Logo

नौ अर्ब लागतमा नेपाल एयरलाइन्सले पाँच जहाज किन्दै


नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच जहाज खरिद गर्ने तयारी गरिरहेको छ। ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ। एयरलाइन्सको इन्जिनियरिङ र कमर्सियल विभागले जहाज खरिदको योजना बनाइरहेका छन्। योजना निर्माण तथा छलफलमा सहभागी अधिकारीहरूका अनुसार तत्कालका लागि पाँच वटा जहाज किन्नुपर्ने निष्कर्ष निकालिएको छ। ‘ट्रंक रुटमा उडान गर्नका लागि कम्तिमा २ ओटा ठूला जहाज चाहिन्छ र दु’र्गम क्षेत्रमा उडान गर्नका लागि ३ जहाज चाहिन्छन्।

तर यो हाम्रो प्राविधिक विश्लेषण हो। यो कुरा अर्थमन्त्रालय वा भनौ प्रधानमन्त्रीसम्मै पुग्ने भएकाले यसको निर्क्यौल पछि होला’ योजना निर्माणमा सहभागी एक अधिकारीले भने। नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाज नउडाउने निर्णय गरेपछि अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन्। ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्। पाँच जहाज खरिद गर्नुपर्ने प्राविधिक राय भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने तत्काल दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद गर्ने र दोस्रो चरणमा ट्रंक रुटमा उडान गर्ने जहाज खरिद गर्नुपर्ने भन्दै आएको छ।

बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सका अधिकारीहरूलाई निर्देशन दिंदै तत्काल दुर्गम क्षेत्रमा उडान गर्नका लागि जहाज खरिद गर्ने योजना बनाउन निर्देशन दिएका थिए। दु’र्गममै उडान गर्न मिल्ने ३ थान ट्विनटर भएको एयरलाइन्सले ट्रंक रुटमा अरू एयरलाइन्सका ७२ सिटे जहाजसँग प्रतिस्पर्धा गर्नका लागि कम्तिमा सोही क्षमताका जहाज किन्नुपर्ने भन्दै प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ। यी सबै जहाज किन्नका लागि कम्तिमा ९ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

जहाज खरिदका लागि नेपाल एयरलाइन्स, पर्यटन मन्त्रालय भन्दा पनि अर्थमन्त्रालय मुख्य भुमिकामा हुन्छ। अथवा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमति नदिंदासम्म जहाज खरिदको सम्भावना भने छैन। आफै जहाज खरिद गर्नसक्ने क्षमतामा नेपाल एयरलाइन्स छैन। उसले ऋ’ण लिनुपर्छ। ऋ’ण लिनका लागि नेपाल सरकार जमानी नबसे जहाज खरिद संभव हुँदैन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्