Logo

नवीन विशेषताभएको ‘जीवनदीप बिमा योजना’ सार्वजनिक


युनियन लाइफ इन्स्योरेन्सले जीवनदीप बिमा योजना नामक नयाँ म्यादी जीवन बिमा योजना सार्वजनिक गरेको छ । न्यून बिमा शुल्कमा अधिक बिमांकको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बिमा योजना ल्याइएको कम्पनीले जनाएको छ । न्यून बिमा शुल्कमा अधिक लाभ लिन सकिने जीवनदीप म्यादी जीवन बिमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्यून आय भएका वर्गका मानिसहरुले पनि सहजै बिमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

उक्त बिमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बिमा गर्नेको मृ’त्यु भएमा बिमांक रकम, दु’र्घटनाबाट मृ’त्यु भएमा करारमा उल्लेखित थप बिमांक र दु’र्घटनाबाट पूर्ण अं’गभं’ग वा शारीरिक अ’शक्तता भएमा बिमालेखको अवधिसम्म बिमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधासमेत उपलब्ध गराइने व्यवस्था रहेको कम्पनीले जनाएको छ । व्यक्तिगत तथा संस्थागत रुपमा समेत बिमा गर्ने सुविधा रहेको योजनाअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ बिमांक र अधिकतम् आयस्रोतका आधारमा आवश्यकताअनुसार बिमांक निर्धारण गरी योजनामा सहभागी हुन सक्ने सुविधा छ ।

यो योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले ५ वर्षदेखि २५ वर्षसम्मका लागि लिन पाउनेछन् । वार्षिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त योजनामा बिमा गर्न चाहनेका लागि उपयुक्त योजना भएको कम्पनीले जनाएको छ । जीवनदीप बिमा योजना नवीन विशेषता भएको, न्यून शुल्कमा अधिक बिमांक रकमको बिमा गर्न सकिने र व्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए । खासगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ-संस्था, कलेज, स्कुल, असंगठित क्षेत्रलगायत व्यक्तिहरुका लागि उपयोगी योजना रहेको उनको भनाइ छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्