Logo

नि’षेधाज्ञापछि उपत्यका खुकुलो, के के छन् आ’देश ?


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा २१ दिनदेखि जारी रहेको नि’षेधाज्ञा बिहीबारबाट खुकुलो हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार नि’षेध आदेशले जनजीवनलाई प्रत्यक्ष प्रभाव पारेकाले सहजीकरण गर्न लागिएको उल्लेख छ । राति १२ बजेदेखि भदौ मसान्तसम्म लागु हुनेगरी स्थानीय प्रशासनले नयाँ आ’देश जारी गरेको छ ।

याँ आदेशअनुसार के के सञ्चालन गर्न पाइनेछ ? १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक सवारी चलाउन, ट्याक्सीमा चालकसहित ३ जना, परिवारका दुईजना बालबालिका पनि राख्न, मोटरसाइकलस्कुटर चलाउन, बसमा एक लहरमा एकजना मात्रै राख्नुपर्ने, सार्वजनिक बस जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने पाईने छ ।

त्यस्तै गरी औषधिपसल जुनसुकै समयमा सञ्चालन गर्न, खाद्यवस्तु, दूध, फलफूल, तरकारी, माछामासु पसल बिहान ११ बजेसम्म र बेलुका ५–७ बजेसम्म खोल्न, निर्माण सामग्री पसल दिउँसो २ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न, टेक अ वे सेवा दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

त्यस्तै गरी सहकारी संस्थाहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्नसपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न, भाँडा र भान्साजन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्न फर्निचर, अटो मोवाइल सम्बन्ध पिसल सोमबार र बुधबार मात्रै खोल्न पाईने छ ।

त्यस्तै गरी फुटपाथ, पसल, ठेला व्यापार, स्टेशनी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४–७ बजेसम्म खोल्न पाइने, सवारी साधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न, अनलाइन कक्षा सञ्चालन गर्न, विदेश जाने व्यक्तिहरु आवतजावत गर्न पाईने छ ।

नि’षेधाज्ञापछि उपत्यका खुकुलो, के के छन् आ’देश ?
नि’षेधाज्ञापछि उपत्यका खुकुलो, के के छन् आ’देश ?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्