिक्रिया जनाउन पनि पाउने मौलिक अधिकार छ। अधिकार छ भन्दै गर्दा अ’सभ्य, अ’श्लिन र अ’पाच्य तरिकामा आ’क्रोसित हुनु त असल नागरिकका लागि अ’शोभनीय भयो नि!

खोज्नुस्, जहाँ अ’नियमितता भएका छन्, सम्बन्धित सरोकारवाला निकायमा आफ्ना आवाज पुर्‍याउन राज्यलाई सहयोग गर्नुस् तर राज्यको सम्पत्ति हाम्रै करले सिर्जना गरेको हो भन्ने कहिल्यै नभुल्नुस्। सरकारले लागू गरेका मापदण्डको उच्चतम् पालना गर्नुहोस्। पालना गराउन सचेतना फैलाउनुहोस्। यस्ता राजनीतिक, सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरूले मानिसहरूमा वि’तृष्णा सिर्जना गरेको छ। अहिले, इन्टरनेट, सूचना र सञ्चारको विकास र पहुँचले हरेक मानिस आफैंमा जान्ने छन्। तर, अर्काको कुरा सुन्ने कमै छन्। तिमी के को जान्ने, म पो सबै जान्ने भन्ने अ’हमताभन्दा पनि हामी सधैं सँगै छौं भन्ने आत्मीयता देखाउनुस्। भनिन्छ नि ल’डेर उठेकाहरू सबैभन्दा ख’तरनाक हुन्छन् किनकि उनीहरूले पी’डामा पनि बाच्न सिकिसकेका हुन्छन्। आफैंलाई धेरै विश्वास गर्नुहोस्। अरुको सहयोग लिनुस् तर कर्म आफैं गर्नुहोस्। रोएरै भए पनि आफना भूलहरूको सुधार गर्न सिक्नुस्।

जीवनमा वास्तविक आन्नद पाउनको लागि तपाईको आर्थीक अवस्था मात्र होईन, मानसिक अवस्था पनि उत्तिकै राम्रो हुनु पर्दछ। लाग्छ हामिले रुन नै विर्सियौँ। रोईहालियो भने पनि निरन्तर रुन थालियो। दुख मात्रै देखियो। जहाँ यर्थाथमा रुनु पर्दथ्यो त्यहाँ फेरी रुन नै सकिएन। हामि भित्रको मानवता नै हरायो। यथार्थ, पि’डामा रुनु र नौटङ्की रुवाई कै कालोवजारी पनि हाम्रो समाजमा व्याप्त नै छ। यस्ता नाटकिय रुवाईले भने स’मस्याको समाधान होईन झन धेरै स’मस्याहरु पनि थपिदिनसक्दछ। त्यसैले सत्य सदैव सत्य नै हुन्छ। सत्यलाई प्रमाणित गर्नै पर्दैन। पि’डाको महशुस गर्ने ज्ञानि र इमान्दार मान्छेले तिम्रो क’मजोरी रुवाइलाई बुझ्दछ र सच्चाईदिन्छ।

तर नि’च र घ’टिया मानिसले सधै अरुको कमजोरीको खि’ल्ली उडाउन बाहेक केहि जान्दैन र पछि आफुलाई परेका बेला सहयोग पनि पाउदैन। जीवनको भित्री शौ’न्र्दयताको खोजी गर्नुहोस। सकारात्मक सोच भएका साथी सत् संगत बनाउने प्रयत्न गर्नुहोस ता कि अ’फ्ठेरो समयमा पनि सहि मार्ग दिन तत्पर रहुन। सामान्य कुरामा पनि खुशि खोज्नुहोस्। दु’ख र सुखका यादहरु भएनन भने बुढेसकालमा कसरी समय विताउहुन्छ। जीवनको सफलता भन्नु नै यादगार समयको संञ्चित गर्नु हो। देह म’रेर जान्छ तर कृति अमर रहन्छ। जसले रोएर पनि फेरी अगाडी बढ्ने प्रयत्न गर्दछ उ सधै सफल हुन्छ। जीन्दगीमा त्यो व्यति मात्रै अघि बढ्न सक्छ जसले बा’ध्यता सम्झेर होइन जिम्मेवारी सम्झेर सं’र्घष र परिश्रम गर्दछ। भुल हुनु प्रकृति हो। स्वीकार गर्नु संस्कृती हो। सुधार गर्नु प्रगती हो। त्यसैले, आफै भित्र गुम्सीएर होईन, खुलेर जीवन रमाईलो बनाउ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्